भदौ ९, नवलपरासी । नवलपरासीको सहिद स्मृति सामुदायिक अस्पताललाई सरकारले रु एक करोड ८२ लाख १२ हजार अनुदान रकम दिएपछि अस्पतालको भौतिक पूर्वाधार विस्तार सुरु भएको छ । 

दाउन्ने देवी गाविस वडा नं ९, चौपत्तामा रहेको सहिद स्मृति सामुदायिक अस"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ९, नवलपरासी । नवलपरासीको सहिद स्मृति सामुदायिक अस्पताललाई सरकारले रु एक करोड ८२ लाख १२ हजार अनुदान रकम दिएपछि अस्पतालको भौतिक पूर्वाधार विस्तार सुरु भएको छ । 

दाउन्ने देवी गाविस वडा नं ९, चौपत्तामा रहेको सहिद स्मृति सामुदायिक अस"/>

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नवलपरासीको सहिद स्मृति सामुदायिक अस्पताललाई एक करोड ८२ लाख अनुदान

२०७३, ९ भाद्र बिहीबार ०७:२७

भदौ ९, नवलपरासी । नवलपरासीको सहिद स्मृति सामुदायिक अस्पताललाई सरकारले रु एक करोड ८२ लाख १२ हजार अनुदान रकम दिएपछि अस्पतालको भौतिक पूर्वाधार विस्तार सुरु भएको छ । 

दाउन्ने देवी गाविस वडा नं ९, चौपत्तामा रहेको सहिद स्मृति सामुदायिक अस्पताल विकास केन्द्रलाई सरकारबाट प्राप्त उक्त रकमबाट अस्पतालको चौतर्फी विकासमा खर्च गर्न लागिएको हो । 

सरकारबाट गत असार ३१ गते प्राप्त गरेको उक्त रकमबाट अस्पतालको प्राविधिक, भौतिक र गुणस्तरीय उपचार सेवातर्फ खर्च गर्न लागिएको अस्पतालका व्यवस्थापक टीकाराम लुइँटेलले बताउनुभयो । 

अस्पतालको भवन निर्माणका लागि रु एक करोड २० लाख, उपकरण खरिदका लगि रु ५० लाख, अस्पतालको फर्निचरका लागि रु १२ लाख १२ हजार रकम विनियोजन गरिएको छ । 

सरकारबाट प्राप्त अनुदान अस्पतालको भौतिक संरचना निर्माण, उपकरण खरिद र आन्तरिक व्यवस्थापनका लागि खर्च गर्न रकम विनियोजन गरिएको केन्द्रका अध्यक्ष निमानन्द न्यौपानेले बताउनुभयो । 

त्यसैगरी अस्पताल विकास केन्द्रलाई वैकल्पिक सौर्य ऊर्जा प्रवद्र्धन केन्द्रबाट प्राप्त रु ४५ लाख अनुदानबाट अस्पतालमा सोलार जोड्ने काम सुरु भएको छ । अस्पताललाई तत्काल आवश्यक पर्ने १८ केवीको सौर्य ऊर्जा जडान गर्न काम सुरु गरिएकाले जसबाट बिरामीका लागि थप राहत मिल्ने अस्पतालका अध्यक्ष न्यौपानेले बताउनुभयो । 

चौपत्तामा रहेको सो अस्पताल अहिले १५ स्ययाको मात्र रहेको छ । व्यवस्थापन कार्यालयसहित तीनवटा भवनबाट अस्पतालले आकस्मिक सेवा, ओपिडी सेवा र फार्मेसी सेवालगायतका सेवा सुविधा प्रदान गर्दै आएको छ । 

अस्पतालमा नवलपरासीको १४ गाविससहित सीमावर्ती भारतीय बिरामी सेवा लिन आउने गरेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा