२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

काठमाडौँ महानगरले तोक्यो जग्गाको मूल्य, कुन क्षेत्रको कति (सूचीसहित)

२०७८, ११ असार शुक्रबार ०७:१२

असार ११, काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र जग्गाको मूल्य तोकेको छ । सम्पत्ति कर उठाउनका लागि महानगरले जग्गाको मूल्य तोकेको हो । 

कुन क्षेत्रबाट सम्पत्ति कर कति लिने भनेर मूल्यांकन गर्न महानगरले जग्गाको मूल्य निर्धारण गरेको छ । सम्पत्ति कर मूल्याङ्कन प्रयोजनको लागि प्रमुख सडक एवं सडकबाट दायाँ बायाँका जग्गाको मूल्य निर्धारण भएको हो ।

सबैभन्दा बढी आनाको ५० लाख

महानगरले सबैभन्दा बढी एक आनाको ५० लाख मूल्य तोकेको छ । यो मूल्य माइतीघर, सिंहदरबार पश्चिमगेट, पुतलीसडक, कृष्ण पाउरोटी, हात्तीसार, जयनेपाल हल, कान्तिपथ, जमल, दरबारमार्ग र घण्टाघरदेखि कमलादी मोडसम्मका मुलसडकसँग जोडिएका जग्गामा लागू हुनेछ ।

जमल, रानीपोखरी, वीर अस्पताल, नेपाल वायुसेवा निगमको कार्यालय, सुन्धारास्थित गोश्वरा हूलाक हुँदै त्रिपुरेश्वरसम्मको मुलसडकसँग जोडिएका जग्गाको भाउ पनि प्रति आना ५० लाख निर्धारण गरिएको छ । रत्नपार्क, पूरानो बसपार्क, शहीदगेट, सून्धारा चोक, सिंहदरबार पश्चिमगेटहुँदै भद्रकालीसम्मका मुख्य सडकमा जोडिएका जग्गाको मूल्य एक आनाको ५० लाख तोकिएको छ ।

केशरमहल, पश्चिम ठमेलको मुलचोक हूंदै क्षेत्रपाटी चोकसम्मको मुल सडकसँग जोडिएका सबै जग्गा, हनुमानढोका, इन्द्रचोक, असन हुँदै भोटाहिटी चोक, असन चोकदेखि राष्ट्रिय नाचघर जमल सम्मका जग्गाको मूल्यांकन प्रति आना ५० लाख अनुसार हुने भएको छ । जमलबाट पूर्वतिर विश्वज्योतिहल हूंदै तिनधारा पाठशाला, महेन्द्र सालिकदेखि काठमाडौं प्लाजासम्म मूल सडकमा जोडिइका दायाँबायाँका जग्गाको भाउ ५० लाख रुपैयाँ प्रति आना तोकिएको छ ।

आनाको ४० लाख 

पुतलीसडक, बागबजार, रत्नपार्कसम्मको मूलसडकसँग जोडिएका दायाँबायाँका जग्गाको मूल्य आनाको ४० लाख तोकिएको छ । पुतलीसडकस्थित कूमारी बैंक चोकदेखि पूरानो बसपार्कसम्मको (शुक्रपथ) मुलबाटो, पद्मोदय मोडदेखि सभागृहचोक सम्मको मुख्य सडकसँग जोडिएका दायाँबायाँका जग्गाको मूल्य पनि प्रतिआना ४० लाख रुपैयाँ तय भएको छ ।

न्युरोडतिर आनाको ३६ लाख

नयाँ सडक (न्युरोड) गेटबाट उत्तर हुँदै महाबौद्ध गणेशस्थानसम्म सडकसँग जोडिएका दायाँ बायाँका जग्गाहरु, सोही बाटो हुँदै इन्द्रचोकसम्म, दुगमबहिल भौंसीको दोबाटोबाटसाविकको रंजनाहलको गेट र  र न्युरोड पिपलबोट दोबाटोदेखि उत्तर साविकको रंजनासिनेमा हलसम्म सडकमा जोडिएका दायाँबायाँका जग्गाको मूल्य आनाको ३६ लाख रुपैयाँ तोकिएको छ ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौं अगाडिकोसडकसँग जोडिएका दायाँबायाँका जग्गाहरुको मूल्य प्रति आना ३२ लाख रुपैयाँ निर्धारण भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा