२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भोटखोलामा पहिलो पटक न्यायाधीश सहितको टोली पुग्यो

४ आश्विन २०७३, मंगलवार १०:०९

असोज ४, संखुवासभा ।  हटिया ७ को स्याक्सिला गोलामा पहिलो पटक पुगेका जिल्ला अदालत चैनपुरका न्यायाधीश भोजराज अधिकारीलाई स्थानीयले भव्य स्वागत गरे । सामान्यतया शाखा अधिकृतसम्मका कर्मचारी नदेखेका हटियाबासीले न्यायाधीशलाई प्रत्यक्ष देखेपछि फूलमाला र खादा लगाएर स्वागत गरे । न्यायाधीस अधिकारीले पनि स्थानीयलाई अदालत र जनसमूदाय बीच निकटता बढाउने र समूदायको न्यायमा पहु“च अभिबृद्धि गर्ने उद्देश्यले न्यायिक संवाद गर्न हटियासम्म ३ दिन हिडेर आएको बताए । उनले स्थानीयलाई गाउ“घरमा भएका समस्या खुलेर राख्न आग्रह गरे । 

जिल्ला अदालतको आव ०७३/७४ को वार्षिक कार्य योजनामा निर्धारण भए अनुसार पहिलो पटक मकालु हिमालको फेदी भोटखोला क्षेत्रको हटिया गोलामा शनिबार न्यायिक संवाद राखेको हो ।  जिल्ला न्यायाधीश अधिकारीस“गै निमित्त जिल्ला न्यायाधिवक्ता एकराज अधिकारी, स्रेस्तेदार कुमार मास्के, बार इकाइका अध्यक्ष उमेश शाक्य र अधिवक्ता परशुराम रिजालले न्यायिक मूल्य मान्यताहरु, अदालतको काम कारवाही तथा कार्य्विधिगत पक्षमा प्रस्तुती राखेका थिए ।

कृष्ण माविकी विद्यार्थी सोनिया भोटेले भोटे समूदायमा आफूलाई मन परेका युवतीलाई जवरजस्ती तानेर विवाह गर्ने प्रचलन अझै पनि रहेकोले यसको उपचारका लागि कानूनमा के कस्तो व्यवस्था छ ? उनले न्यायाधीश अधिकारीसमक्ष प्रश्न राखिन् । अधिकारीले जवरजस्ती विवाह गर्न नमिल्ने हुँदा त्यस्तो कार्य गर्नेलाई कानूनतः सजाय हुने व्यवस्था रहेको बताए । सहभागीहरुले कानून, विवाद समाधानका तौर तरिका, अदालती प्रकृया, स्थानीय रुपमा गरेको सम्बन्ध विच्छेदले कानूनी मान्यता पाउने नपाउने र समाजमा रहेको कूसंस्कृति कसरी हटाउने भन्ने बारेमा जिज्ञासा समेत राखेका थिए । 

स्थानीयबासिन्दा नोर्चे भोटेले भन्सार कार्यालय सदरमुकाम खा“दबारीमा रह“दा समस्या भएको गुनासो पोखे । उत्तरी भोटखोला क्षेत्रका बासिन्दा आफ्नो उत्पादन समेतका सामाग्री सदरमुकामसम्म लैजान समस्यामा छौ, भन्सार कार्यालय उत्तरी क्षेत्रमा राखिनु पर्यो, उनले भने, किमाथांका नाकामा भन्सार कार्यालय नभएको र अहिलेसम्म कर्मचारी देखिएका छैनन्, यो समस्याको समाधान गरिदिनुपर्यो  । न्यायाधीश अधिकारीले भन्सारका बिषयमा आफूले बोल्न नमिल्ने हु“दा यो समस्या प्रमुख जिल्ला अधिकारीसम्म पुर्याउने आश्वासन दिए । 

भोटखोला क्षेत्रमा आएर यस्ता प्रकारका न्यायिक संवाद पहिलो पटक गरिएकोमा स्थानीयले खुसी व्यक्त गरे । अदालत र जनसमुदाय बीचको दूरीलाई कम गर्न, अदालत प्रतिको जनआस्थामा अभिबृद्धि गर्न र समाजमा न्यायिक सुशासन कायम गर्नमा सघाउ पुग्ने हु“दा संवाद धेरै उपयोगी र समय सान्दर्भिक भएको भोटेले प्रतिक्रिया दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला