डिवि विष्ट, असोज ३, बझाङ । सिचाई कुलो निर्माण गर्न देबलबासि एक जुटभएर लागेका छन् । गत असार महिनाको ३१ गते बाउली खोलामा आएको बाढीले देबल जिउलाको सिचाई कुलो पर्ण रुपमा बगाए पछि अहिले स्थानीय बासिन्दाहरु सिचाई कुलो निर्माण गर्न लागेका हुन ।
सिचाई कुलो निर्माण गर्न झण्डै एक महिना समय लाग्ने छ भने सिचाई कुलो मर्मत र निर्माण गर्न जनश्रमदान सहित एक करोड बराबर खर्च लाग्ने मल्लो देबल जिउला सिचाई कुलो उपभोत्ता समीतीका अध्यक्ष अर्जुन बहादुर खड्काले बताउनु भयो ।
हाल सिचाई कुलो निर्माणका लागी नौरा, सेलाखेत, रिठापाटा, पैयातोला, सिमखेत, काप्णा, बारिल, देबल र ग्वानी स्थानीयहरु लागी परेका छन् । सथनीयहरुले मात्र सिचाई कुलो मर्मत र निर्माण गर्न सम्भव न भएका कारणले स्काभेटरको समेत प्रयोग गर्नु परेको समितीका अध्यक्ष खड्कालेबताउनु भयो ।
झण्डै ७ हजार भन्दा बढी स्थानीयहरुका खेत रहेको देबल जिउलामा असार ३१ गते बाउली खोलामा आएको बाढीले सिचाई कुलो पुर्ण रुपमा बगाए पछि यस बर्ष धान उत्पादनमा निकै ह्रास आएको समितीका सल्लाहकार भानु जोशिले बताउनु भयो । जोशिका अनुसार पहिले एक नाली विउ लाग्ने खेतमा ४ कट्टा धान उत्पान हुन्थ्यो अहिले सोहि खेतमा एक कट्टा अर्थात पचास किलो धान मात्र उत्पादन हुन्छ । त्यो पनी सबै धानमा पोलो मात्र छ यो बर्ष त भोकमरी हुने भया जोशिले बताए ।
धान उत्पादनमा समेत ८० प्रतीशतले ह्रास आएको छ । २० प्रतीशतमात्र धान उत्पादन भएको छ स्थानीय लवराज जोशिले भन्नु भयो “ असार ३१ गते नै देबल जीउलाको सिचाई कुलो बाउली खोलाले बगाई दियो । धानमा पानी लगाउन पाईएन , धान फुलेली पर्दा पानीको आवस्यक हुन्थ्यो सो बेला समेत पानी भएन जसका कारणले धान उत्पादनमा ८० प्रतीशतले ह्रास आएको हो ” ।
सिचाई कुलो बनाई दिन विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयहरु संग आग्रह गरीए पनी कुनै पनी सरकारी तथा गैर सरकारी कार्यलयहरु पहल नै नगरे पछि आफुहरु नै सिचाई कुलो निर्माण गर्न अघि बढेको देबल बासिको भनाई छ ।
सात हजार भन्दा बढीका खेतबारी भएको देबल जिउलामा समउमै पानी लिन नसके गहुँ बाली समेत उत्पादन नहुने खेतहरु बाँझै रहने स्थिती आउने स्थानीय चाँदनी धामीले बताईन् ।
मल्लो देबल जिउला सिचाई कुलो उपभोत्ता समिती का अध्यक्ष अर्जुन बहादुर खड्काका अनुसार सिचाई कुलो निर्माण गर्नका निमीत्त ३ जना सांसदहरुले ५ लाख रुपैया दिने आश्वसनका आधारमा काम अगाडी बढाएका छौ । अहिले स्काभेटमा लाग्ने तेलको मात्र ३ लाख जतीको खर्च एक्लैले गरेको छु । समीतीका अध्यक्ष खड्काले भन्नु भयो “आर्थीक सहयोग गर्नका निमीत्त विभिन्न सरकारी तथा गैर सरकारी कार्यलयहरुमा अनुरोध गरेका छौ”। सबैले आश्वसन दिएका छन्, सोही आश्वसनकै भरमा काम अगाडी बढाएको हो । सडक कटानका क्रममा समेत सिचाई कुलोमा ठुलो क्षती पर्याएको भए पनी मर्मत गर्न सडक कार्यलयले कुनै पहल नगरेको स्थानीयको भनाई छ । पटक पटक मर्मत गरी दिन भने पनी अटेरर गरेको र अझै पनी अटेर गरे कार्यलयमा ताला लगाउने समीतीले जनाएको छ ।