२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

जलविद्युत् आयोजनाबाट पाँचथर सवल बन्दै

२०७३, ३० भाद्र बिहीबार ११:०१

भदौ ३०, पाँचथर । जलविद्युत् आयोजनाबाट पाँचथर सवल बन्दै गएको छ । 

जिल्लामा अहिले एउटा आयोजना सञ्चालनमा, अर्को आयोजनाको परीक्षण उत्पादन तथा र तीनवटा आयोजना निर्माणाधीन अवस्थामा छन् । फिदिम–रानीटार सिमाना खोरङ्गा खोलाबाट उत्पादित ‘खोरङ्गा खोला जलविद्युत् आयोजना’ हाल सञ्चालनमा छ । अन्य चार ठूला आयोजना निर्माणाधीन अवस्थामा छन् । तीमध्ये १५ मेगावाट क्षमताको ‘हेंवा ए’ ले परीक्षण उत्पादन सुरु गरेको छ । 

पाँचथर पावर कम्पनिले रु दुई अर्ब ५६ करोड लगानीमा निर्माण गरेको ‘हेंवा ए’ हालै परीक्षण उत्पादनको चरणमा पुगेको हो । आयोजनामा माछापुच्छ«े, सानिमा, इन्भेस्टमेन्ट बैंक र व्यक्ति तथा स्थानीयको समेत लगानी छ । आयोजनाको चार किलोमिटर टनेल, बाँध, इलेक्ट्रोनिक जडान, विद्युत् गृहलगायतको काम सम्पन्न भएको निर्माण कम्पनीका प्रमुख पुष्पज्योति ढुङ्गानाले बताउनुभयो । 

‘हेंवा ए’ को निर्माण कार्य २०६८ बाट सुरु भएको थियो । जिल्लाको भारपा, याङ्नाम र नाङ्गीन गाविस आयोजना प्रभावित क्षेत्र हो । हेंवा खोलाबाटै २१ मेगावट क्षमताको ‘तल्लो हेंवा जलविद्युत् आयोजना’ निर्माणाधीन छ । माउन्टेन हाइड्रो प्रालि नेपालले आयोजनाको काम गरिरहेको छ । विसं २०७१ मङ्सिरदेखि सुरु भएको आयोजनाको काम दुई वर्षभित्रमा सम्पन्न गरिसक्नुपर्नेछ । हाल पाँच हजार ३०० मिटर टनेलमध्ये चार हजार मिटर टनेल निर्माण भइसकेको छ । 

बाँधको कार्य ५० प्रतिशतभन्दा बढी सकिएको छ । काममा कुनै अवरोध नआए अबको आठ महिनामा विद्युत् गृह निर्माण कार्य सम्पन्न हुने प्रालिका अध्यक्ष सीताराम तिम्सिनाले बताउनुभयो । ‘तल्लो हेंवा’ मा प्राइम बैंक र माउन्टेन हाइड्रो प्रालि नेपालको रु तीन अर्ब ६६ करोड लगानी रहेको छ । आयोजनाको निर्माण क्षेत्र फिदिम नगरपालिका– ४, ५ र नाङ्गीन गाविस– १ हो । 

त्यस्तै पाँचथर र ताप्लेजुङको सिमाना भएर बग्ने काबेली नदीबाट ३७ दशमलव ६ मेगावाट क्षमताको ‘काबेली ए निर्माणको चरणमा छ । ‘काबेली ए’ मा विश्व बैैंकले रु चार अर्ब लगानी गर्दैछ । पाँचथरको अमरपुर र पञ्चमी, ताप्लेजुङको थेचम्बु र नाङ्खोल्याङ गाविसलाई प्रभाव क्षेत्र बनाएर निर्माण भइरहेको ‘काबेली ए’ को झिझ्याङ नामक चिनिया कम्पनीले ठेक्का पाएको छ । 

आयोजना प्रमुख वीरेन्द्र श्रेष्ठका अनुसार आयोजनाको पहिलो चरणको काम जग्गा खरिद र सडक पहुँच विस्तारको काम भइसकेको छ । सोही नदीबाट अरुण काबेली पावर लिमिटेडले २५ मेगावाट क्षमताको जलविद्युत् आयोजना ‘काबेली बी (वान)’ निर्माण गरिरहेको छ । पाँचथरको थर्पु, नागी, अमरपुर र ताप्लेजुङको साब्लाखु, सिनाम, थुम्बेदिन र चाक्सिबोटे गाविसका स्थानीय आयोजनाबाट प्रत्यक्ष प्रभावित छन् । 

यी सबै आयोजना सम्पन्न भएपछि पाँचथरबाट १०० मेगावाटभन्दा बढी विद्युत् उत्पादन हुनेछ । यद्यपि आयोजनाको काम सकिए पनि उत्पादित विद्युत् निर्यात गर्ने माध्यम नहुँदा आयोजनाले घाटा व्यहोर्नुपर्ने अवस्था रहेको निर्माण कम्पनीले जनाएका छन् । निर्माणाधीन काबेली करिडर समयमै निर्माण नहुँदा यस्तो समस्या आएको हो । करिडर आगामी वैशाख दोस्रो सातासम्ममा निर्माण भइसक्ने बताइए पनि विविध कारण देखाउँदै पटक पटक म्याद थप गरिँदै आएको छ । 

साना आयोजनाले गाउँघर झिलिमिली 

नेपाल विद्युत् प्राधिकरणले एक दशकदेखि सदरमुकाम फिदिम बजारमा ३३ केभी केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तार गरेको छ । पाँचथरका दर्जन बढी गाविसका गाउँघर बिजुली बत्तीको उज्यालोले झिलिमिली छन् । 

जिल्लाको विभिन्न स्थानमा सञ्चालनमा ल्याइएको लघु तथा साना जलविद्युत् आयोजनामार्फत दुर्गम गाउँघर यसरी झिलिमिली बनेका हुन् । च्याङ्थापु, फलैँचा, एकतीन, प्राङबुङ, सिदिन, लुङरुपासँगै दक्षिणका कुरुम्बा, पौवासारताप, इम्बुङ, चिलिङदिन, फाक्तेपलगायतका दुर्गम गाविसका स्थानीयले बिजुली उपभोग गरिरहेका हुन् । 

त्यस्तै खेर गइरहेका खोलाबाट जिल्लामा विश्व बैंक, एसियाली विकास बैंक, नेपाल सरकार, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रलगायतको ऋण तथा आर्थिक सहयोग र लगानीमा लघुजलविद्युत् आयोजना बनेका हुन् । यसमा जिविस, गाविसको आर्थिक सहयोग तथा उपभोक्ताको समेत लगानी रहको छ । जिल्लाको विभिन्न गाविसमा १० देखि १०० किलोवाट क्षमताका १५ वटा लघुजलविद्युत् आयोजनाबाट ७५५ किलोवाट विद्युत् उत्पादन हुँदै आएको जिविसको ऊर्जा तथा वातावरण शाखाले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेनसँग ४९ हजार ६१४ मतले ओली पराजित झापा-५ मा ओली र बालेनबीच ४८ हजार मतान्तर झापा–३ बाट राजेन्द्र लिङदेनलाई हराउँदै रास्वपाका पाठक निर्वाचित ७१ स्थानको अन्तिम मतपरिणाम: रास्वपाको ५६ सिट झापामा अन्तिम मतपरिणाम आउन लाग्दा सुरक्षा व्यवस्था कडा राप्रपाको पहिलो जित, जुम्लामा ज्ञानेन्द्र शाही विजयी सुनसरी–१ मा ४ हजार मतले अघि बढे हर्कराज साम्पाङ अहिलेको निर्वाचन परिणामले देशमा समस्या निम्त्याउन सक्ने: पृथ्वीसुब्बा गुरुङ नुवाकोट- २ मा रास्वपाका अचुतम लामिछाने विजयी गोरखा १ मा रास्वपाका सुधन गुरूङको सुरुवाती अग्रता ५० स्थानको अन्तिम मतपरिणाम आउँदा रास्वपालाई ३९ सिट, ८० स्थानमा अगाडि झापा ५ मा बालेन शाह ३८ हजार ६५ मतले अग्रता समानुपातिकतर्फ १ लाख मत कटाउने पहिलो दल रास्वपा फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त