२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रामग्राम नगरपालिकाको आय संकलन ५० प्रतिशतले बढ्यो

२०७३, ३१ भाद्र शुक्रबार ११:३६

मोहम्मद ईजहार शेष, भदौं ३१, परासी । आर्थिक वर्ष २०७१/७२ भन्दा गत आर्थिक वर्ष ७२/७३ मा रामग्राम नगरपालिकाले आवधिक आय संकलनमा ५०.६८ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । रामग्राम नगरपालिका नवलपरासीले आर्थिक वर्ष २०७२/७३ मा रु  १ करोड ५७ लाख ८ हजार  १ सय ८७ रुपैया आय संकलन गरेको छ । विभिन्न शिर्षगत आवधिक विवरणमा लगाएको कर , शुल्क र दस्तुरवाट सो बराबरको रकम उठाउन सफल भएको रामग्राम नगरपालिकाले जनाएको छ । आर्थिक वर्ष २०७१/७२ मा सो शिर्षकहरुवाट रु १ करोड ४ लाख २४ हजार ८ सय १ रुपैया आय गरिएको थियो भने यो वर्ष ५२ लाख ८३ हजार ३ सय ८६ रुपैया बढि आय गरिएको नगरपालिकाकी कर साखा प्रमुख ललिता ढुङ्गेलले जानकारी दिनुभयो ।

स्थानीय तह लिने सम्पत्ती कर बर्षेनि बढेकोले यो बर्ष गत आर्थिक वर्ष भन्दा आय बढेको नगरपालिकाले जनाएको छ । आर्थिक वर्ष २०७२/७३ मा सबैभन्दा बढि सार्वजनिक सुविधा उपयोग शुल्कवाट रु ४५ लाख ५२ हजार ६५ , सम्पत्ति करवाट रु ४४ लाख ८८ हजार २ सय २०, नक्सा पास दस्तुरवाट १८ लाख १४ हजार २ सय ७१ , सिफारिस तथा बक्सौनि दस्तुरवाट रु ११ लाख ८७ हजार ६ सय ४८, ब्वयसाय करवाट ७ लाख ५० हजार १ सय ६७ , दण्ड जरिवानावाट रु २ लाख १८ हजार ६ सय ६  , अचल सम्पत्ती मुल्याङ्कन सेवा शुल्कवाट रु २ लाख २ सय ७९ रुपैया आय गरेको रामग्राम नगरपालिकाले जनाएको  छ । आर्थिक वर्ष ७१/७२ मा नगरपालिकाले सबै भन्दा बढि नक्सा पास दस्तुरवाट रु २३ लाख १४ हजार १ सय ४५ , सम्पत्ती करवाट २१ लाख ५१ हजार , सार्वजनिक सुविधा उपयोग शुल्कवाट रु १४ लाख ५३ हजार ४ सय ८६ लगायतका शिर्षकवाट धेरै रकम उठेको थियो । यस्तै रामग्राम नगरपालिकाले बहाल कर , सवारी दर्ता तथा  वार्षिक सवारी कर , प्रमाणित दस्तुर , नाता प्रमाणित दस्तुर , सरसफाई शुल्क लगायतका शिर्षकवाट आय उठाउने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा