नन्दराम जैशी | भदौ २७, जुम्ला | जुम्ला चन्दननाथ नगरपालिका ७ का गोर्ख बहादुर सुनारको औजार ब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नन्दराम जैशी | भदौ २७, जुम्ला | जुम्ला चन्दननाथ नगरपालिका ७ का गोर्ख बहादुर सुनारको औजार ब"/>

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

ब्यवसायि तथा राजनितिज्ञ सुनारको पेशा फस्टाउदै

२०७३, २७ भाद्र सोमबार १४:२९


नन्दराम जैशी | भदौ २७, जुम्ला | जुम्ला चन्दननाथ नगरपालिका ७ का गोर्ख बहादुर सुनारको औजार बनाउने पेशा फस्टाउदै गएको छ । अन्य कुनै पेशा नअपनाएका ब्यवसायि तथा राजनितिज्ञ सुनारको औजार बनाउने पेशा कडा मेहनत र निरन्तरको लगानिले फस्टाउदै गएको हो । राप्रपा जुम्लाका सदस्य रहनु भएका सुनारले गाँउमा आफै रोजगारीको खोजि गर्न सके विदेशिनु पर्दैन भन्ने उदाहरण पनि देखाउनु भएको छ ।   

देशमा उचित रोजगारीको अवसर नभएको भन्र्दै आफै रोजगारीको खोजि गर्न नसकेएर युवा युवतिहरु विदेशिने क्रम बढि रहेका बेला सुनारले गाँउमै रोजगारीको खोजिगरी विदेशिनेका लागि चुनौति दिनु भएको छ । उहाले गाँउमा सुखमति औजार उद्योग संचालन गरी हाल विभिन्न प्रकारका औजारहरु निर्माण गर्दे आउनु भएको छ । सामान्य लागतमा ब्यवसाय शुरु गर्नु भएका राजनितिज्ञ सुनारले अहिले विभिन्न देवि देवताका मुर्तिका साथै खुकुरी, खुडाँ, चुलेसि, दाउ, डालेआँसि, घाासकाट्ने आँसि, कुटो, कोदालो लगाएतका औजारहरु गाँउमै स्थानिय स्रोत साधानको प्रयोग गरी बनाउदै आउनु भएको छ ।

स्थानिय औजार बनाउने पेशा ओझेलमा परेको समयमा सुनारले यस पेशालाइ गाँउमा एक फरक पहिचानले चिनाउनु भएको छ । रेडियोसँगको कुराकानिमा उहाले विगत ६ बर्ष यता यस पेशामा आबद्ध भएको जानकारी दिदै पेशाबाट आफु सन्तुष्ट भएको बताउनुभयो । उहाले भन्नुभयो, म यस पेशामा आबद्धभएदेखि खुसि छु, आफ्नो पेशादेखि आफै गौरब गर्छु, काममा बसेको दिन कम्तीमा पनि २ हजार रुपैया कमाइ हुन्छ । औजार बनाएर विक्रि बितरण गर्दै आउनुभएका सुनारले यस पेशाबाट आफ्नो ४ जनाको परीवार खुसि र सुखिले राख्न सफल हुनुभएको छ ।

औजार बनाएरै कमाएको पैशाले घरपरीवारको पालन पोषण र बालबच्चाको पठन पाठनमा खर्च गर्ने गरेको उहाको भनाइ छ । राजनितिले भोको भेट नभरीने भन्दै सबैले केहि न केहि पेशा गर्नु जरुरी रहेको उहाले तर्क गर्नुभयो । गााउमै रहेको संभावनालाइ उजागर गर्दै ब्यवसायिक पेशामा आबद्ध भएमा कसैले विदेशिनु नपर्ने उहाको भनाइ छ । सुनारले भन्नुभयो, हरेक बर्ष लाखौं युवा रोजगारको सिलसिलामा विदेशिनाले कर्णाली क्षेत्रका संभावना तथा कृषिसँगै अन्य पेशा जोखिममा परेका छन्, कर्णालीमा कृषि व्यवसाय गर्न युवा शक्तिको आवश्यकता पर्दछ ।

युवा जमात विदेश पलायन हुनाले गाउँमा अहिले कृषि कार्य जनशक्तिको अभाव छ । हिजो आज गाउँघर सुनसान जसो छन् । गाउँघरमा बुढापाका बाआमा, महिला दिदी बहिनी र स–साना वालबच्चा मात्र देखिन्छन् । गाउँमा युवाशक्ति नहुँदा मर्दापर्दा समेत गाह्रो साह्रो परिरहेको छ, औजार ब्यवसायि तथा राजनितिज्ञ सुनारले बताउनुभयो ।   

मुलुकमा बढ्दो बेरोजगारीे समस्या, नेपाल र विदेशमा तलबमान फरक हुनु, राजनीतीक अस्थिरता रहनु र बढ्दो महँगी लगायतका कारण युवाजनशक्ति विदेश पलायन हुदै गएको उहाको भनाइ छ । हाल युवा जनशक्ति कामको खोजीमा मलेसिया, खाडी मुलुक लगायतका देशहरुमा जाने गरेको सरकारी तथ्याङकहरुले देखाउँछन् । तर देशभित्रै रोजगारी सिर्जना गर्नेबारे भने खासै काम भएको देखिँदैन । नेपालको श्रम बजारमा बर्षेनी कामको खोजीमा आउने अनुमानित पाँच लाख युवामध्ये झण्डै चार लाख विदेश जाने भएकाले पनि देशभित्रै रोजगारी सिर्जना गर्न सरकार तथा राजनीतिक नेतृत्वमाथि खासै दबाब नपरेको सुनारले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा