८ पुष २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

साठी वर्षपछि आरटिओ रोड बन्न लागेपछि स्थानीयवासी खुसी

३१ भाद्र २०७३, शुक्रबार ०९:०४

भदौ ३१, कपिलवस्तु । साठी वर्षपछि सडक बन्न लगेपछि कपिलवस्तु क्षेत्र नं ५ का जनता खुसी भएका छन् । 

विसं २०१३ मा निर्माण सुरु गरेको आरटियोमा विवाद भएपछि निर्माण कार्य अलपत्र परेको थियो । अलपत्र परेको बाटो कालोपत्रे हुने खबरले अहिले कपिलवस्तुवासी खुसी भएका छन् । 

क्षेत्र नं ५ का सांसद अभिषेक प्रताव शाहको संसदीय पूर्वाधार विकास कोष मार्फत प्राप्त बजेटबाट सडक निर्माण गर्न थालपछि आफूहरु धेरै खुसी भएको गणेशपुरका गयादिन कुर्मीले बताउनुभयो । रु पाँच करोडको लागतमा पाँच किलोमिटर लम्बाइ रहेको सो सडक निर्माण अन्तिम चरणमा पुगेको सांसद शाहले बताउनुभयो । 

यो सडकको निर्माण चाँडै नै सम्पन्न गर्न थप बजेटका लागि पनि आफूले पहल गरिरहेको उल्लेख गर्दै उहाँले अहिले संसदीय पूर्वाधार विकास कोषअन्तर्गतको बजेटबाट यस क्षेत्रका आधादर्जनभन्दा बढी ठाउँका सडक निर्माण भइरहेको जानकारी दिनुभयो । 

क्षेत्र नं ५ को बहादुरगन्ज गाविसस्थित दलित बस्तीमा रु १५ लाखको लागतमा एक किमी सडक कालोपत्रे गरिएको र धर्मनगरदेखि विशनपुर गाविस जोड्ने सडकमा रु ३० लाखको लागानीमा ग्राभेल, माटो पटान र कल्भर्ट निर्माण भइरहेको छ। यसैगरी क्षेत्र नं ५ कै ठाकुरपुरको सडकमा रु १३ लाखको लागतमा ग्राभेल, माटो पटान र कल्भर्ट निर्माणका कार्य भइरहेको र रु ३५ लाखको लागतमा पिपरी र पौकी बन्डाको सडक निर्माण हुने भएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रविको सांसद पद निलम्बनबारे दीपक बोहरा भन्छन्ः ‘राजनीतिक पूर्वाग्रहले प्रेरित भएर निलम्बन गर्न खोजियो’ एनपीएलको फाइनलमा क्रिकेट मैदान बाहिर युवकलाई कुटेको आरोपमा दुई जना पक्राउ अमेरिकामा रेलभित्रै आगो लगाएर एक महिलाको हत्या हिरासतमा रहेका रविको फोटो सार्वजनिक गर्ने निकोलस भुसाललाई पोखरा पठाइयो आज फेरि बढ्यो सुनचाँदीको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ? थुनछेक बहसका लागि रविलाई अदालत लगियो, न्यायाधीश राईको इजलासमा पेशी ‘पुष्पा-२’ का अभिनेता अल्लु अर्जुनको घरमा तोडफोड, ६ जना पक्राउ शक्ति समूहकी संस्थापक सुनिता दनुवारको आज बिहान निधन पाँच संसदीय समितिको बैठक आज बस्दै ब्राजिलमा निजी विमान दुर्घटना हुँदा पाइलटसहित १० जनाको मृत्यु आयोगले गरे भ्रष्टाचार अभियोगमा आठ जनाविरुद्ध मुद्दा दायर रविविरुद्ध सहकारी ठगी प्रकरण मुद्दामा आजदेखि थुनछेक बहस हुने आजको मौसम: उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना साई स्वागत सहकारी ठगी प्रकरणमा भरत जङ्गम पक्राउ रविको काभ्रेको जग्गा र निकिताको बूढानीलकण्ठको घडेरी जफत गर्न माग सरकारी वकिलको कार्यालयमा इन्कारी रविको बयान: सहकारीको रकम फिर्ता गर्ने जिम्मेवारी मेरो रहँदैन एनपीएलको फाइनलमा सट्टेबाजी गराएको आरोपमा थप २ भारतीय पक्राउ यी हुन् शुक्रबारको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु [सूचीसहित] अमेरिकाले झुक्किएर खसायो आफ्नै लडाकु विमान रवि लामिछानेको सांसद पद निलम्बन हुने