१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

काठमाडौँ महानगरले तोक्यो जग्गाको मूल्य, कुन क्षेत्रको कति (सूचीसहित)

११ असार २०७८, शुक्रबार ०७:१२

असार ११, काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र जग्गाको मूल्य तोकेको छ । सम्पत्ति कर उठाउनका लागि महानगरले जग्गाको मूल्य तोकेको हो । 

कुन क्षेत्रबाट सम्पत्ति कर कति लिने भनेर मूल्यांकन गर्न महानगरले जग्गाको मूल्य निर्धारण गरेको छ । सम्पत्ति कर मूल्याङ्कन प्रयोजनको लागि प्रमुख सडक एवं सडकबाट दायाँ बायाँका जग्गाको मूल्य निर्धारण भएको हो ।

सबैभन्दा बढी आनाको ५० लाख

महानगरले सबैभन्दा बढी एक आनाको ५० लाख मूल्य तोकेको छ । यो मूल्य माइतीघर, सिंहदरबार पश्चिमगेट, पुतलीसडक, कृष्ण पाउरोटी, हात्तीसार, जयनेपाल हल, कान्तिपथ, जमल, दरबारमार्ग र घण्टाघरदेखि कमलादी मोडसम्मका मुलसडकसँग जोडिएका जग्गामा लागू हुनेछ ।

जमल, रानीपोखरी, वीर अस्पताल, नेपाल वायुसेवा निगमको कार्यालय, सुन्धारास्थित गोश्वरा हूलाक हुँदै त्रिपुरेश्वरसम्मको मुलसडकसँग जोडिएका जग्गाको भाउ पनि प्रति आना ५० लाख निर्धारण गरिएको छ । रत्नपार्क, पूरानो बसपार्क, शहीदगेट, सून्धारा चोक, सिंहदरबार पश्चिमगेटहुँदै भद्रकालीसम्मका मुख्य सडकमा जोडिएका जग्गाको मूल्य एक आनाको ५० लाख तोकिएको छ ।

केशरमहल, पश्चिम ठमेलको मुलचोक हूंदै क्षेत्रपाटी चोकसम्मको मुल सडकसँग जोडिएका सबै जग्गा, हनुमानढोका, इन्द्रचोक, असन हुँदै भोटाहिटी चोक, असन चोकदेखि राष्ट्रिय नाचघर जमल सम्मका जग्गाको मूल्यांकन प्रति आना ५० लाख अनुसार हुने भएको छ । जमलबाट पूर्वतिर विश्वज्योतिहल हूंदै तिनधारा पाठशाला, महेन्द्र सालिकदेखि काठमाडौं प्लाजासम्म मूल सडकमा जोडिइका दायाँबायाँका जग्गाको भाउ ५० लाख रुपैयाँ प्रति आना तोकिएको छ ।

आनाको ४० लाख 

पुतलीसडक, बागबजार, रत्नपार्कसम्मको मूलसडकसँग जोडिएका दायाँबायाँका जग्गाको मूल्य आनाको ४० लाख तोकिएको छ । पुतलीसडकस्थित कूमारी बैंक चोकदेखि पूरानो बसपार्कसम्मको (शुक्रपथ) मुलबाटो, पद्मोदय मोडदेखि सभागृहचोक सम्मको मुख्य सडकसँग जोडिएका दायाँबायाँका जग्गाको मूल्य पनि प्रतिआना ४० लाख रुपैयाँ तय भएको छ ।

न्युरोडतिर आनाको ३६ लाख

नयाँ सडक (न्युरोड) गेटबाट उत्तर हुँदै महाबौद्ध गणेशस्थानसम्म सडकसँग जोडिएका दायाँ बायाँका जग्गाहरु, सोही बाटो हुँदै इन्द्रचोकसम्म, दुगमबहिल भौंसीको दोबाटोबाटसाविकको रंजनाहलको गेट र  र न्युरोड पिपलबोट दोबाटोदेखि उत्तर साविकको रंजनासिनेमा हलसम्म सडकमा जोडिएका दायाँबायाँका जग्गाको मूल्य आनाको ३६ लाख रुपैयाँ तोकिएको छ ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौं अगाडिकोसडकसँग जोडिएका दायाँबायाँका जग्गाहरुको मूल्य प्रति आना ३२ लाख रुपैयाँ निर्धारण भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह