३० चैत्र २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बेनी–जोमसोम खण्डमा धमाधम पक्की पुल बन्दै

२९ माघ २०७८, शनिबार ०७:२०

माघ २९, बेनी । कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडकमा कालीगण्डकी नदी र यसका सहायक नदीमा धमाधम मोटरेबल पुल निर्माण हुन थालेका छन् । केही वर्षअघिसम्म बेलीब्रिज र खोलाबाटै सवारी वारपार गर्दै यात्रा गर्नुपर्ने भए पनि अहिले भने धमाधम पक्की पुल बनेपछि आवतजावत सहज बन्दै गएको छ । कालोपत्रसहित स्तरोन्नतिको काम अघि बढिरहेको सन्दर्भमा पक्की पुलसमेत निर्माण हुन थालेपछि बेनी–जोमसोम सडकखण्डको जोखिमपूर्ण अवस्था न्यूनीकरण हुँदै गएको छ ।

सडकखण्डअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिकास्थित पोखरेबगर र महभिरमा मोटरेबल पुल निर्माण सम्पन्न भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखगरेबगरस्थित वडा नं २ र ६ को सिमानामा कालीगण्डकी नदीमा भौतिक योजना तथा यातायात मन्त्रालयअन्तर्गत पुल महाशाखाको पश्चिम क्षेत्र सेक्टर कार्यालयमार्फत ठेक्का लगाएर ७० मिटर लामो ११ मिटर चौडाइ भएको पक्की पुल निर्माण भएको छ ।

भ्याटसहित रु आठ करोड २४ लाखमा ठेक्का लिएको हिम–सगरमाथा–डाँफे–बज्रगुरु जेभीले कोरोना महामारीलगायतका कारण समयसीमाभन्दा केही थप समय लिएर पुल निर्माण सम्पन्न गरेको विभागका पश्चिम सेक्टर कार्यालयका इञ्जीनियर आशिक रिजालले जानकारी दिनुभयो । कोरोना महामारी, बाढीपहिरालगायत कारण निर्धारित समयमा सम्पन्न नभएपछि गत वर्ष पुस मसान्त २०७८ सम्म सम्पन्न गर्ने गरी एक वर्षको म्याद थप गरिएको थियो ।

यसअघि महभिरस्थित अन्नपूर्ण–७ र रघुगङ्गा गाउँपालिका–१ तिप्ल्याङ जोड्ने गरी कालीगण्डकी नदीमा समेत पक्की पुल निर्माण भइसकेको छ । ८० मिटर लामो र ११ मिटर चौडाइ भएको यो मोटरेबल पुल भ्याटसहित रु नौ करोड नौ लाखमा ठेक्का सम्झौता भएर काम गरिएको विभागले जनाएको छ । गत असोजमा नै काम सम्पन्न गरी हाल पुलमा यातायात सञ्चालन हुँदै आएको छ ।

पोखरेबगर र महभिरस्थित कालीगण्डकी नदीमा दुईवटा मोटरेबल पुल निर्माणका लागि विसं २०७४ फागुनमा हिम–सगरमाथा–डाँफे–बज्रगुरु जेभीले ठेक्का लिएको थियो । एघार–एघार मिटर फराकिलो दुईवटै पुल निर्माणका लागि ठेकेदार आफैँले डिजाइनसमेत गरी पुल निर्माण गरेको हो । विसं २०६४ मा मार्ग खुलेको बेनी–जोमसोम सडकको महभिर र पोखरेबगरमा यसअघि फलामको बेलीब्रिजबाट सवारीसाधन वारपार गर्दै आएका थिए । दुई वर्षको ठेक्का अवधि भए पनि कोरोना महामारी, निषेधाज्ञा र बाढी पहिराका कारण निर्माणको समय एक वर्षपछि धकेलिए पनि सरकारले थप गरेको समयसीमाभित्रै पुल निर्माणको काम सकिएको निर्माण कम्पनीले जनाएको छ ।

गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत बेनीबाट कोरला नाका जोड्ने सडकमा नौवटा मोटर चल्ने पुल निर्माण सम्पन्न भएका छन् । एक सय ८६ किलोमिटर दूरीको बेनी–जोमसोम–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत थप १२ वटा पुल निर्माणाधीन रहेको आयोजना प्रमुख जगत् प्रजापतिले जानकारी दिनुभयो । उहाँका अनुसार थप पाँच ठाउँमा पुल निर्माणको लागि प्रस्ताव गरिएको छ ।

यी खोलामा बने पुल

आयोजनाअन्तर्गत म्याग्दी खण्डको रघुगङ्गा नदीमा ४० मिटरको पुल निर्माण सम्पन्न भएको छ । यो पुल रु छ करोड ८७ लाखमा शर्मा गजुरमुखीले ठेक्का लिएर सम्पन्न गरेको हो । त्यस्तै अन्नपूर्ण गाउँपालिका– ३ स्थित दानाको घट्टेखोलामा रु पाँच करोड ८७ लाख लागतमा ४० मिटरको पुल निर्माण भएको छ । मुस्ताङ खण्डमा लेतेखोलामा पुल निर्माण सम्पन्न भएको छ । 

गजुरमुखीले रु ४० करोड २० लाखमा ठेक्का लिएर पुल निर्माण सम्पन्न गरेकोे छ । त्यस्तै मुस्ताङको घरपझोङ गाउँपालिकाको स्याङखोलामा ११५ मिटर लामो मोटरेबल पुल मुक्तिनाथ श्री गीता जेभी कम्पनीले रु १० करोड ५२ लाख लागतमा निर्माण सम्पन्न गरेको छ । पाण्डाखोलामा ५० मिटरको पुल रु चार करोड ३७ लाखमा निर्माण सम्पन्न गरेको छ । कागबेनीमा २५ मिटरको पुल गलुवा रफिना जेभी कम्पनीले पुल निर्माण सम्पन्न गरेको छ ।

बेगखोलामा पुल निर्माण सुरु

बेनी–जोमसोम–कोरला सडकअन्तर्गत नै म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगखोलामा पक्की पुल निर्माण सुरु भएको छ । सडक विभागको पुल महाशाखाले ७० मिटर लामो डबल स्पाम भएको पुल निर्माण सुरु गरेको हो । विसं २०८० चैतमा सम्पन्न गर्ने सम्झौतासहित विसं २०७८ असार २९ गते  बिओकेआइ–हिमालयन जेभीले भ्याटसहित रु आठ करोड ३० लाख ६८ लाख ४७३ मा ठेक्का सम्झौता भएको विभागका इञ्जीनियर रिजालले जानकारी दिनुभयो । 

बेलीब्रिजसमेत बाढीले बगाएको बेगखोलामा पुल निर्माण गर्न निर्माण व्यवसायीले नै पुलको डिजाइन आफैँ गर्ने गरी ठेक्का सम्झौतामा भएको छ । बेगखोलामा पुल बगाएपछि म्याग्दीको रघुगङ्गा गाउँपालिका–१, अन्नपूर्ण गाउँपालिका र सिङ्गो मुस्ताङवासीले निरन्तर सास्ती खेप्दै आएका छन् । पुल निर्माणका लागि पटक–पटक ताकेता गरिएको र कार्यक्षेत्रमा परिचालन भएको निर्माण कम्पनीलाई समेत समयमै काम सक्ने गरी काम अघि बढाउन आग्रह गरिएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर पुनले बताउनुभयो । 

यस सडकखण्डअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानास्थित रुप्से झरनामा आएको बाढी र पहिराका कारण निर्माणाधीन पुल बगाएपछि कुन प्रविधिको प्रयोग गरी कस्तो पुल निर्माण गर्ने भन्ने अझै यकिन भएको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कर्णालीमा हरेक वर्ष बग्छन् करोडौँका काठ काठमाडौँ उपत्यकामा बिहानदेखि हल्का वर्षा नेपाली चलचित्र क्षेत्रका लागि २०८१ समग्रमा सुखद वर्ष नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा भुवनसिंह गुरुङ निर्वाचित युरोप रोजगारको मागपत्र प्रमाणीकरण एक महिनाभित्रै सुरु हुने, व्यक्तिगत श्रमस्वीकृतिमा लगाम लगाइने दाउन्नेमा ट्राफिक व्यवस्थापन गर्न डेढ सय बढी सुरक्षाकर्मी परिचालन गृहमन्त्री लेखकले राजावादीको हिंसात्मक प्रदर्शन घटनामा संलग्नहरूलाई पक्राउ गर्ने क्रम जारी रहेको बताए उत्तरी चीनमा मानिसलाई घरभित्रै बस्न अपिल गरियो, वीरगन्जमा १७ जना बालकको उद्धार विष्णुप्रसाद पौडेलले एमालेलाई कमजोर बनाउने प्रतिक्रियावादीको योजना चिर्नु सबै कार्यकर्ताको दायित्व हो भने राजावादी आन्दोलनका क्रममा भएको क्षतिमध्ये पाँच करोड बराबरको बीमा दाबी दुर्गा प्रसाईंलाई १२ दिन थुनामा राखेर अनुसन्धान गर्ने केपी शर्मा ओलीले राजतन्त्रले जनताका लागि केही नगरेको टिप्पणी गरे उच्च अदालतको आदेश बदर गर्न माग गर्दै रविले हाले सर्वोच्च अदालतमा निवेदन गगन थापाले आन्दोलनरत शिक्षकका केही माग कानून नबनाइ छिट्टै हल गर्न सकिने बताए निर्माण क्षेत्रमा काम गर्ने श्रमिकको निःशुल्क स्वास्थ्य परीक्षण पूर्वराजालाई संसदीय समिति बैठकमा बोलाउनुपर्ने जीवन परियारको माग भृकुटीमण्डपमा दुई-पांग्रे एक्सचेन्ज महोत्सव ‘यामाहा ब्लु फेस्ट’ सुरु सञ्चार तथा सूचना प्रविधिमन्त्रीले संविधान संशोधन, सुशासन र अर्थतन्त्र चलायमान बनाउने काम भइरहेको बताए तीन महिने शिशु बोकेर भागेकी युवती पक्राउ