भदौ ३१, पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३१ औं महाधिवेशनका अध्यक्षका प्रत्यासी देव क्षेत्रीलाई बुद्ध विशाल बजार व्यापारिक एसोसीयसन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ३१, पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३१ औं महाधिवेशनका अध्यक्षका प्रत्यासी देव क्षेत्रीलाई बुद्ध विशाल बजार व्यापारिक एसोसीयसन"/>
२०८२, १६ चैत्र सोमबार
अर्थ/विकास

पोउवा संघको अध्यक्षका उम्मेदवार क्षेत्रीको समुहलाई बुद्ध विशाल बजारको साथ

२०७३, ३१ भाद्र शुक्रबार ०३:४४

भदौ ३१, पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३१ औं महाधिवेशनका अध्यक्षका प्रत्यासी देव क्षेत्रीलाई बुद्ध विशाल बजार व्यापारिक एसोसीयसनले साथ दिएको छ । विहिवार क्षेत्रीको स्वागत र सम्मान कार्यक्रमममा एसोसीयसनका अध्यक्ष प्रदिप कुमार मुल्मीले क्षेत्रीलाई विजयीको शुभकामना दिदै आगामी दिन विशाल बजार र संघबीचको सम्बन्ध प्रगाढ हुने विश्वास व्यक्त गरे ।

सो अवसरमा बोल्दै अध्यक्षका प्रत्यासी क्षेत्रीले आफू सधै व्यवसायीको नजिक रहेका कारण उनीहरुको समस्या थाहा भएको बताउदै हरेक दुःखमा साथ दिने प्रतिवद्धता व्यक्त गरे । आफू भाषणमा भन्दा बढि काममा विश्वास गर्ने बताउदै क्षेत्रीले विजयी पश्चात पनि व्यसायीको सुझावलाई मध्यनजर गरि अघि बढ्ने दाबी गरे ।

बरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार मिनराज काफ्लेले लामोसमयसम्म कर्मथलो विशाल बजार भएको बताउदै आफ्नो समुहलाई साथ दिएको धन्यवाद व्यक्त गर्नुभयो । साथै उहाँले प्रादेशिक क्षेत्रको नेतृत्वको लागि विभिन्न उद्योग वाणिज्य संघसँग छलफल गरि खाका तयार पारेको जानकारी दिदै आगामी दिनमा अझ प्रभावकारी तरिकाले व्यवसायिक हितमा लाग्ने बताए ।

क्षेत्रीको समुहमा रहेका १७ जना पदाधिकारी र सदस्यहरुले विहिवार पोखराको पृथ्वीचोक, सभागृहचोक, न्यूरोड, बुद्ध विशाल बजार लगायतका क्षेत्रका व्यवसायीहरुबीच पुगेर मत मागेको प्रचार प्रसार समितिले जनाएको छ ।

आगामी भाद्र ३१ र असोज १ गते हुने संघको ३१ औं महाधिवेशनमा क्षेत्रीको समुहबाट बरिष्ठ उपाध्यक्षमा मिनराज काफ्ले, उद्योग तर्फको उपाध्यक्षमा सिता गुरुङ, वाणिज्यतर्फको उपाध्यक्षमा सुरेश अधिकारी चुनावी मैदानमा रहेका छन् । महासचिवमा लक्ष्मी क्षेत्री पाण्डे, कोषाध्यक्षमा जनकराज पराजुली, उप–महासचिवमा अर्जुन पोख्रेल रहेका छन् ।

सदस्य पदमा अर्जुन खनाल, कुमारी मुना बास्तोला, गिरधारी शर्मा, गोमा ढकाल, चिनु गुरुङ, नवराज त्रिपाठी, बलराम आचार्य, महेश्वर पोख्रेल (शिव), हरिराज पन्त र हिमालय बख्रेल छन् ।

व्यवसायीद्धारा अध्यक्षका प्रत्यासी क्षेत्रीको समुहलाई अग्रिम बधाई

पृथ्वीचोक र सभागृहचोकका व्यवसायीले पोउवा संघको अध्यक्षका प्रत्यासी देव क्षेत्रीको समुहलाई विहिवारै स्वागत तथा सम्मान गरेका छन् ।

अन्नपूर्ण मेसिनरी एण्ड दुल्र्सका प्रोपाईटर देवराज आचार्य, व्यवसायीहरु विश्वराज आचार्य लगायतले अग्रिम बधाई दिदै सम्मान गरेका छन् । यसैगरी पोखरा मलका व्यवसायीहरु सुर्य प्रसाद श्रेष्ठ, भिम क्षेत्री, उमाकान्त पौडेल, दिलि पोख्रेल, विकास क्षेत्री लगायले खादा र अबिरले सम्मान गरेका छन् ।

उनीहरुले क्षेत्रीको समुहको विजयी सुनिश्चित रहेको बताउदै साथ दिन सबै व्यवसायीलाई आग्रह गरेका छन् । सो अवसरमा उद्योग तर्फको उपाध्यक्ष पदकी उम्मेदवार सिता गुरुङले गएको दुई वर्ष उद्योग व्यसायीकोबीचमा खर्चिको बताउदै उद्यमशिलताको विकासमा आफू लाग्ने प्रतिवद्धता व्यक्त गरे । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा