साउन ३१, काठमाडौँ । स्वास्थ्य मन्त्रालयले तीन महिनाभित्र सबै प्राथमिक स्वास्थ्य केन्द्र (पिएचसी)मा चिकित्सक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ३१, काठमाडौँ । स्वास्थ्य मन्त्रालयले तीन महिनाभित्र सबै प्राथमिक स्वास्थ्य केन्द्र (पिएचसी)मा चिकित्सक"/>
२०८२, १६ चैत्र सोमबार
अर्थ/विकास

प्रधानमन्त्रीको निर्देशनसँगै तीन महिनाभित्र देशभरका स्वास्थ्य चौकीमा चिकित्सक

२०७३, ३१ श्रावण सोमबार १०:१७

साउन ३१, काठमाडौँ । स्वास्थ्य मन्त्रालयले तीन महिनाभित्र सबै प्राथमिक स्वास्थ्य केन्द्र (पिएचसी)मा चिकित्सक पठाउने गरी गृहकार्य सुरु गरेको जनाएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्रीको पदभार ग्रहण गरेपछि गत साउन २० गते स्वास्थ्य मन्त्रालयलाई सबै पिएचसीमा चिकित्सक पठाउन निर्देशन दिएपछि सोहीअनुरुप गृहकार्य तीव्र पारिएको हो । स्वास्थ्य सचिव डा सेनेन्द्रराज उपे्रेतीले स्वास्थ्य केन्द्रमा चिकित्सक पुर्याउन समस्या नभए पनि सोहीअनुरुपको सुविधा व्यवस्थापन गर्न भने चुनौती भएको बताउनुभयो । 

उहाँले भन्नुभयो– “अहिलेको महँगो शुल्कमा पढेर आएकाले उनीहरुलाई ग्रामीण क्षेत्रमा पठाउन पहिलो चुनौती छ । पिएचसीमा बिरामीको कमी हुने भएकाले बिरामी नहुँदा अनुभवको कमी हुन्छ ।”

अहिले ७५ जिल्लामा २०४ प्राथमिक स्वास्थ्य केन्द्र छन् । तीमध्ये २६ स्वास्थ्य संस्थामा एकजना पनि डाक्टर छैनन् । ४१ स्वास्थ्य संस्थामा भने तीनभन्दा बढी डाक्टरले काम गरिरहेको मन्त्रालयका लेखा अधिकृत सुरेश शर्माले जानकारी दिनुभयो । 

मन्त्रालयले प्रत्येक पिएचसीमा कम्तीमा दुईजना डाक्टर पठाउने गरी तयारी थालेको छ । अहिले मन्त्रालयलाई दुई पिएचसीमा २०० चिकित्सक पठाउन भने सजिलो छ किनभने प्रत्येक वर्ष सरकारी छात्रवृत्तिमा पढेका ३५० भन्दा बढी डाक्टर उत्पादन हुन्छन् । उनीहरुलाई कम्तीमा दुई वर्ष दुर्गम क्षेत्रमा गई काम गर्नैपर्ने प्रावधान छ । 

अहिले सरकारले छात्रवृत्ति, करार स्थायी दरबन्दीमा चिकित्सकलाई स्वास्थ्य संस्थामा पठाउने गरेको छ । तीमध्ये चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्स, बिपी कोइराला राष्ट्रिय प्रतिष्ठान, काठमाडौँ विश्वविद्यालयलगायतबाट छात्रवृत्तिमा पढेका ३५० भन्दा बढी एमबिबिएस चिकित्सकलाई सरकारले तलब दिएर सम्पूर्ण सेवा सुविधासहित दुर्गम स्वास्थ्य संस्थामा पठाउने गर्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा