२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बन्दीपुरमा ‘हिल्स रेसिडेन्स’ बन्दै

२१ फाल्गुन २०७८, शनिबार ०४:१५

फागुन २१, तनहुँ । तनहुँको पुरानो सदरमुकाम बन्दीपुरमा ‘बन्दीपुर हिल्स रेसिडेन्स’ बन्ने भएको छ । 

नेपाली घर प्रालीले बन्दीपुर–२ मा पहिलो पटक आरामदायी उक्त हाउजिङ बनाउन लागेको हो । पर्यटकीय गन्तव्यका रुपमा चर्चित बन्दीपुरमा आवाससँगै घरबास पनि  सञ्चालन गर्न मिल्ने गरी हाउजिङ निर्माण गर्न लागिएको कम्पनीका सञ्चालक आशुतोष प्रधानले जानकारी दिनुभयो ।

नेपाली मौलिकता झल्किने तरिकाले नयाँ तरिकाबाट सेवा प्रदान गर्ने उद्देश्यले हाउजिङ परियोजना ल्याइएको कम्पनीले जनाएको छ । बन्दीपुर बजारभन्दा केही टाढा निर्माण गर्न लागिएको हाउजिङ परियोजनाले थ्रीस्टार होटेलसरहको सेवा र सुविधा प्रदान गर्ने लक्ष्य लिइएको छ । 

पर्यटकीय क्षेत्र भएकाले उक्त घर ‘होमस्टे’का रुपमा पनि प्रयोग गर्न सक्नेछन् । उहाँले भन्नुभयो, “कम्पनीले सात रोपनी जमिनमा १० वटा लक्जरियस हाउजिङ बनाउन लागेको हो ।’’ सम्पूर्ण घर निर्माण गर्दा करिब रु १८ करोड खर्च हुने अनुमान गरेको कम्पनीले त्यहाँका घर चार आना तीन पैसादेखि साँढे १० आनासम्ममा निर्माण गर्ने भएको छ ।  

साढे दुईतल्लाको घर निर्माणमा आधुनिक तथा परम्परागत शैली अपनाइने र त्यहाँ  अन्य हाउजिङमा जस्तै सबै सेवासुविधा उपलब्ध गराइनेछ । दश वटा हाउजिङमध्ये हालसम्ममा पाँच वटा बिक्री भइसकेको कम्पनीका सञ्चालक आशुतोष प्रधानले बताउनुभयो ।  

हाल उक्त हाउजिङ निर्माणका लागि आवश्यक जग्गा मिलाउने  र कित्ताकाटको काम भइरहेको कम्पनीले जनाएको छ । एकैपटक सम्पूर्ण घर निर्माण गरी २०८० को वैशाख १ गतेभित्र घरधनीलाई हस्तान्तरण गर्ने योजनामा कम्पनी छ । 

चार आना तीन पैसामा बन्ने घरको मूल्य रु एक करोड ३० लाख र  अधिकतम मूल्य रु एक करोड ८० लाख निर्धारण गरिएको छ । बढीक्षेत्रफलको जमिनमा बन्ने घरको सोहीअनुसार मूल्य तय हुने बताइएको छ । 

उक्त घरमा भान्सा कोठा, पूजा कोठा, एटेच बाथरुमसहितका पाँच वटा बेडरुम हुनेछन् । नमूना किचन, डाइनिङ र स्टोरका साथै व्यक्तिगत कम्पाउन्ड पनि बनाइने र हाउजिङभित्र चिल्ड्रेन पार्क, स्विमिङ पुल र सम्मेलन कक्ष, पार्किङलगायत सुविधा पनि राखिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान