५ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

तनहुँमा दुई वर्षमा सडकको प्रगति १२ प्रतिशत मात्र

४ चैत्र २०७८, शुक्रबार ०७:४९

चैत ४, दमौली । ठेक्का सम्झौता भएर काम नहुँदा अलपत्र बनेको तनहुँको भानु नगरपालिका–१३ स्थित चन्द्रावती ठूल्ढुङ्गा मोटरमार्गको प्रगति दुई वर्षमा १२ प्रतिशत मात्रै भएको छ । विसं २०७६ कात्तिक ४ गते ठेक्का लागेको उक्त सडकको भौतिक प्रगति दुई वर्षमा १२ प्रतिशत मात्रै छ । 

पूर्वाधार विकास कार्यालय तनहुँले मोटरमार्गको दस किमी खण्ड कालोपत्र, नाला निर्माण तथा ग्याबिन जाली भर्ने लगायतका कामका लागि काठमाडाँैस्थित शङ्करमाली कन्स्ट्रक्शनसँग सम्झौता गरेको थियो । निर्माण व्यवसायीको लापरबाहीका कारण मोटरमार्गको काम सुस्त रहेको स्थानीयवासीसमेत रहनुभएका जिल्ला समन्वय समिति तनहुँका प्रवक्ता गलबहादुर गुरुङले बताउनुभयो । 

उक्त मोटरमार्ग कालोपत्रका लागि पूर्वाधार कार्यालयले रु २३ करोड दुई लाख ८० हजारमा ठेक्का सम्झौता गरेको थियो । कार्यालयले निर्माण कम्पनीलाई रु ६ करोड ९१ लाख ८५ हजार निकासा गरिसकेको छ । कार्यालयका अनुसार हालसम्म १२ प्रतिशत भौतिक र ३० प्रतिशत वित्तीय प्रगति भएको छ । समयमा काम सम्पन्न नभएपछि आगामी असार मसान्तसम्म म्याद थप भएको कार्यालयले जनाएको छ । कामको प्रगति हेरेर बाँकी म्याद थपको निर्णय हुने कार्यालयले जानकारी दिएको छ । 

विसं २०४९ मा चन्द्रावतीबाट पोखरीछापसम्म सडकको ट्र्याक खोली सवारीसाधन सञ्चालन हुँदै आएको छ । बर्सातका बेला सडक हिलाम्य हुँदा सर्वसाधारणले सास्ती खेप्दै आएका छन् । 

प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालको पहलमा अलपत्र बनेको उक्त मोटरमार्गको काम सुरु गर्ने सहमति भएको छ । निर्माण व्यवसायीसहित हालै बसेको बैठकले उक्त मोटरमार्गको काम सुरु गर्ने सहमति गरेको हो । 

पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख दिनेशकुमार घिमिरे, इन्जिनियर अमरेन्द्र यादव, धनमाया मिश्र लगायतको उपस्थितिमा भएको बैठकमा निर्माण व्यवसायी डिबी कार्कीले निर्माण कार्यलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 

ठेक्का सम्झौतामा भएअनुसार जनशक्ति ल्याउने, आवश्यक उपकरण परिचालन गरी कार्य अगाडि बढाउने, अबको निर्माण सुरु गरेपछि कार्य प्रगतिका बारेमा निर्माण व्यवसायीले पूर्वाधार कार्यालयलाई मासिक रुपमा जानकारी गराउनुपर्ने र योजना सम्पन्न गर्नका लागि पूर्वाधार कार्यालयले आवश्यक समन्वय गर्ने निर्णय भएको प्रवक्ता गुरुङले जानकारी दिनुभयो । 

सडक कालोपत्र गर्ने काममा ढिलासुस्ती हुँदा यस भेगका स्थानीयवासीले बर्सातमा सास्ती खेप्दै आएका छन् । निर्माण व्यवसायीको लापरबाहीका कारण बर्सातमा हिलो र हिउँदमा धुलोले स्थानीयवासी मर्कामा पर्दै आएको गुरुङले बताउनुभयो । “निर्माण व्यवसायीले हालसम्म १२ प्रतिशत भौतिक प्रगति भएको बताएको छ, तर देखिने गरी केही काम भएको छैन,” उहाँले भन्नुभयो, “निर्माण व्यवसायीले काम अगाडि बढाउँछु भनेर प्रतिबद्धता जनाएकाले केही आशावादी भएका छौँ ।”


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ