राम नारायण पण्डित । असोज २, सिरहा । रामनगर मिर्चैया उद्योग वाणिज्य संघ मिर्चैयाको प्रथम साधारण सभा सम्पन्न भएको छ । बिगत लामो समयदेखि बिभिन्न कारणले हुन नसकेको उद्योग व"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... राम नारायण पण्डित । असोज २, सिरहा । रामनगर मिर्चैया उद्योग वाणिज्य संघ मिर्चैयाको प्रथम साधारण सभा सम्पन्न भएको छ । बिगत लामो समयदेखि बिभिन्न कारणले हुन नसकेको उद्योग व"/>
२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मिर्चैया उद्योग वाणिज्य संघको साधारण सभा सम्पन्न

२०७३, २ आश्विन आईतवार १३:२९

राम नारायण पण्डित । असोज २, सिरहा । रामनगर मिर्चैया उद्योग वाणिज्य संघ मिर्चैयाको प्रथम साधारण सभा सम्पन्न भएको छ । बिगत लामो समयदेखि बिभिन्न कारणले हुन नसकेको उद्योग वाणिज्य संघ मिर्चैयाको साधारण सभा आज सम्पन्न भएको छ । 

रामनगर मिर्चैया उद्योग वाणिज्य संघ मिर्चैयाका अध्यक्ष गणेश साहको अध्यक्षता तथा उद्योग वाणिज्य महासंघको पुर्व अध्यक्ष चण्डीराज ढकालको प्रमुख आत्तिथ्यमा साधारण सभा सम्पन्न भएको छ । कार्यक्रममा विशिष्ठ अतिथिको रुपमा उद्योग वाणिज्य महासंघका जिल्ला, नगर तर्फका उपाध्यक्ष किशोर प्रधान, उदयपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजेश श्रेष्ठ, मोरंग व्यापार संघका वरिष्ठ उपाध्यक्ष तथा पुर्वान्चल उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष राजेन्द्र राउत, उद्योग वाणिज्य संघ पुर्वान्चलका अध्यक्ष टंक दुलाल, सिरहाका प्रमुख जिल्ला अधिकारी विजय नारायण मानन्धर लगायतका उपस्थिति रहेका थिए । 

कार्यक्रममा अतिथिको रुपमा जिल्ला प्रहरी कार्यालय सिरहा, सशस्त्र प्रहरी बल बेश क्याम्प सिरहाका प्रमुखको साथै ईलका प्रहरी कार्यालय मिर्चैया र  सशस्त्र प्रहरी बल बेश क्याम्प मिर्चैयाका प्रमुखको उपस्थिति रहेको थियो । कार्यक्रममा अतिथिहरुलाई दोसल्ला ओढाई वाणिज्य संघका अध्यक्ष साहले सम्मान पनि गरेका थिए । साधारण सभामा व्यापारी, स्थानियबासी, नागरिक समाज, बुद्धिजिवी, पत्रकार लगायतको उल्लेखनिय सहभागिता रहेको थियो ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी