२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बागलुङमा ‘लिफ्ट’ प्रणालीको खानेपानी आयोजना बन्दै

२८ भाद्र २०७३, मंगलवार ०७:१५

भदौ २८, बागलुङ । जिल्लाको नारायणस्थान गाविसमा ‘लिफ्ट’ प्रणालीको खानेपानी आयोजना निर्माण सुरु भएको छ । 

सरकार र उपभोक्ताको लगानीमा बन्न लागेको ‘बलेवा नारायस्थान सहलगानी खानेपानी आयोजना’बाट त्यस क्षेत्रका एक हजार २५ घरधुरी प्रत्यक्ष लाभान्वित हुनेछन् । रु १० करोड ५५ लाख ७७ हजारको लागतमा बन्ने आयोजना निर्माणको जिम्मा वसन्त एण्ड चन्द कन्स्ट्रक्सन ललितपुरले लिएको छ । 

कालीगण्डकी नदीबाट विद्युतीय ऊर्जामार्फत ‘लिफ्टिङ’ गरी ३२० मिटर माथि रहेको ट्याङ्कीमा पानी पु¥याइनेछ । दुई लाख लिटर क्षमताको सो ट्याङ्कीबाट उपभोक्ताकहाँ पानी वितरण गरिने खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख पूर्णप्रसाद उपाध्यायले जानकारी दिनुभयो । 

सरकारको ७० प्रतिशत, स्थानीय उपभोक्ताको १० र बाँकी २० प्रतिशत जनश्रमदानबाट रकम जुटाइने उपाध्यायले बताउनुभयो । “सहलगानीको अवधारणाबाट आयोजना निर्माण हुन लागेको हो,” उहाँले भन्नुभयो । ‘लिफ्ट’ प्रणालीबाट बन्न लागेको यो जिल्लाकै पहिलो ठूलो आयोजना हो । 

बस्तीदेखि तल रहेको मुहानबाट खानेपानी वितरण गर्न यो प्रविधि लाभदायी मानिएको छ । जिल्लाका अन्य ठाउँमा पनि सौर्य ऊर्जा प्रयोग गरेर यस्तै प्रविधिबाट खानेपानी वितरण गरिएको छ । आयोजना बनेपछि बलेवा क्षेत्रका करिब पाँच हजार घरधुरी लाभान्वित हुने आयोजनाका अध्यक्ष चक्रबहादुर खत्रीले बताउनुभयो । विसं २०७४ मङ्सिरसम्ममा आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ । 

आयोजना क्षेत्रमा पानी परीक्षण प्रयोगशाला, कार्यालय भवनसँगै २० वटा ‘भल्व च्याम्बर’ निर्माण गरिनेछ । हालसम्म आयोजनामा ‘आरसिसी ग्राउन्ड’ निर्माणका लागि रु ५७ हजार खर्च भइसकेको र चालु आवका लागि रु ४० हजार विनियोजन भएको डिभिजन कार्यालयले जनाएको छ । 

यस्तै प्रकृतिको आयोजना यहाँको प्रसिद्ध कालिका भगवती मन्दिर परिसरमा पनि निर्माणाधीन छ । एकसय ६५ मिटर तलबाट कालीगण्डकीको पानीलाई सौर्य ऊर्जा प्रणालीबाट ‘लिफ्ट’ गरेर मन्दिर क्षेत्रमा ल्याउन लागिएको छ भने दैनिक २५ हजार लिटरका दरले आपूर्ति हुने पानीलाई विभिन्न प्रयोजनका लागि प्रयोग गरिने बताइएको छ । सरकारको ८० तथा कालिका गुठीको २० प्रतिशत गरी रु दुई करोड ६० लाखको लागतमा सो आयोजना बन्न लागेको हो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला