प्रकाश बम | भदौ १४, सिलगढी | डोटीको सदरमुकाम सिलगढीमा रहेको भित्री सडकको अवस्था दयनीय बन्दै"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रकाश बम | भदौ १४, सिलगढी | डोटीको सदरमुकाम सिलगढीमा रहेको भित्री सडकको अवस्था दयनीय बन्दै"/>

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नगर भित्रकै सडकको कन्तविजोग, दलका पार्टी कार्यालय अगाडी नै भ्वाँङ

२०७३, १४ भाद्र मंगलवार १६:०९


प्रकाश बम | भदौ १४, सिलगढी | डोटीको सदरमुकाम सिलगढीमा रहेको भित्री सडकको अवस्था दयनीय बन्दै गएको छ । सदरमुकामको मूल आवत–जावत गर्ने सडकको दुरावस्थाबारे सम्बन्धित निकाय भने मौन रहेकामा स्थानीयले आपत्ति जनाएका छन् । 

सो सडकमा अहिले सवारी साधन त परै जाओस् मान्छेलाई समेत ओहोर–दोहोरमा समस्या भएको सिलगढीका सन्तोष बहादुर सिँहले बताए । जिल्लाको समग्र विकासका लागि बरदारी गर्ने राजनीतिक पार्टीका नेता तथा कार्यकर्ता सोही कन्तविजोग भएको बाटो नै हिँड्छन् । राजनीतिक दलकै पार्टी कार्यालय अगाडी सडकमा भ्वाँङ परेका छन् ।

जिल्ला विकास समिति र जिल्ला प्रशासन कार्यालय तथा नगरपालिकाको कार्यालयमा समेत यही छ, तर सडक विग्रिएकोबारे कसैको  ध्यान गएको छैन ।

विगत लामो समय देखि सिलगढीको मूल सडक जीर्ण बनेको छ । मर्मत तथा स्तरोन्नतीमा कसैले चासो नदेखाएको दिपायल सिलगढी नगरपालिका –१ मा त्रिवेणी होटल संचालन गर्दै आएका निरज बोहराले बताए । उनले भने, ‘सडक बिग्रिएकाले सवारीसाधन ओहोर–दोहोर गर्न समस्या छ, त्यसैले अहिले ग्राहक आउनै छाडेका छन् ।’ व्यापार सुक्दै गएको छ ।


सडकमा जता ततै आल्डा खुल्डी परेका छन् । जहाँ पैदल हिड्नै समस्या भइरहेको छ । बाहिबाट आउने पाउनाले स्थानीय प्रशासन र नागरिकको खिसी गर्दछन् । प्रसिद्ध मन्दिर शैलेश्वरी देखि नाचन्थली सम्मको सडकको कन्तविजोग भएको छ ।  खानेपानीका पाइप सडकमै विच्छ्याएकाले समेत सडकको बेहाल भएको बताइन्छ ।

घरको धारामा पानि नआए उपभोक्ताले सडक खन्ने तर, त्यो ठाउँमा मर्मत नहुनुले बजार नै कुरुप भएको छ । बाहिरबाट आउने पाहुनाले बजारको मूल सडकमै सवारी छोडेर गन्तव्यमा हिँड्दै जानु पर्ने र दुर्घटनाको शिकार बन्नु पर्ने अवस्था सिर्जना भएको छ ।

बाटोघाटो निर्माणको जिम्मा पाएको दिपायल सिलगढी नगरपालिकाका निमित्त प्रमुख रमेश चन्द्र जोशीले सयौँ पटक बाटो मर्मत गरे पनि ठेकेदार र उपभोक्ता समितिको लापर्वाहीका कारण यस्तो अवस्था सिर्जना भएको बताए ।

मर्मतका लागि सदरमुकामको सडकमा धेरै खर्च भै सक्यो तर गुणस्तर आउन सकेन, उनले भने, ‘गतिलो काम हुन नसकेकोप्रति मलाई साह्रै दुःख लागेको छ । एकै ठाउँमा सयौं पटक काम कति गर्ने अरु ठाउँमा पनि सडक मर्मत गर्नु पर्छ ।’ तर, स्टिमेट बनाउने काम अघि बढिसकेको र कार्यकारी अधिकृत आएपछि लगत्तै काम थाल्ने समेत निमिक्त प्रमुख जोशीले बताए ।

सदरमुकामको सोही बाटो भएर पर्यटकहरु डोटीको प्रसिद्ध मन्दिर शैलेश्वरी र खप्तड घुम्नका आउने गर्दछन् । दिनहुँ सबैको नजर पर्ने सडकको दुरावस्थाले नगरबासीलाई लज्जित बनाएको छ । अर्को अर्थमा नगर भनेको शहर भन्ने बुझिन्छ । तर, यहाँ नगरभित्रै विकासको हविगत ग्रामीण भेक भन्दा कमजोर देखिएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा