भदौ  ३०,  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ  ३०, 
२०८२, १६ चैत्र सोमबार
अर्थ/विकास

बैतडीमा पहिलोपटक सडक सौर्यबत्ती

२०७३, ३० भाद्र बिहीबार ०४:५२

भदौ  ३०, बैतडी । बैतडी सदरमुकाममा पहिलोपटक सडक सौर्यबत्ती जडानको कार्य सम्पन्न भएको छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय र दशरथचन्द नगरपालिकाको समन्वयमा ऊर्जा ट्रेडर्स प्रालि धनगढीले सडक सौर्यबत्ती जडान गरेको हो । 

पहिलो चरणमा १० ओटा सडक सौर्यबत्ती जडान गरिएको दशरथचन्द नगरपालिकाका सूचना अधिकारी विनोद चन्दले जानकारी दिनुभयो । करिब रु नौ लाखको लागतमा सडक सौर्यबत्ती जडान गरिएको उहाँले बताउनुभयो । विद्युत्भार कटौतीको समस्या नहुने र वैकल्पिक ऊर्जाका स्रोतलाई प्रयोग गर्ने उद्देश्यका साथ सडक सौर्यबत्ती जडान गरिएको चन्दले जानकारी दिनुभयो । 

सडक सौर्यबत्ती अहिले नमुनाका लागि गढी, गोठलापानी र शाहीलेकमा १० ओटा बत्ती राखिएको र प्रभावकारिता भएमा यसलाई चालु आर्थिक वर्षमा थप्ने उहाँले बताउनुभयो । 

नगरक्षेत्रमा सडकमा अँध्यारो नहोस् र रातिको समयमा आपराधिक क्रियाकलाप नियन्त्रणमा सहयोग पुगोस् भन्ने हेतुले सौर्य सडकबत्ती जडान गरिएको जनाइएको छ । सौर्य सडक बत्ती बुधबार बेलुकादेखि बलेको हो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा