२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कुटानी पिसानी र तेल पेल्ने मेसिन सञ्चालनमा नआउँदा गाँउमा समस्या

२०७३, ४ आश्विन मंगलवार ०३:२८

नन्दराम जैशी | असोज ४, जुम्ला | जुम्ला चन्दननाथ नगरपालिका १२ तलिउमको कराकोटमा रहेको कुटानी पिसानी र तेल पेल्ने मेसिन सञ्चालनमा नआउदाँ समस्या भएको छ । श्रावण ३० र ३१ गतेको अविरल वर्षाका कारण कुटानी पिसानी र तेल पेल्ने मेसिन राखिएको भवन भत्किदा अझै संचालनमा आउन सकेको छैन । सत्र खम्वा जैविक विविधता संरक्षण तथा विकास समितिका अध्यक्ष जयकृष्ण धरालाका अनुसार गाँउमा भएको मिल संचालन नहुदा कुटानि पिसानिमा समस्या भएको हो ।     

भवानी सामुदायिक वीउ विजन बैंक र लापाको आर्थिक सहयोगमा बनेको मिल करिब ५ लाखको लागतमा निमार्ण गरिएको थियो । गाँउमा किसानले उत्पादन गरेका तेलजन्य वस्तुबाट आर्थिक स्थितीमा सुधार ल्याई जिवनस्तर उकास्ने उद्देश्यले निर्माण गरिएको मिलको क्षति पछि व्यावस्थापन गर्न नसक्दा किसान दुःखी भएका छन् । गाउँमा निर्माण भएको मिल देख्दा खुसी छाएको मन पुन निराशपन भएको भवानी सामुदायिक वीउ विजन बैंकका अध्यक्ष सुरबहादुर भण्डारीले बताउनु भयो ।    

मिलको व्यावस्थापन तथा पुनस्र्थापनाका लागी जिल्लाका सरकारी तथा गैरसरकारी कार्यालयमा सहयोगका लागी माग गरिरहेकोे भण्डारीको भनाइ छ । स्थानिय किसानले आरुको विया, सुर्यमुखी र ढटेलो जस्ता तेलजन्य वस्तु जम्मा गरेको भएपनि तेल पेल्न नपाएको बताएका छन् । मिल संचालन नभएपनि हाल स्थानिय बासिले गाउँमा तेलजन्य वस्तु घरघरमा जम्मा गरीरहेको उहाँको भनाइ छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा