भदौ ९, गोरखा । जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि आयोजना क्षेत्रको विस्तृत अध्ययन सुरु भएदेखि गोरखाका १४ र धादिङका १३ गाविसमा विकास निर्माणका योजना ठप्प छन् । 

सार्वजनिक भवनका साथै निजी घर निर्माण पनि रोकिएको र विकास"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ९, गोरखा । जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि आयोजना क्षेत्रको विस्तृत अध्ययन सुरु भएदेखि गोरखाका १४ र धादिङका १३ गाविसमा विकास निर्माणका योजना ठप्प छन् । 

सार्वजनिक भवनका साथै निजी घर निर्माण पनि रोकिएको र विकास"/>

२ बैशाख २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बूढीगण्डकी प्रभावित क्षेत्रमा विकास निर्माण ठप्प

९ भाद्र २०७३, बिहीबार ०७:५३

भदौ ९, गोरखा । जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि आयोजना क्षेत्रको विस्तृत अध्ययन सुरु भएदेखि गोरखाका १४ र धादिङका १३ गाविसमा विकास निर्माणका योजना ठप्प छन् । 

सार्वजनिक भवनका साथै निजी घर निर्माण पनि रोकिएको र विकासका पूर्वाधारका लागि बजेट आउनै छाडेको प्रभावित क्षेत्रका बासिन्दाले गुनासो गरेका छन् । आयोजना बन्ने आशमा बसेका स्थानीयबासिन्दा सरकारको ढिलासुस्तीका कारण आयोजनाको निर्माणमा गति नआएकोप्रति असन्तुष्ट छन् । 

आयोजना निर्माण हुँदा पानीको सतहले छुने क्षेत्रका जग्गा किनबेचमा रोक्का गरिएको छ । गत चैतदेखि गोरखा र धादिङका आयोजना प्रभावित क्षेत्रका बासिन्दाले जग्गा खरिद, बिक्री तथा उक्त जग्गाको मुआब्जा समेत पाएका छैनन् । 

आयोजना बन्ने वा नबन्ने, मुआब्जा कति पाउने, स्थानान्तरण कहाँ हुनेजस्ता समस्याले प्रभावित क्षेत्रमा अन्योलता बढाएको आरुघाटका गणेश श्रेष्ठले बताउनुभयो । “भूकम्पले घर भत्कायो, व्यापार चौपट भयो, बैंकलाई किस्ता तिर्न गाह्रो भएको छ,” उहाँले भन्नुभयो । रोक्का जग्गाको मुआब्जा तथा पुनःनिर्माणका लागि अनुदान सम्झौता गर्न नपाएको उहाँको भनाइ छ । 

आयोजना क्षेत्रमा अन्यत्र जस्तै भूकम्पले क्षति पु¥याएको र पाँच वर्षयता प्रभावित क्षेत्रमा विकासका पूर्वाधार लगायतका क्षेत्रमा बजेट नआएको स्थानीयको गुनासो छ । प्रभावित क्षेत्रका बासिन्दाले बैंकबाट लिएको ऋण र ब्याज मिनाहा गर्नुपर्ने, पुनःनिर्माणका लागि एकमुष्ट रु दुई लाख दिनुपर्ने तथा रोक्का गरिएको क्षेत्रमा अर्धपक्की घर बनाउन पाउनुपर्नेलगायत माग गर्दै आएका छन् । 

गत असार अन्तिम साता गोरखाको घ्याल्चोक, भुम्लिचोक र दर्वुङ गाविसका बूढीगण्डकी प्रभावितलाई मुआब्जा वितरण गर्ने तयारी गरिए पनि वितरण हुन सकेन । गोरखा र धादिङका प्रभावितलाई एकै पटकमा मुआब्जा वितरण गर्ने भन्दै तत्कालका लागि मुआब्जा वितरण प्रक्रिया रोकिएको थियो । 

“बूढीगण्डकी किन तीव्र गतिमा निर्माण भएन भनेर म कसैलाई दोष दिन्न” गोरखाका प्रमुख जिल्ला अधिकारी नारायण भट्टले भन्नुभयो, “हाम्रो ९सरकारको० अर्कमण्यताले जनताले दुःख पाए ।” एक साता गृहकार्य गर्ने हो भने प्रभावित क्षेत्रमा मुआब्जा वितरण गर्न सकिने उहाँको भनाइ छ । 

बूढीगण्डकी आयोजना विकास समितिमार्फत वा कम्पनीमार्फत कुन नमुनाबाट अघि बढ्ने टुङ्गो लागेको छैन । मुआब्जा बाँड्न बजेट आएको भए पनि वितरण नहुँदा फिर्ता गएको थियो । आयोजनाबारे अन्योलता हटाउन बूढीगण्डकी विकास समितिको पहलमा तथा जिल्ला प्रशासन कार्यालयलगायतको संयोजनमा पटक पटक बैठक बसेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिले सहकारी क्षेत्रमा देखिएको समस्याका बारेमा चासो व्यक्त गरे गुल्मीमा एक मजदुरको मृत्यु अन्तर्राष्ट्रिय जुडो प्रतियोगिता बिहीबारदेखि हुने शिक्षकका मागबारे अर्थ र गृह मन्त्रीसँग शिक्षामन्त्री भट्टराईको छलफल कडा आन्दोलन गर्ने लघुवित्त तथा सहकारी पीडितको चेतावनी प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाए त्रिवि उपकुलपतिको जिम्मेवारी प्राडा खड्ग केसीलाई काङ्ग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलायो काठमाडौँ उपत्यकामा हल्का वर्षा दीपक खड्काले शिक्षकका मागप्रति सरकार गम्भीर रहेको बताए आज सेयर बजारमा साढे २६ अङ्कको वृद्धि नेपालमा मातृ तथा शिशु मृत्युदर शून्यमै झार्ने लक्ष्यका साथ निरन्तर रुपमा अघि बढ्नुपर्ने : प्रदीप पौडेल आज १४ औँ दिन पनि शिक्षकहरुको प्रदर्शन जारी मलेसियाका पूर्वप्रधानमन्त्री अब्दुल्लाह अहमद बदावीको निधन भक्तपुरमा सिन्दूर जात्रा मनाइयो सुनसरीका विभिन्न स्थानमा सिरुवा मेला लाग्न सुरु जनताका समस्या समाधानतर्फ लाग्नुपर्नेमा महामन्त्री थापाको जोड बूढीगण्डकी जलविद्युत् आयोजना प्रभावितका लागि मुआब्जा निर्धारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ किलो ९७० ग्राम गाँजासहित एक जना पक्राउ माओवादी केन्द्रको जागरण अभियान नवलपुरबाट पुनः सुरु