भदौ १, पोखरा । केही महिनाअघि देखि नगर क्षेत्रमा बससेवा सञ्चालन गर्दै आएको बिन्ध्यवासिनी यातायात बस व्यवसायी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १, पोखरा । केही महिनाअघि देखि नगर क्षेत्रमा बससेवा सञ्चालन गर्दै आएको बिन्ध्यवासिनी यातायात बस व्यवसायी"/>
२३ मंसिर २०८२, सोमबार
अर्थ/विकास

थप २६ नगर बसलाई रुट परमिट

१ भाद्र २०७३, बुधबार ०२:३६

भदौ १, पोखरा । केही महिनाअघि देखि नगर क्षेत्रमा बससेवा सञ्चालन गर्दै आएको बिन्ध्यवासिनी यातायात बस व्यवसायी समितिले थप २६ वटा बस सञ्चालन गर्न रुट परमिट पाएको छ । 

पुरानो पोखरा बस व्यवसायी समितिको विरोधका बाबजुद पोखराको नगर क्षेत्रमा तीनवटा नगर बस सञ्चालन गर्दै आएको बिन्ध्यवासिनीले थप २६ वटा बस सञ्चालन गर्ने परमिट पाएपछि अब समितिबाट सञ्चालन गर्ने बसको सङ्ख्या २९ पुगेको समितिका अध्यक्ष सोमबहादुर गुरुङले जानकारी दिनुभयो । 

यातायात व्यवस्था कार्यालय गण्डकी, पोखराले समितिलाई बस सेवा सञ्चालन गर्न रुट परमिट दिएको र कार्यालयले बस सञ्चालन गर्ने रुट पनि तोकिदिएको छ । 

पोखरा उपमहानगरपालिकामा वडाहरु थपिएसँगै समितिले अब सहरी तथा ग्रामीण क्षेत्रमा आफ्ना बस सञ्चालन गरी यात्रुलाई सुविधा दिने बताइएको छ । ३० सिट क्षमता रहेका ती बसमा यात्रुका लागि विभिन्न सुविधा पनि राखिएको छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो