नन्दराम जैशी | साउन ३१, जुम्ला | कर्णाली रा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नन्दराम जैशी | साउन ३१, जुम्ला | कर्णाली रा"/>

२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कालिकोटको खल्लागाड खोलामा बाढिका कारण सडक अवरुद्ध

३१ श्रावण २०७३, सोमबार ०२:२९


नन्दराम जैशी | साउन ३१, जुम्ला | कर्णाली राजमार्ग अन्तर्गत कालिकोट जिल्लाको चिल्खाया गाविस खल्लागाड खोलामा बाढिका कारण सडक अवरुद्ध भएको छ । खोलामा निर्माणाधिन पक्की पुल निर्माण कार्य अलपत्र परेपछि बर्षासँगै खोलामा आएकोे बाढिका कारण सडक पुरै अवरुद्ध भएको हो । खोलामा सडक अवरोध भएपछि जुम्लाबाट नेपालगंज, सुर्खेत, काठ्माडौ लगाएतका जिल्लामा  दैनिक छुट्ने लामो दुरीका बसहरु सम्बन्धित ठाउँमा पुग्न नसकेको अवस्था छ । भने बाहिर जिल्लाबाट जुम्ला आउने सवारी साधान पनि हप्तौदिन खोलामा थन्कीने गरेका छन् ।   

खोलामा पानिको बहाब बढेपछि स्थानियबासिको घरमा पानि जाने डरले स्थानियले खोलामा ढुंगा फाल्दा झन् त्यसमा सडक अवरोध हुने गरेको छ । नेपालगंज, सुर्खेतदेखि जुम्ला र मुगुका लागि छुट्ने सबै सवारी साधन खल्लागाडमा थन्कीने गरेका छन् । यता कर्णाली यातायात ब्यवसायि समितिले बाहिर जिल्लाबाट जुम्ला आउने र जुम्लाबाट बाहिर जिल्लामा जाने यात्रुहरुलाइ खल्लागाडबाट मेल सिस्टमका आधारमा उताबाट आएका र यताबाट गएका गाडिमा एक अर्कोबिच यात्रुहरु साटासाट गरी सम्बन्धीत स्थानमा पुर्याउने काम भैरहेको जनाएको छ ।

यात्रुहरुले बर्षाका कारण सडक अवरुद्ध भएपछि यात्रामा निकै कठिन हुने गरेको बताएका छन् भने सवारी चालकहरुले जोखिम मोल्दै यातायात संचालन गर्नु पर्ने बाध्यता रहेको बताएका छन् । खल्लागाडका स्थानिय बासिले पुल निर्माणका क्रममा ठेकेदारले स्थानियबासिले काम गरेको ज्याला नदिएर भागेका कारण पुल निर्माण कार्य अलपत्र पर्दा सकड अवरुद्ध भएको धारणा राखेका छन् । खल्ला प्रहरी चौकिले अवरुद्ध सडक र खोलाको अवस्थालाइ मध्यनजर गरी यात्रु तथा सवारी सुरक्षाको काममा लागि परेको जानकारी दिएको छ । सडक अवरोधका कारण यात्रुहरुले यात्राका साथै खाना तथा बस्नमा सास्ती भोग्नु परेको छ ।


यसैबिच कर्णाली राजमार्गको पछिलो अवस्थाका विषयमा जानकारी लिन आइतबार जिल्ला स्थीत सरोकारवाला निकायबिच सडकको स्थलगत अनुगमन गरिएको छ । वर्षा सिजनमा बाढि पहिरोले राजमार्गका विभिन्न सडक खण्डमा भएको अवरोधका विषयमा जानकारी लिनको लागि स्लगत अनुगमन गरिएको हो । कर्णाली यातायात व्यवसायि संघ जुम्लाको नेतृत्वमा कर्णाली राजमार्ग अन्र्तगत जुम्लादेखि कालिकोट खल्लागाडसम्मको सडकको स्थीतिबारे अनुगमन गरिएको थियो ।       

वर्षाका कारण खल्लागाड लगाएत राजमार्गको विभिन्न स्थानमा माथि भिरबाट झरेका माटो र ढुङ्गाले सवारी साधान आवत जावतमा समस्या परेको कर्णाली यातायात व्यवसायि संघ जुम्लाका अध्यक्ष मीनवहादुर थापाले जानकारी बताउनुभयो । माटो र ढुङ्गाले समस्या गरेको ठाउँमा सडक खुलाउने र खल्लागाडको पुल तथा अवरोध खोलाको सडक निर्माण कार्यलाइ अघि बढाउन सम्बन्धीत निकायको ध्यानाकर्षण गर्ने उदेश्यले स्थलगत अनुगमन भैरहेकोे उहाँले बताउनु भयो ।  अनुगमन पछि छलफलबाट अवरोध सडक मर्मत गरी सहज रुपमा सवारी साधनलाई आवत जावत गर्ने बन्दो बस्तो मिलाउने उहाको भनाइ छ ।

स्थलगत अनुगमनमा जिल्ला स्थीत राजनैतिक दल, पत्रकार र सम्बन्धीत सरोकारवाला निकायका प्रमुख एंव प्रतिनिधिहरुको सहभागिता रहेको थियो । खल्लागाडमा निर्माणाधिन पक्की पुल निर्माण कार्य अलपत्र पर्नुको कारण र पुल निर्माण ठेकेदारका बिषयमा डिभिजन सडक कार्यालय जुम्लाबाट पुरा जानकारी प्राप्त भएको छैन ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान