साउन ३१, काठमाडौँ । स्वास्थ्य मन्त्रालयले तीन महिनाभित्र सबै प्राथमिक स्वास्थ्य केन्द्र (पिएचसी)मा चिकित्सक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ३१, काठमाडौँ । स्वास्थ्य मन्त्रालयले तीन महिनाभित्र सबै प्राथमिक स्वास्थ्य केन्द्र (पिएचसी)मा चिकित्सक"/>
१९ माघ २०८२, आईतवार
अर्थ/विकास

प्रधानमन्त्रीको निर्देशनसँगै तीन महिनाभित्र देशभरका स्वास्थ्य चौकीमा चिकित्सक

३१ श्रावण २०७३, सोमबार १०:१७

साउन ३१, काठमाडौँ । स्वास्थ्य मन्त्रालयले तीन महिनाभित्र सबै प्राथमिक स्वास्थ्य केन्द्र (पिएचसी)मा चिकित्सक पठाउने गरी गृहकार्य सुरु गरेको जनाएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्रीको पदभार ग्रहण गरेपछि गत साउन २० गते स्वास्थ्य मन्त्रालयलाई सबै पिएचसीमा चिकित्सक पठाउन निर्देशन दिएपछि सोहीअनुरुप गृहकार्य तीव्र पारिएको हो । स्वास्थ्य सचिव डा सेनेन्द्रराज उपे्रेतीले स्वास्थ्य केन्द्रमा चिकित्सक पुर्याउन समस्या नभए पनि सोहीअनुरुपको सुविधा व्यवस्थापन गर्न भने चुनौती भएको बताउनुभयो । 

उहाँले भन्नुभयो– “अहिलेको महँगो शुल्कमा पढेर आएकाले उनीहरुलाई ग्रामीण क्षेत्रमा पठाउन पहिलो चुनौती छ । पिएचसीमा बिरामीको कमी हुने भएकाले बिरामी नहुँदा अनुभवको कमी हुन्छ ।”

अहिले ७५ जिल्लामा २०४ प्राथमिक स्वास्थ्य केन्द्र छन् । तीमध्ये २६ स्वास्थ्य संस्थामा एकजना पनि डाक्टर छैनन् । ४१ स्वास्थ्य संस्थामा भने तीनभन्दा बढी डाक्टरले काम गरिरहेको मन्त्रालयका लेखा अधिकृत सुरेश शर्माले जानकारी दिनुभयो । 

मन्त्रालयले प्रत्येक पिएचसीमा कम्तीमा दुईजना डाक्टर पठाउने गरी तयारी थालेको छ । अहिले मन्त्रालयलाई दुई पिएचसीमा २०० चिकित्सक पठाउन भने सजिलो छ किनभने प्रत्येक वर्ष सरकारी छात्रवृत्तिमा पढेका ३५० भन्दा बढी डाक्टर उत्पादन हुन्छन् । उनीहरुलाई कम्तीमा दुई वर्ष दुर्गम क्षेत्रमा गई काम गर्नैपर्ने प्रावधान छ । 

अहिले सरकारले छात्रवृत्ति, करार स्थायी दरबन्दीमा चिकित्सकलाई स्वास्थ्य संस्थामा पठाउने गरेको छ । तीमध्ये चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्स, बिपी कोइराला राष्ट्रिय प्रतिष्ठान, काठमाडौँ विश्वविद्यालयलगायतबाट छात्रवृत्तिमा पढेका ३५० भन्दा बढी एमबिबिएस चिकित्सकलाई सरकारले तलब दिएर सम्पूर्ण सेवा सुविधासहित दुर्गम स्वास्थ्य संस्थामा पठाउने गर्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार