२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रामग्राम नगरपालिकाको आय संकलन ५० प्रतिशतले बढ्यो

३१ भाद्र २०७३, शुक्रबार ११:३६

मोहम्मद ईजहार शेष, भदौं ३१, परासी । आर्थिक वर्ष २०७१/७२ भन्दा गत आर्थिक वर्ष ७२/७३ मा रामग्राम नगरपालिकाले आवधिक आय संकलनमा ५०.६८ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । रामग्राम नगरपालिका नवलपरासीले आर्थिक वर्ष २०७२/७३ मा रु  १ करोड ५७ लाख ८ हजार  १ सय ८७ रुपैया आय संकलन गरेको छ । विभिन्न शिर्षगत आवधिक विवरणमा लगाएको कर , शुल्क र दस्तुरवाट सो बराबरको रकम उठाउन सफल भएको रामग्राम नगरपालिकाले जनाएको छ । आर्थिक वर्ष २०७१/७२ मा सो शिर्षकहरुवाट रु १ करोड ४ लाख २४ हजार ८ सय १ रुपैया आय गरिएको थियो भने यो वर्ष ५२ लाख ८३ हजार ३ सय ८६ रुपैया बढि आय गरिएको नगरपालिकाकी कर साखा प्रमुख ललिता ढुङ्गेलले जानकारी दिनुभयो ।

स्थानीय तह लिने सम्पत्ती कर बर्षेनि बढेकोले यो बर्ष गत आर्थिक वर्ष भन्दा आय बढेको नगरपालिकाले जनाएको छ । आर्थिक वर्ष २०७२/७३ मा सबैभन्दा बढि सार्वजनिक सुविधा उपयोग शुल्कवाट रु ४५ लाख ५२ हजार ६५ , सम्पत्ति करवाट रु ४४ लाख ८८ हजार २ सय २०, नक्सा पास दस्तुरवाट १८ लाख १४ हजार २ सय ७१ , सिफारिस तथा बक्सौनि दस्तुरवाट रु ११ लाख ८७ हजार ६ सय ४८, ब्वयसाय करवाट ७ लाख ५० हजार १ सय ६७ , दण्ड जरिवानावाट रु २ लाख १८ हजार ६ सय ६  , अचल सम्पत्ती मुल्याङ्कन सेवा शुल्कवाट रु २ लाख २ सय ७९ रुपैया आय गरेको रामग्राम नगरपालिकाले जनाएको  छ । आर्थिक वर्ष ७१/७२ मा नगरपालिकाले सबै भन्दा बढि नक्सा पास दस्तुरवाट रु २३ लाख १४ हजार १ सय ४५ , सम्पत्ती करवाट २१ लाख ५१ हजार , सार्वजनिक सुविधा उपयोग शुल्कवाट रु १४ लाख ५३ हजार ४ सय ८६ लगायतका शिर्षकवाट धेरै रकम उठेको थियो । यस्तै रामग्राम नगरपालिकाले बहाल कर , सवारी दर्ता तथा  वार्षिक सवारी कर , प्रमाणित दस्तुर , नाता प्रमाणित दस्तुर , सरसफाई शुल्क लगायतका शिर्षकवाट आय उठाउने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला