२०८२, ४ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेप्सेमा दोहोरो अङ्कको गिरावट

२०७९, १७ फाल्गुन बुधबार ११:४२

फागुन १७, काठमाडौँ | नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज दोहोरो अङ्कको गिरावट देखिएको छ । आज परिसूचक २४ दशमलव ४४ अङ्कले घटेर एक हजार नौ सय ९५ दशमलव ४९ विन्दुमा कामय भएको हो । 

नेप्से परिसूचक करिब दुई महिनापछि दुई हजारको अङ्क भन्दा तल झरेको हो । आज दुई सय ५७ वटा कम्पनीको ३७ लाख २९ हजार नौ सय ७६ कित्ता शेयर २६ हजार चार सय ५४ पटक खरिद–बिक्री हुँदा रू एक अर्ब २८ करोड ८३ लाख ६३ हजार चार सय बराबरको कारोबार भएको छ ।

आज सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक एक सय ५६ दशमलव ८१ र उत्पादन समूहको उपसूचक एक सय ११ दशमलव २० अङ्कले घटेको छ । बैंङ्किङ समूह सात दशमलव ६३, विकास बैंक ५१ दशमलव ४५, वित्त समूह १० दशमलव ५७, होटल तथा पर्यटन समूह ४७ दशमलव ०७ र जलविद्युत् समूह ३४ दशमलव ९५ अंकले घटेको नेप्सेले जनाएको छ ।

त्यसैगरी, आज लघुवित्त समूहको उपसूचक एक सय ४ दशमलव ६७ र निर्जीवन बीमा समूहको उपसूचक ९७ दशमलव ६२ अकले घटेको छ । लगानी समूह शून्य दशमलव ५६, म्युचुअल फन्ड शून्य दशमलव ११ व्यापार समूह २७ दशमलव ७१ र अन्य समूह १९ दशमलव ११ अङकले घटेको छ । आज आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सबैभन्दा धेरै बोटलर्स नेपाल (तराई) लिमिटेडको शेयर मूल्य ९ दशमलव ६१ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको रू आठ करोड ७२ लाख ३७ हजार बराबरको एक लाख ७९ हजार चार सय ९० कित्ता शेयर खरिद–बिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की