नन्दराम जैशी | साउन ३१, जुम्ला | कर्णाली रा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नन्दराम जैशी | साउन ३१, जुम्ला | कर्णाली रा"/>

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कालिकोटको खल्लागाड खोलामा बाढिका कारण सडक अवरुद्ध

२०७३, ३१ श्रावण सोमबार ०२:२९


नन्दराम जैशी | साउन ३१, जुम्ला | कर्णाली राजमार्ग अन्तर्गत कालिकोट जिल्लाको चिल्खाया गाविस खल्लागाड खोलामा बाढिका कारण सडक अवरुद्ध भएको छ । खोलामा निर्माणाधिन पक्की पुल निर्माण कार्य अलपत्र परेपछि बर्षासँगै खोलामा आएकोे बाढिका कारण सडक पुरै अवरुद्ध भएको हो । खोलामा सडक अवरोध भएपछि जुम्लाबाट नेपालगंज, सुर्खेत, काठ्माडौ लगाएतका जिल्लामा  दैनिक छुट्ने लामो दुरीका बसहरु सम्बन्धित ठाउँमा पुग्न नसकेको अवस्था छ । भने बाहिर जिल्लाबाट जुम्ला आउने सवारी साधान पनि हप्तौदिन खोलामा थन्कीने गरेका छन् ।   

खोलामा पानिको बहाब बढेपछि स्थानियबासिको घरमा पानि जाने डरले स्थानियले खोलामा ढुंगा फाल्दा झन् त्यसमा सडक अवरोध हुने गरेको छ । नेपालगंज, सुर्खेतदेखि जुम्ला र मुगुका लागि छुट्ने सबै सवारी साधन खल्लागाडमा थन्कीने गरेका छन् । यता कर्णाली यातायात ब्यवसायि समितिले बाहिर जिल्लाबाट जुम्ला आउने र जुम्लाबाट बाहिर जिल्लामा जाने यात्रुहरुलाइ खल्लागाडबाट मेल सिस्टमका आधारमा उताबाट आएका र यताबाट गएका गाडिमा एक अर्कोबिच यात्रुहरु साटासाट गरी सम्बन्धीत स्थानमा पुर्याउने काम भैरहेको जनाएको छ ।

यात्रुहरुले बर्षाका कारण सडक अवरुद्ध भएपछि यात्रामा निकै कठिन हुने गरेको बताएका छन् भने सवारी चालकहरुले जोखिम मोल्दै यातायात संचालन गर्नु पर्ने बाध्यता रहेको बताएका छन् । खल्लागाडका स्थानिय बासिले पुल निर्माणका क्रममा ठेकेदारले स्थानियबासिले काम गरेको ज्याला नदिएर भागेका कारण पुल निर्माण कार्य अलपत्र पर्दा सकड अवरुद्ध भएको धारणा राखेका छन् । खल्ला प्रहरी चौकिले अवरुद्ध सडक र खोलाको अवस्थालाइ मध्यनजर गरी यात्रु तथा सवारी सुरक्षाको काममा लागि परेको जानकारी दिएको छ । सडक अवरोधका कारण यात्रुहरुले यात्राका साथै खाना तथा बस्नमा सास्ती भोग्नु परेको छ ।


यसैबिच कर्णाली राजमार्गको पछिलो अवस्थाका विषयमा जानकारी लिन आइतबार जिल्ला स्थीत सरोकारवाला निकायबिच सडकको स्थलगत अनुगमन गरिएको छ । वर्षा सिजनमा बाढि पहिरोले राजमार्गका विभिन्न सडक खण्डमा भएको अवरोधका विषयमा जानकारी लिनको लागि स्लगत अनुगमन गरिएको हो । कर्णाली यातायात व्यवसायि संघ जुम्लाको नेतृत्वमा कर्णाली राजमार्ग अन्र्तगत जुम्लादेखि कालिकोट खल्लागाडसम्मको सडकको स्थीतिबारे अनुगमन गरिएको थियो ।       

वर्षाका कारण खल्लागाड लगाएत राजमार्गको विभिन्न स्थानमा माथि भिरबाट झरेका माटो र ढुङ्गाले सवारी साधान आवत जावतमा समस्या परेको कर्णाली यातायात व्यवसायि संघ जुम्लाका अध्यक्ष मीनवहादुर थापाले जानकारी बताउनुभयो । माटो र ढुङ्गाले समस्या गरेको ठाउँमा सडक खुलाउने र खल्लागाडको पुल तथा अवरोध खोलाको सडक निर्माण कार्यलाइ अघि बढाउन सम्बन्धीत निकायको ध्यानाकर्षण गर्ने उदेश्यले स्थलगत अनुगमन भैरहेकोे उहाँले बताउनु भयो ।  अनुगमन पछि छलफलबाट अवरोध सडक मर्मत गरी सहज रुपमा सवारी साधनलाई आवत जावत गर्ने बन्दो बस्तो मिलाउने उहाको भनाइ छ ।

स्थलगत अनुगमनमा जिल्ला स्थीत राजनैतिक दल, पत्रकार र सम्बन्धीत सरोकारवाला निकायका प्रमुख एंव प्रतिनिधिहरुको सहभागिता रहेको थियो । खल्लागाडमा निर्माणाधिन पक्की पुल निर्माण कार्य अलपत्र पर्नुको कारण र पुल निर्माण ठेकेदारका बिषयमा डिभिजन सडक कार्यालय जुम्लाबाट पुरा जानकारी प्राप्त भएको छैन ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा