भदौ १२, रोल्पा । अविरल वर्षापछि आएको पहिरोका कारण रोल्पाभित्र र बाहिर चल्ने अधिकांश यातायातका साधन दुई महिनादेखि चल्न सकेका छैनन् । सदरमुकाम लिवाङ, सुलिचौर, घर्तीगाउँ र दुईखोलीबाट जिल्ला तथा जिल्लाबाहिर यातायातका साधन सञ्चालन हुँदै आएकामा बर्सात्का कारण "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १२, रोल्पा । अविरल वर्षापछि आएको पहिरोका कारण रोल्पाभित्र र बाहिर चल्ने अधिकांश यातायातका साधन दुई महिनादेखि चल्न सकेका छैनन् । सदरमुकाम लिवाङ, सुलिचौर, घर्तीगाउँ र दुईखोलीबाट जिल्ला तथा जिल्लाबाहिर यातायातका साधन सञ्चालन हुँदै आएकामा बर्सात्का कारण "/>
२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रोल्पामा दुई महिनादेखि सडक अवरुद्ध

२०७३, १२ भाद्र आईतवार १०:०१

भदौ १२, रोल्पा । अविरल वर्षापछि आएको पहिरोका कारण रोल्पाभित्र र बाहिर चल्ने अधिकांश यातायातका साधन दुई महिनादेखि चल्न सकेका छैनन् । सदरमुकाम लिवाङ, सुलिचौर, घर्तीगाउँ र दुईखोलीबाट जिल्ला तथा जिल्लाबाहिर यातायातका साधन सञ्चालन हुँदै आएकामा बर्सात्का कारण सो सेवा ठप्प भएको हो । 

जिल्ला सदरमुकामबाट होलेरी हुँदै घोराही जाने सडक तथा पश्चिमतर्फ घर्तीगाउँ, थवाङ, दुईखोली, तालावाङ, मिरुल, वाग्मारा र खरिबोट जाने सडक अवरुद्ध भएको हो । यसैगरी, सहिदमार्ग खण्डको घर्तीगाउँबाट घोराही, काठमाडाँै सञ्चालन हुने रात्रि तथा दिवा सेवासमेत अवरुद्ध भएको छ । सोही खण्डको इरिवाङ दुईखोलीबाट घोराहीको सेवा तथा टिला घोराही सेवासमेत अवरुद्ध भएको छ । 

पूर्वी रोल्पाको सुलिचौरबाट फुलिवन, पोवाङ, गाम, जेल्वाङ, पाङ, सिर्प तथा घोडागाउँखण्ड समेत अवरुद्ध हुँदा  लाखौँ रोल्पालीलाई सास्ती भएको छ । यातायात अवरुद्ध भएपछि व्यवसायीको लगानीमा पूर्वमा सिर्प तथा पश्चिममा लापचनसम्म सामान्य यातायात चल्नेगरी मर्मत गरिएको भएपनि अन्य सडक भने अझैसम्म अवरुद्ध रहेका छन् । 

यसका कारण यात्रु पैदल हिँड्न बाध्य भएका छन् । गाडी नचल्दा एकै दिनमा पुग्न सकिने ठाउँमा समेत यात्रु दुई÷तीन दिन पैदल हिँड्न बाध्य छन् । त्यसमा पनि बिरामी, अशक्त, बालबालिका र वृद्धवृद्धालाई थप समस्या हुने गरेको रोल्पा थबाङकी सृष्टि बुढा बताउनुहुन्छ । 

पैदल हिँड्दा लामो दूरी भएका कारण महिलालाई थप सुरक्षा चुनौती हुने गरेको उहाँ बताउनुहुन्छ । बिरामी ल्याउनु परे त हामीलाई तीन दिन लाग्छ । दुई महिनासम्म सडक अवरुद्ध हुँदा समेत तत्काल मर्मत गर्नुपर्छ भन्ने सोच नभएको तर्फ आक्रोश पोख्नुहुन्छ मिरुल टुटुका किशोर बुढा । सरकारको ध्यान नपुग्नु तथा स्थानीयवासी समेत सोझा सिधा रहेका कारण यस्तो नियति भोग्नु परेको उहाँको थप भनाइ छ । सडक अवरुद्ध हुँदा यातायात व्यवसायी झन् मारमा परेको यातायात व्यवसायी गुनासो गर्छन् । “हाम्रो पेसा यही हो अलि कमाई हुने ठाउँमा बाटो अवरुद्ध भएर गाडी चल्दैन, हामी साह्रै मारमा परेका छौँ”, व्यवसायी खिमबहादुर केसीले भन्नुभयो । 

यसबारे जलजला यातायात व्यवसायी समिति रोल्पाका अध्यक्ष तेजविक्रम रावतसँग प्रतिक्रिया लिँदा जिल्लाभरका विभिन्न सडक अवरुद्ध भएका कारण एकैचोटि मर्मत गर्न समस्या भएको बताउँदै जिल्ला विकास समिति र गाविससँग मर्मतका लागि अनुरोध गरिएको जानकारी दिनुभयो । असोज पहिलो हप्ताभित्र नै बाटो मर्मत भई गाडी सञ्चालन गरिने उहाँले बताउनुभयो । 

यता जिविस रोल्पाका सूचना अधिकृत रामकुमार न्यौपानेले भने मर्का परेका उपभोक्ता बाटो मर्मतका लागि उपभोक्ता समिति गठन गरी बजेट माग गर्न आए जिविसले सहयोग गर्ने बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा