२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेप्सेमा एकैदिन ९२ अङ्ककाे वृद्धि, कति भयाे काराेबार ?

७ पुष २०७८, बुधबार ११:०४

पुस ७, काठमाडौँ | नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज बुधबार ९२ अंकको उत्साहजनक वृद्धि देखिएको छ । कारोबार समयदेखि नै बढ्न थालेको सेयर बजार अन्तिम समयसम्म झण्डै एक सय अंकले बढेर बन्द भएको हो ।

२४ सय २५ अंकबाट कारोबार सुरु भएको नेप्सेमा ९२ अंकको सुधार आउँदा परिसूचक २५ सय ७ अंकमा पुगेको छ । यसक्रममा ८१ लाख कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५२ करोडको कारोबार भएको छ । यो अघिल्ला दिनहरूकोभन्दा बढी कारोबार रकम हो ।

बजार ९२ अंकले बढेको दिन कारोबार भएका सबै १३ वटै समूहमा सुधार आएको छ । सबैभन्दा बढी जिवन बीमा समूहमा ५०२ अंकको, निर्जीवन बीमा समूहमा ४८७ अंकको र उत्पादनमूलक समूहमा ४५२ अंकको सुधार आएको छ । यस्तै, विकास बैंक समूह २३० अंक, व्यापार समूह २०२ अंक र लघुवित्त समूहमा १८२ अंकको सुधार आएको छ ।

नेप्से परिसूचक उत्साहजनकरुपमा बढेको दिन आज तीन वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । यस्तै, थप ५ कम्पनीको सेयर मूल्यमा ९ प्रतिशतभन्दा बढीको सुधार आएको नेप्सेले जानकारी दिएको छ ।

पछिल्ला केही सातायता निरन्तर घट्दै आएको नेप्से अर्थमन्त्रालय र राष्ट्र बैंकको एक/एक वटा निर्देशपछि उकालो लाग्न थालेको छ । अर्थमन्त्रालयले महालेखा नियन्त्रक र राष्ट्र बैंकलाई स्थानीय तहको बजेटलाई निक्षेपकारुपमा प्रयोग गर्न निर्देशन दिएको थियो । यस्तै, राष्ट्र बैंकले आयात घटाउन लिएको नीतिले समेत बजारलाई सकरात्मक दिशातर्फ धकेलेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ