१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बारामा छ हजार मेट्रिकटन धान उत्पादन बढ्यो

१८ पुष २०७८, आईतवार ०९:२२

पुस १८, काठमाडौँ | यस वर्ष बारामा धान लगाएको क्षेत्रफल र धान उत्पादन दुबै बढेको छ । 

समयमै मनसुन सक्रिय भएपछि गतवर्षको तुलनामा यो वर्ष दुई हजार ९१४ हेक्टर बढी क्षेत्रफलमा रोपाइँ भएको थियो भने छ हजार ३५२ मेट्रिकटन बढी धान उत्पादन भएको थियो । 

कृषि ज्ञानकेन्द्र बाराका अनुसार चालु आर्थिक वर्षमा दुई लाख ६२ हजार ७४१ दशमलव २५ मेट्रिकटन धान उत्पादन भएको छ । अघिल्लो वर्ष दुई लाख ५६ हजार ३८९ दशमलव २५ मेट्रिक टन धान उत्पादन भएको थियो । यो गत वर्षको तुलनामा छ हजार ३५२ मेट्रिकटन धान बढी उत्पादन भएको हो । 

चालु आर्थिक वर्षमा उत्पादन भएको धानमध्ये अगहनी एक लाख ४१ हजार ५७७ दशमलव २५ मेट्रिक टन, भदैया ५१ हजार १९१ दशमलव पाँच मेट्रिक टन र चैते धान ६९ हजार ९७२ दशमलव पाँच मेट्रिक टन उत्पादन भएको केन्द्रका कृषि विज्ञ गेनालाल मण्डलले जानकारी दिनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षमा अगहनी ३४ हजार ११२ हेक्टर, भदैया ११ हजार ९०५ हेक्टर र चैते १५ हजार १०५ गरि कूल ६१ हजार १२५ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो । 

गत आर्थिक वर्षमा अगहनी एक लाख ४५ हजार २०१  दशमलव २५ मेट्रिक टन, भदैया ५४ हजार ८८२ दशमलव छ मेट्रिक टन र चैते धान ५३ हजार ३०६ मेट्रिक टन उत्पादन भएको थियो । यसका लागि अगहनी १४ हजार १६५ हेक्टर, भदैया ११ हजार ९३१ हेक्टर र चैते १२ हजार ११५ हेक्टर क्षेत्रफलमा लगाएको केन्द्रका कृषि विज्ञ मण्डलले जानकारी दिनुभयो । 

बारामा कूल ६९ हजार ९६३ हेक्टर कृषियोग्य जमिन रहेको छ । तीमध्ये चुरेपहाडतर्फ ९९५, तराईतर्फ ६१ हजार ८१८ गरि कूल ६२ हजार ८२३ हेक्टर क्षेत्रफलमा खेती हुने गरेको छ । तीमध्ये सात हजार १४० हेक्टर जमिन बाँझो रहेको छ भने वर्षैभरी सिञ्चित हुने ३३ हजार १३२ र आंशिक सिञ्चित हुने २९ हजार ६९१ हेक्टर क्षेत्रफल रहेको केन्द्रले जनाएको छ ।        

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का