सन्तोषकुमार गुप्ता । भदौ ११, देउखुरी । राप्ती नदीलाई सिमाना नभई साझा आम्दानीको स्रोत हुने "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सन्तोषकुमार गुप्ता । भदौ ११, देउखुरी । राप्ती नदीलाई सिमाना नभई साझा आम्दानीको स्रोत हुने "/>

२ बैशाख २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

राप्ती नदीलाई सिमाना नभई साझा बनाएर गाउँपालिका बनाउन माग

११ भाद्र २०७३, शनिबार ०१:२७


सन्तोषकुमार गुप्ता । भदौ ११, देउखुरी । राप्ती नदीलाई सिमाना नभई साझा आम्दानीको स्रोत हुने गरी देउखुरी क्षेत्रको स्थानिय तहको पुर्नसंरचना गर्नु पर्ने बुधबार देउखुरीको गोबरडिहा गाविस कार्यालयमा आयोजित एक कार्यक्रमका बक्ताले जोड दिएका छन् । स्थानिय संबाद समिती देउखुरीले आयोजना गरेको स्थानीय तहको पुर्नसंरचना निर्माण विषयमा प्रमुख राजनितिक दलका प्रतिनिधि, समाजसेवी तथा बुद्धिजिवीहरु बीच भएको सर्वदलीय, सर्वपक्षीय वृहत छलफल कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन् । 

उनीहरुले राप्ती नदीलाई साध बनाएर सदाका लागि झगडाको बीउ नरोपौँ बरु देउखुरीको उत्तरी र दक्षिण भु—भाग जोड्ने गरी गाउँपालिका तथा नगरपालिका बनाउन माग समेत गरेका छन् । उनीहरुले देउखुरीको सिसहनियाँ, लालमटिया, गोवरडिहा र हाँसीपुर गाविसको आर्थिक भौतिक, समाजिक, भौगोलिक र सांस्कृतिक रुपमा पहिले देखि नै अटुट सम्बन्ध रहेकोले कुनै पनि हालतमा यी चार गाविसलाई विभाजन नगरी गाउँपालिकाको रुपमा सिमाङ्कन गर्न माग समेत गरेका छन् । गोबरडिहाको बड्हरा र लालमटियाको खुरुरीया जोड्ने राप्ती नदीमा थप एक झुलुङ्ग तथा सिसहनियाँको छोट्की सिसहनियाँ र गोबरडिहाको महदेवा जोड्ने राप्ती नदीमा थप एक पक्की पुल बन्न लागेको हुँदा तीन गाविसलाई रिङ्गरोडको विकास अवधारणा लागु भईसकेको अवस्थामा देशकै नमुना गाउँपालिका बनाउने सकिने भएकाले कुनै पनि हालतमा पुर्वी राप्तीवारी तथा दक्र्षिण तथा राप्तीपारिको गाविसलाई मिलाएर गाउँपालिका बनाउनुको बिकल्प नरहेकोमा समेत जोड दिए ।

सम्बाद समितीका अध्यक्ष नुमानन्द सुवेदीको अध्यक्षतामा भएको सर्वदलिय, सर्वपक्षीय छलफल कार्यक्रमले देउखुरीको लालमटिया, सिसहनियाँ, गोबरडिहा, गंगापरस्पुर, सोनपुर र चैलाहीलाई मिलाई स्थानिय पुर्नसंरचना प्राविधिक सहयोग समिती दाङले नगरपालिका बनाउने गरी सिफारिस गरी पठाएमा कुनै पनि हालतमा यी चार वटै गाविस नगरपालिकामा नजाने भन्दै सहभागी चार गाविसका राजनितिक दलका प्रतिनिधिहरुले आपत्ति प्रकट गरेको छ । छलफलले नगरपालिकाको बिरोद्ध गदै लालमटिया, सिसहनियाँ, गोबरडिहा र हाँसीपुर गाविसलाई समेटी गाउँपालिका बनाउने गरी सर्वसम्मत निर्णय गर्नुका साथै उक्त गाउँपालिका निर्माणका लागि सम्बन्धित निकायहरुमा आवश्यक पहल गर्ने निर्णय समेत गरेको छ । छलफलमा गोबरडिहा गाविसका तर्फबाट प्रमुख राजनितिक दलका प्रमुखहरु नेपाली काँग्रेसका दामोदर रेग्मी, नेकपा एमालेका देवीलाल थारुकुमाल, राष्ट्रिय जनमोर्चाका नवराज शर्मा, थरुहट तराई पार्टीका शनिराम चौधरी, संघीय लोकतान्त्रिक मञ्च थरुहटका श्यामकिशोर चौधरी, राप्रपाका हरिदत्त शर्मा र गोबरडिहा गाविसका निवर्तमान अध्यक्ष सहजराम यादवले सयुक्त रुपमा हस्ताक्षण गरी गाउँपालिकामा जाने सहमति जनाएका हुन् ।     


गोबरडिहा गाविसका निवर्तमान अध्यक्ष सहजराम यादवको स्वागत तथा बिषय प्रबेशबाट शुरु भएको बृहत्त छलफल कार्यक्रममा लालमटिया, सिसहनियाँ, गोबरडिहा र हाँसीपुर गाविसका प्रमुख राजनितिकका प्रमुख प्रतिनिधि, समाजसेवी, बुद्धिजिवी र पत्रकारहरु सहित दुई दर्जन बढी सहभागीहरुले आफ्नो धारण व्यक्त गरेका थिए । छलफल कार्यक्रमको सहर्जीकरण संम्बाद समितीका सदस्य नवराज शर्माले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिले सहकारी क्षेत्रमा देखिएको समस्याका बारेमा चासो व्यक्त गरे गुल्मीमा एक मजदुरको मृत्यु अन्तर्राष्ट्रिय जुडो प्रतियोगिता बिहीबारदेखि हुने शिक्षकका मागबारे अर्थ र गृह मन्त्रीसँग शिक्षामन्त्री भट्टराईको छलफल कडा आन्दोलन गर्ने लघुवित्त तथा सहकारी पीडितको चेतावनी प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाए त्रिवि उपकुलपतिको जिम्मेवारी प्राडा खड्ग केसीलाई काङ्ग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलायो काठमाडौँ उपत्यकामा हल्का वर्षा दीपक खड्काले शिक्षकका मागप्रति सरकार गम्भीर रहेको बताए आज सेयर बजारमा साढे २६ अङ्कको वृद्धि नेपालमा मातृ तथा शिशु मृत्युदर शून्यमै झार्ने लक्ष्यका साथ निरन्तर रुपमा अघि बढ्नुपर्ने : प्रदीप पौडेल आज १४ औँ दिन पनि शिक्षकहरुको प्रदर्शन जारी मलेसियाका पूर्वप्रधानमन्त्री अब्दुल्लाह अहमद बदावीको निधन भक्तपुरमा सिन्दूर जात्रा मनाइयो सुनसरीका विभिन्न स्थानमा सिरुवा मेला लाग्न सुरु जनताका समस्या समाधानतर्फ लाग्नुपर्नेमा महामन्त्री थापाको जोड बूढीगण्डकी जलविद्युत् आयोजना प्रभावितका लागि मुआब्जा निर्धारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ किलो ९७० ग्राम गाँजासहित एक जना पक्राउ माओवादी केन्द्रको जागरण अभियान नवलपुरबाट पुनः सुरु