भदौ ७, डोटी | डोटीका ग्रामीण सडकलाई अस्थायी रुट पर्मिटका लागि सिफारिस गरिएको छ । सरकारले रुट पर्मिट नभएका सडकमा स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ७, डोटी | डोटीका ग्रामीण सडकलाई अस्थायी रुट पर्मिटका लागि सिफारिस गरिएको छ । सरकारले रुट पर्मिट नभएका सडकमा स"/>
२७ पुष २०८२, आईतवार
अर्थ/विकास

डोटीका ग्रामीण सडकलाई अस्थायी रुट पर्मिट

७ भाद्र २०७३, मंगलवार १३:२२

भदौ ७, डोटी | डोटीका ग्रामीण सडकलाई अस्थायी रुट पर्मिटका लागि सिफारिस गरिएको छ । सरकारले रुट पर्मिट नभएका सडकमा सवारी संचालन गर्न नपाईने निर्णय गरेसंगै जिल्लामा संचालनमा रहेका आठवटा ग्रामीण सडकहरुलाई रुट पर्मिट दिने निर्णय गरिएको हो ।

ती सडकहरुमा यातायात सेवा निरन्तर राख्नका लागि जिल्ला स्तरिय यातायात व्यबस्था समितिले अस्थायी रुट पर्मिटका लागि सिफारिस गरेको छ ।

सिफारिस भएका सडकहरुमा सडकको अबस्था हेरी केहीमा जीप र ट्याक्टर, केहीमा जीप ट्याक्टर र मिनि ट्रक र केहीमा ३२ सिटसम्मको मिनिबससम्म चल्न सक्ने निर्णय गरीएको छ ।  राजपुर–चवरा चौतारा सडक खण्डमा जिप र ट्याक्टर, दिपायल–डौड सडक खण्डमा जिप, ट्याक्टर र मिनि ट्रक, बुडर–जोरायल सडक खण्डको बाँझीलेकसम्म मिनिबस, र अगाडी जीप, ट्याक्टर र मिनि ट्रक, बिपिनगर–बागछेडा सडक खण्डमा मिनिबस, ट्याक्टर, मिनि ट्रक र जीप, समुहागाड–कपल्लेकी सडक खण्डमा जीप र ट्याक्टर,  शान्ति नगर–नारीदाङ सडकखण्डमा जीप, ट्याक्टर र मिनि ट्रक, तल्कोट–धुरकोट सडकखण्डमा जीप र ट्याक्टर र सिलगढी–झिंग्राना सडकखण्डमा जीप र ट्याक्टर चल्न पाउने निर्णय गरिएको छ ।

ती सडकहरुमध्ये विपि–नगर बागछेडा सडकमा यसअघि पनि अस्थायी रुटपर्मिट थियो । बुडर–जोरायल सडकखण्डमा पनि दुईबर्षअघिसम्म अस्थायी रुट पर्मिट थियो । तर, २९ जनाको ज्यान जानेगरी भएको जोरायल बस दुर्घटनापछि त्यहाँको रुटपर्मिट खारेज गरिएको थियो ।

बाकी सडकहरुमा स्थानीय प्रशासन र यातायात ब्यबसायीहरुको सामान्य निर्णयका आधारमा सवारी साधन चलिरहेका थिए । यसरी चल्ने सवारी साधनहरुले आफु जोखिम मोलेर चलाईरहेको भन्दै चर्को रुपमा भाडा अशुल्दै आईरहेका छन्  । यसविषयमा स्थानीय प्रशासनमा गुनासो पुगे प्रशासनले रुट पर्मिट नै नभएका सडकहरुमा लिने भाँडाको बिषयमा आफुहरुले कुनै किसिमको कार्बाही गर्न नसक्ने प्रतिक्रिया दिदै आएको थियो । अब, अस्थायी रुट पर्मिट पाएपछि ति सडकहरमा भाँडादर घट्नेमा सर्वसाधारणहमा आशा पलाएको छ ।

सिफारिस गरिएको रुटपर्मिट सेती अञ्चल यातायात ब्यबस्था कार्यालय धनगढी मार्फत बिभागमा पठाईएको यातायात ब्यबस्था कार्यालय दिपायलका प्रमूख खेमराज भट्टले जानकारी दिए । सिफारिस भएका सबै सडकहरुमा अस्थायी रुटपर्मिट केही दिनमा आउने उनले बताए । अस्थायी रुट पर्मिट दिनेसम्मको अधिकार बिभागले अञ्चल कार्यालयलाई प्रत्यायोजन गरेकाले धनगढी कार्यालयले नै केही दिनमा रुट पर्मिट उपलब्ध गराउने भट्टले बताए ।

रुट पर्मिटपछि सवारी दुर्घटना बिमा नपाउने अबस्था हट्ने भएको छ । जसले यातायात ब्यबसायीहरुको जोखिम हट्नेछ ।

रुट पर्मिट उपलब्ध भएका सडकमा जिल्ला यातायात ब्यबस्था समितिले तोकेको दरमा मात्रै भाँडा लिन मिल्ने उनले बताए । यसअघि सवारी साधनहरुले र यातायात ब्यबसायीहरुले मोनोपोली रुपमा भाँडा अशुलीरहेको गुनासो आउने गरेका भएपनि अब त्यसो नहुने बताईएको छ ।

अस्थायी रुट पर्मिट भएका सडकमा चल्ने सवारी साधनहरुको भाँडादर स्थानीय प्रशासन र यातायात व्यबसायीको छलफलका आधारमा निर्धारण हुने शैलेश्वरी यातायात ब्यबसायी संघका अध्यक्ष गणेश मलासीले बताए । यसअघि ती सडकहरुमा सामान्य निर्णयकै आधारमा सवारी साधन चलिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला