नन्दराम जैशी | भदौ २७, जुम्ला | जुम्ला चन्दननाथ नगरपालिका ७ का गोर्ख बहादुर सुनारको औजार ब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नन्दराम जैशी | भदौ २७, जुम्ला | जुम्ला चन्दननाथ नगरपालिका ७ का गोर्ख बहादुर सुनारको औजार ब"/>

२ बैशाख २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

ब्यवसायि तथा राजनितिज्ञ सुनारको पेशा फस्टाउदै

२७ भाद्र २०७३, सोमबार १४:२९


नन्दराम जैशी | भदौ २७, जुम्ला | जुम्ला चन्दननाथ नगरपालिका ७ का गोर्ख बहादुर सुनारको औजार बनाउने पेशा फस्टाउदै गएको छ । अन्य कुनै पेशा नअपनाएका ब्यवसायि तथा राजनितिज्ञ सुनारको औजार बनाउने पेशा कडा मेहनत र निरन्तरको लगानिले फस्टाउदै गएको हो । राप्रपा जुम्लाका सदस्य रहनु भएका सुनारले गाँउमा आफै रोजगारीको खोजि गर्न सके विदेशिनु पर्दैन भन्ने उदाहरण पनि देखाउनु भएको छ ।   

देशमा उचित रोजगारीको अवसर नभएको भन्र्दै आफै रोजगारीको खोजि गर्न नसकेएर युवा युवतिहरु विदेशिने क्रम बढि रहेका बेला सुनारले गाँउमै रोजगारीको खोजिगरी विदेशिनेका लागि चुनौति दिनु भएको छ । उहाले गाँउमा सुखमति औजार उद्योग संचालन गरी हाल विभिन्न प्रकारका औजारहरु निर्माण गर्दे आउनु भएको छ । सामान्य लागतमा ब्यवसाय शुरु गर्नु भएका राजनितिज्ञ सुनारले अहिले विभिन्न देवि देवताका मुर्तिका साथै खुकुरी, खुडाँ, चुलेसि, दाउ, डालेआँसि, घाासकाट्ने आँसि, कुटो, कोदालो लगाएतका औजारहरु गाँउमै स्थानिय स्रोत साधानको प्रयोग गरी बनाउदै आउनु भएको छ ।

स्थानिय औजार बनाउने पेशा ओझेलमा परेको समयमा सुनारले यस पेशालाइ गाँउमा एक फरक पहिचानले चिनाउनु भएको छ । रेडियोसँगको कुराकानिमा उहाले विगत ६ बर्ष यता यस पेशामा आबद्ध भएको जानकारी दिदै पेशाबाट आफु सन्तुष्ट भएको बताउनुभयो । उहाले भन्नुभयो, म यस पेशामा आबद्धभएदेखि खुसि छु, आफ्नो पेशादेखि आफै गौरब गर्छु, काममा बसेको दिन कम्तीमा पनि २ हजार रुपैया कमाइ हुन्छ । औजार बनाएर विक्रि बितरण गर्दै आउनुभएका सुनारले यस पेशाबाट आफ्नो ४ जनाको परीवार खुसि र सुखिले राख्न सफल हुनुभएको छ ।

औजार बनाएरै कमाएको पैशाले घरपरीवारको पालन पोषण र बालबच्चाको पठन पाठनमा खर्च गर्ने गरेको उहाको भनाइ छ । राजनितिले भोको भेट नभरीने भन्दै सबैले केहि न केहि पेशा गर्नु जरुरी रहेको उहाले तर्क गर्नुभयो । गााउमै रहेको संभावनालाइ उजागर गर्दै ब्यवसायिक पेशामा आबद्ध भएमा कसैले विदेशिनु नपर्ने उहाको भनाइ छ । सुनारले भन्नुभयो, हरेक बर्ष लाखौं युवा रोजगारको सिलसिलामा विदेशिनाले कर्णाली क्षेत्रका संभावना तथा कृषिसँगै अन्य पेशा जोखिममा परेका छन्, कर्णालीमा कृषि व्यवसाय गर्न युवा शक्तिको आवश्यकता पर्दछ ।

युवा जमात विदेश पलायन हुनाले गाउँमा अहिले कृषि कार्य जनशक्तिको अभाव छ । हिजो आज गाउँघर सुनसान जसो छन् । गाउँघरमा बुढापाका बाआमा, महिला दिदी बहिनी र स–साना वालबच्चा मात्र देखिन्छन् । गाउँमा युवाशक्ति नहुँदा मर्दापर्दा समेत गाह्रो साह्रो परिरहेको छ, औजार ब्यवसायि तथा राजनितिज्ञ सुनारले बताउनुभयो ।   

मुलुकमा बढ्दो बेरोजगारीे समस्या, नेपाल र विदेशमा तलबमान फरक हुनु, राजनीतीक अस्थिरता रहनु र बढ्दो महँगी लगायतका कारण युवाजनशक्ति विदेश पलायन हुदै गएको उहाको भनाइ छ । हाल युवा जनशक्ति कामको खोजीमा मलेसिया, खाडी मुलुक लगायतका देशहरुमा जाने गरेको सरकारी तथ्याङकहरुले देखाउँछन् । तर देशभित्रै रोजगारी सिर्जना गर्नेबारे भने खासै काम भएको देखिँदैन । नेपालको श्रम बजारमा बर्षेनी कामको खोजीमा आउने अनुमानित पाँच लाख युवामध्ये झण्डै चार लाख विदेश जाने भएकाले पनि देशभित्रै रोजगारी सिर्जना गर्न सरकार तथा राजनीतिक नेतृत्वमाथि खासै दबाब नपरेको सुनारले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिले सहकारी क्षेत्रमा देखिएको समस्याका बारेमा चासो व्यक्त गरे गुल्मीमा एक मजदुरको मृत्यु अन्तर्राष्ट्रिय जुडो प्रतियोगिता बिहीबारदेखि हुने शिक्षकका मागबारे अर्थ र गृह मन्त्रीसँग शिक्षामन्त्री भट्टराईको छलफल कडा आन्दोलन गर्ने लघुवित्त तथा सहकारी पीडितको चेतावनी प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाए त्रिवि उपकुलपतिको जिम्मेवारी प्राडा खड्ग केसीलाई काङ्ग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलायो काठमाडौँ उपत्यकामा हल्का वर्षा दीपक खड्काले शिक्षकका मागप्रति सरकार गम्भीर रहेको बताए आज सेयर बजारमा साढे २६ अङ्कको वृद्धि नेपालमा मातृ तथा शिशु मृत्युदर शून्यमै झार्ने लक्ष्यका साथ निरन्तर रुपमा अघि बढ्नुपर्ने : प्रदीप पौडेल आज १४ औँ दिन पनि शिक्षकहरुको प्रदर्शन जारी मलेसियाका पूर्वप्रधानमन्त्री अब्दुल्लाह अहमद बदावीको निधन भक्तपुरमा सिन्दूर जात्रा मनाइयो सुनसरीका विभिन्न स्थानमा सिरुवा मेला लाग्न सुरु जनताका समस्या समाधानतर्फ लाग्नुपर्नेमा महामन्त्री थापाको जोड बूढीगण्डकी जलविद्युत् आयोजना प्रभावितका लागि मुआब्जा निर्धारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ किलो ९७० ग्राम गाँजासहित एक जना पक्राउ माओवादी केन्द्रको जागरण अभियान नवलपुरबाट पुनः सुरु