२०८२, ५ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मुलुकको अर्थतन्त्र गम्भीर सङ्कटतर्फ: अर्थविद

२०७८, २ पुष शुक्रबार १६:२२

पुस २, काठमाडौँ | मुलुकको अर्थतन्त्र गम्भीर सङ्कटतर्फ उन्मुख रहेको अर्थविद्हरू बताएका छन् । प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले शुक्रबार 'नेपालको अर्थतन्त्रको वर्तमान अवस्था, चुनौती र आगामी दिशाबारे' अर्थविद्हरूसँग भएको छलफलमा अर्थविद्हरूले अर्थतन्त्रका अधिकांश सूचकहरू नकारात्मक देखिएकाले मुलुकको अर्थतन्त्र गम्भीर सङ्कटमा पर्न सक्ने सङ्केत देखिन थालेको बताएका हुन् ।  

छलफलमा अर्थविद् डा.चन्द्र मणि अधिकारीले विश्व अर्थतन्त्रमा नै मन्दी आउने सङ्केत देखिएकाले विश्व अर्थतन्त्रको प्रभाव नेपालको अर्थतन्त्रमा पनि असर पारेको बताए । अर्थविद् अधिकारीले विश्व अर्थतन्त्रमा नै उत्पादनमा कमी, मूल्य वृद्धि , बैंकहरुमा ब्याजदर बढ्दै गएको उल्लेख गरे । अहिले सरकारले विदेशी मुद्रा सञ्चिति राम्रो भएको,शोधान्नातर स्थिति राम्रो, चालु खातामा बचत रहेको र राजश्व बढेकाले अर्थतन्त्र ठिक ठाउँमा रहेको बताउने गरेको भए पनि अहिले त्यस्तै अवस्था नभएको बताए । अर्थविद् अधिकारीले भने,'क्षेत्रगत रूपमा प्राथमिकरण भएन भने हामी अझ ठुलो सङ्कटमा जान्छौँ । अनौपचारिक तरिकाले भएको मूल्यवृद्धिको तथ्याङ्क हामीसँग छैन । त्यो अझ डरलाग्दो छ ।'

अर्थविद् अधिकारीले नेपालमा सङ्घीयता लागू भए पनि प्रणाली राम्रो नभएको बताए । उनले संविधानले नै सङ्घीय संरचना भद्दा बनाएको जिकिर गरे । उनले सङ्घीयताका कारण प्रशासनिक हिसाबसमेत ठुलो बन्दै गएको बताए । अधिकारीले एउटा प्रदेशमा १४ वटासम्म मन्त्रालय बनाउँदा मुलुकको थप समस्या आउने बताए । 

त्यस्तै अर्का अर्थविद् दीपेन्द्रबहादुर क्षेत्रीले राजनीतिक चङ्गुलले अर्थतन्त्र तहसनहस भएको बताए । उनले विश्व धेरै मुलुकको अर्थतन्त्र राम्रो बनाउनको लागि राजनीतिक समझदारी बनाएर अगाडी बढ्ने गरेको बताए । अर्थविद् क्षेत्रीले भने, ‘नेपालको राजनीतिक चङ्गुलले अर्थतन्त्र तहसनहस भएको छ। अहिले कुनै पनि अर्थतन्त्रका सूचकहरू सकारात्मक रहेका छैन । सूचकहरू राम्रो बनाउनको लागि स्थिर राजनीतिक हुनुपर्छ ।  विश्व धेरै मुलुकको अर्थतन्त्र राम्रो बनाउनको लागि राजनीतिक समझदारी बन्ने गरेको छ। राजनीतिक समझदारीकै आधारमा अर्थतन्त्र अगाडि बढ्छ । नेपालमा धेरै राजनीति मात्रै गर्ने गरिन्छ तर, मुलुकको अर्थतन्त्रको विषयमा कुनै योजनाका विषयमा एजेन्डा नै बन्दैनन्। अब नेपालका राजनीतिक दलहरुले आर्थिक एजेन्डामा छलफल गर्नुपर्छ । हाम्रो राजनीतिक प्रणाली मात्र होइन बजेट प्रणाली वर्षौं वर्षदेखि उस्तै छ । यो सुध्रन सकेको छैन । आयोजना र कार्यक्रम छनोटदेखि कार्यान्वयन प्रक्रियासम्म समस्या छन् । सरकारको व्यापार नीति स्पष्ट छैन । नेपालले केही वस्तुको आयातमा प्रतिबन्ध नै लगाउनु पर्छ । राष्ट्रिय योजना आयोग पहुँचवालाको चङ्गुलमा नाचिरहेको छ ।’

अर्थविद् डिल्लीराज खनालले बैङ्किङ क्षेत्रको लगानी बढेको तर, उत्पादन मूलक क्षेत्रमा नगएकाले बजारमा तरलता अभाव भएको बताए । खनालले बैङ्क तथा वित्तीय क्षेत्रले कर्जा लगानी व्यापक बढाउने तर कर्जा लिएको निजी क्षेत्रले उत्पादन उद्योग,आर्थिक क्षमता विकास गर्ने क्षेत्रमा लगानी नभएकाले अर्थतन्त्रमा सङ्कट आएको बताए । उनले बैङ्किङ कर्जा आयातमा लगानी हुँदा आयात बढेको र राजश्व पनि बढ्यो बताए । 

त्यस्तै अर्थविद् डा.पोषराज पाण्डेले सरकारी निकायबाट हुने अर्थतन्त्रको मूल्याङ्कन यथार्थवादी हुनुपर्ने बताए । डा. पाण्डेले सरकारले आर्थिक सूचकहरू मूल्याङ्कन गर्दा यर्थाथमा गएर गर्ने नगरेको उल्लेख गरे । उनले सरकारले नै यथार्थवादी भएर सूचक मापन गर्दा थप समस्या आउने गरेको बताए । उनले मुलुकको अर्थमन्त्री पुँजीगत खर्च बढाउन नसक्ने तर ७ प्रतिशत आर्थिक वृद्धिदर हुने बताए । उनले विश्व बैङ्क लगायत अन्तर्राष्ट्रिय मापकहरूले २ देखि ३ प्रतिशत हुन्छ भनी रहेको अवस्थामा ७ प्रतिशत हुन्छ भन्न नहुने बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार देखाएर मोटरसाइकल लुट्ने २ जना समातिए नागढुङ्गामा झण्डै ३ केजी चाँदीसहित एक युवक पक्राउ दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति नेप्से परिसूचक दोहोरो अंकले घट्यो बेलायत पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने महिला पक्राउ काठमाडौँमा बढ्दै वायु प्रदूषण, सचेत रहन आग्रह निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान दुर्गा प्रसाईंलाई बिना सर्त रिहा गर्न आजपाको माग घट्यो सुनको मूल्य कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध