नरी बडु | भदौ २८, बैतडी | "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नरी बडु | भदौ २८, बैतडी | "/>

२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

उपभोक्ता हितका लागि तल्लीन बैतडीको प्रशासन

२८ भाद्र २०७३, मंगलवार १४:५७


नरी बडु | भदौ २८, बैतडी | पछिल्लो उपभोक्ता हितका लागि जिल्ला प्रशासन कार्यालय बैतडी बजार अनुगमनमा तल्लीन छ ।

जिल्लाका अधिकासं ठाँउमा रहेका पसलहरुमा म्याद नागेका खाद्यवस्तु भेटिन थालेपछि उपभोक्ताको खाद्य अधिकारलाई संरक्षण गर्न जिल्ला प्रशासनले कडाइका साथ अनुगमन गरिरहेको हो । भारतबाट आयात भएका अधिकासं खाद्य वस्तुमा म्याद नगेको हुने गरेको र उक्त खाद्यवस्तु नेपालका व्यापारीहरुले उपभोक्तालाई बेच्ने गरेकाले अनुगमनलाई कडाइ गरिएको सहायक सिडिओ दिपक आचार्यको भनाई छ ।

सोमबार सहायक प्रजिअ आचार्य नेतृत्वको एक संयुक्त टोलीले भारत संग नाका जोडिएको जुलाघाट बजारबाट मात्रै २३ वटा पसलबाट २० हजार बराबरको म्यान नागेका समान बरामद गरी नष्ट गरेको छ । सबै व्यापारीहरुलाई पहिलोपटक समान जफत गर्नुका साथै सम्झाई बुझाई पनि गरिएको र दास्रो पटकपनि म्याद नागेका खाद्यवस्तु विक्रि गर्ने कार्य दोहोरीएको पाईएमा कानुन अनुसार कारवाहीको प्रक्रिया अगाडी बढाईने चेतावनी समेत दिईएको आर्चायको भनाई छ ।

“अब बजार अनुगमन नियमित रुपमा हुन्छ” आचार्यले भने । पुर्व सिडिओ लिलाधर अधिकारीले तिब्र रुपमा संञ्चालन गरेको बजार अनुगमन कार्यलाई निरन्तरता दिदै केहि महिना अगाडी सिडिओको रुपमा बैतडी आएका किशोर कुमार चौधरीपनि नागरिकको उपभोक्ता अधिकारप्रति निकै उत्तरदायि देखिएका छन् ।

यस्तै मंगलबार प्रजिअ चौधरी नेतृत्वको एक टोलिले जिल्लाको सिन्केलेक, सतबाँझ लगायतका ठाँएमा संञ्चानमा रहेका ४७ पसलहरुमा अनुगमन गरी ठुलो परिमाणमा अर्थात करीब ५५ हजार बराबरको म्याद नागेका समाग्रिहरु जफत गरी नष्ट गरीएको जिल्ला प्रशासन कार्यालय बैतडीको फेसबुकमा उल्लेख छ ।

यता केहि महिना अघिमात्र संञ्चालनमा आएको ईलाका प्रशासन कार्यालय पुचौँडीबाट  पनि मंगलबार कार्यालय प्रमुख जयबहादुर कुवरको नेतृत्वमा गएको एक टोलिले उक्त क्षेत्रका २८ पसलहरुमा अनुगमन गरी करिब ३० हजार बराबरको म्याद नागेका समान नष्ट गरेको छ ।

पछिल्लो समय चौधरीले स्वयम र सहायक प्रजिअ आचार्यलाई नियमित रुपमा बजार अनुगमनमा केन्द्रीत गरेका छन् ।म्याद नागेका खाद्यवस्तुको उपभोगले मानव स्वास्थ्यमा नकारात्मक असर पार्ने भएकाले बजार अनुगमनलाई तिब्रता दिईएको प्रजिअ चौधरीको भनाई छ ।

यस्ता खाद्यवस्तुले मृगौलामा पनि समस्या ल्याउने गरेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी भुवन जोशिले बताए । कडाईका साथ गरिएको बजार अनुगमनले उक्तभोक्ता खुसि भएका छन् भने नागरिकको खाद्य सुरक्षालाई वेवास्ता गरिरहेका व्यापारीहरु सजग हुन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला