२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

शेयर परिसूचक नेप्सेमा ५६ अङ्कले उकालो

६ पुष २०७८, मंगलवार १०:३५

 पुस ६, काठमाडौँ | आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५६ अंकले बढेको छ । पछिल्लो समय निरन्तर घट्दै आएको सेयर बजारमा आज उच्च वृद्धि आएको हो ।

आज ५६ अंककाे सुधार भएसँगै नेप्से विन्दु २४ सय १५ अंकमा पुगेर रोकिएको छ । खासगरी, नेपाल राष्ट्र बैंकले सोमबार अनियन्त्रित आयात रोक्ने गरेको व्यवस्थासँगै बजारमा सकरात्मक सुधार आएको हो । नेपाललाई आवश्यक नै नपर्ने वस्तुको आयातमा वर्षमा खर्बौ रुपैयाँ बाहिरिँदै आएको छ । जसलाई रोकेर विदेशी मुद्रा सञ्चिति घट्नबाट रोक्ने र तरलता संकुचन सुधार ल्याउन राष्ट्र बैंकको प्रयासको नेप्सेमा सकारात्मक प्रभाव परेको हो ।

यसक्रममा आज २ अर्ब ३८ करोड रुपैयाँ बराबरको ४९ लाख ७४ कित्ता सेयर किनबेच भएको छ । बजारमा उच्च अंकको वृद्धि आएको दिन जीवन बीमा समूहमा सबैभन्दा बढी २०६ अंकको सुधार आएको छ । यस्तै, निर्जीवन बीमा समूहमा २०४ अंकको सुधार आएको छ ।

यस्तै, उत्पादनमूलक समूहमा १७० अंक, विकास बैंक समूहमा १३७ अंक, जलविद्युत समूहमा ९४ अंक र लघुवित्त समूहमा ९० अंकको सुधार आएको छ । यीबाहेक आज कारोबारमा आएका सबै समूहमा सुधार आएको छ ।

आज ग्रीन डेभलपमेन्ट बैंकको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । कम्पनीको सेयर मूल्य आज एकै दिन ३१ रुपैयाँले बढ्दै प्रतिकित्ता मूल्य ३१० रुपैयाँ पुगेको छ । यस्तै, ज्योती फाइनान्सको सेयर मूल्य ९ प्रतिशत र रसुवागढी हाइड्रोपावरको सेयर मूल्यमा पनि ९ प्रतिशतको सुधार आएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ