२०८२, ४ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

हवाई भाडाको ‘कार्टेलिङ’ अध्ययन गर्न पर्यटन मन्त्रालयद्वारा निर्देशन

२०७९, ९ पुष शनिबार १०:३२

पुस ९, काठमाडौँ | संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक हवाई उडानमा हुँदै आएको ‘कार्टेलिङ’ अध्ययन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई निर्देशन दिएको छ । आन्तरिक उडान गर्दै आएका बुद्ध, यती, श्री र सौर्य एयरलाइन्सले आपसी मिलेमतोमा आफुखुसी हवाई भाडादर निर्धारण गरेपछि मन्त्रालयले अध्ययनका लागि प्राधिकरणलाई निर्देशन दिएको हो । 

आन्तरिक उडान गर्ने कम्पनीले हवाई उडानमा कार्टेलिङ गरिरहेको सूचनाका आधारमा अध्ययन अगाडि बढाउन निर्देशन दिएको मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले बताउनुभयो । उहाँले भन्नुभयो, “कार्टेलिङको विषयमा उठेको कुरासम्बन्धी अध्ययन गर्न नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएका छौँ, कार्टेलिङ भएको पुष्टि भएमा कारबाही हुनेछ ।” मिलेमतोमा भाडा निर्धारण गर्न नमिल्ने भएकाले यस्तो क्रियाकलाप नियन्त्रण गर्नमा लाग्ने उहाँको भनाइ छ ।

आन्तरिक हवाई कम्पनीले गर्दै आएको कार्टेलिङको राष्ट्रिय योजना आयोगले समेत अध्ययन गरिरहेको बताइएको छ । हवाई कम्पनीको कार्टेलिङको अध्ययन गर्न आयोगका सदस्य डा रामकुमार फुयाँलको नेतृत्वमा कमिटी बनेको छ । आयोगका तत्कालीन उपाध्यक्ष डा विश्व पौडेलले सार्वजनिक यातायातको क्षेत्रमा भइरहेको सिन्डिकेट र कार्टेलिङको अध्ययन अघि बढाउँदै त्यसको जिम्मा फुयाँललाई दिनुभएको बताइएको छ ।

मिलेमतोका आधारमा टिकट बिक्री गरेर कार्टेलिङको साम्राज्य खडा गरेको बताउँदै यो विषयलाई गम्भीर रुपमा लिएर अध्ययन अघि बढाइरहेको आयोगले जनाएको छ । नेपाल सरकारले तोकेको न्यूनतम र अधिकतम भाडादरलाई आधार बनाएर वायुसेवा कम्पनीहरुले कार्टेलिङ गरिरहेको आरोप लागेको छ । अहिले कुनै पनि सेक्टरमा उडान गर्ने सबै कम्पनीको हवाई भाडा एउटै कायम रहेको पाइएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने