२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मार्मा क्षेत्रमा पहिलोपटक गाडी पुग्यो

२०७३, ५ आश्विन बुधबार ०४:२६

असोज ५, बैतडी । दार्चुलाको मार्माक्षेत्रका पहिलोपटक गाउँ गाडी पुगेको छ । कञ्चनपुरको महेन्द्रनगरबाट आएको महाकाली यातायातका ना५ख ७३५७ नम्बरकोे बस पहिलोपटक लटिनाथबजारमा पुगेपछि त्यस क्षेत्रका स्थानीय बासिन्दा हर्षित बनेका छन् । 

दार्चुलाको दुर्गम क्षेत्रका रुपमा रहेको मार्माक्षेत्रमा मङ्गलबार पहिलोपटक गाडी पुगेको हो । “हाम्रो गाउँमा पहिलोपटक गाडी पुग्दा निकै खुसी भएका छौँ,” स्थानीयवासी दिनेश सिंहले भन्नुभयो – “पहिलोपटक गाउँमै बस पुगेको छ । अब बस चढेर सजिलै गाँउमै पुगिने भयो ।” 

पहिलोपटक लटिनाथमा बस पुगेपछि स्थानीय बासिन्दाले बसचालक र बसधनीलाई भव्य स्वागतसमेत गरेका थिए । मार्मा क्षेत्रमा गाडी पु¥याउन सडक केही अप्ठ्यारो भए पनि अब नियमित बस सञ्चालनमा आउने बस धनी दिनेशबहादुर चन्दले बताउनुभयो । 

यसअघि रिलपैरो भन्ने ठाउँमा पहिरो जानुका साथै अन्य केही ठाउँमा सडक साँघुरो भएकाले त्यस क्षेत्रमा बस सञ्चालन हुन सकेको थिएन । पहिरो गएको ठाउँमा जेसिबीले पहिरो पन्छाउनुका साथै सडक फराकिलो गरेपछि बस सञ्चालनमा आएको हो । यसअघि बैतडीको गन्नाबजारसम्म मात्र बस चल्दै आएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेनसँग ४९ हजार ६१४ मतले ओली पराजित झापा-५ मा ओली र बालेनबीच ४८ हजार मतान्तर झापा–३ बाट राजेन्द्र लिङदेनलाई हराउँदै रास्वपाका पाठक निर्वाचित ७१ स्थानको अन्तिम मतपरिणाम: रास्वपाको ५६ सिट झापामा अन्तिम मतपरिणाम आउन लाग्दा सुरक्षा व्यवस्था कडा राप्रपाको पहिलो जित, जुम्लामा ज्ञानेन्द्र शाही विजयी सुनसरी–१ मा ४ हजार मतले अघि बढे हर्कराज साम्पाङ अहिलेको निर्वाचन परिणामले देशमा समस्या निम्त्याउन सक्ने: पृथ्वीसुब्बा गुरुङ नुवाकोट- २ मा रास्वपाका अचुतम लामिछाने विजयी गोरखा १ मा रास्वपाका सुधन गुरूङको सुरुवाती अग्रता ५० स्थानको अन्तिम मतपरिणाम आउँदा रास्वपालाई ३९ सिट, ८० स्थानमा अगाडि झापा ५ मा बालेन शाह ३८ हजार ६५ मतले अग्रता समानुपातिकतर्फ १ लाख मत कटाउने पहिलो दल रास्वपा फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त