२०८२, ४ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आउँदा पनि नेपालमा किन घटेन ? यस्तो भन्छ आयल निगम

२०७९, १८ फाल्गुन बिहीबार ०५:१५

फागुन १८, काठमाडौँ | भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आँउदापनि नेपालमा भने तत्काल नघट्ने भएको छ । नेपाल आयल निगमले एक विज्ञप्ति जारी गर्दै तत्काल मूल्य नघटाउने भनेको छ । निगमले पछिल्लो सूची अनुसार खाना पकाउने ग्याँसबाहेक अन्य सबै प्रकारका इन्धनको मूल्य घटेर आएको तर, उपभोक्ता मूल्य अहिलेलाई यथावत राख्ने निर्णय भएको जनाएको छ । पछिल्लो मूल्यपछि निगमलाई १५ दिनमा ४४ करोड रुपैयाँ नाफा हुनेछ । यस्तै, ऋण र बक्यौता गरेर करिब १६ अर्ब रुपैयाँ दायित्व बाँकी नै रहेको निगमको भनाइ छ । 

बुधबार आईओसीले पठाएको नयाँ मूल्य सूचीमा डिजेल प्रतिलिटर ५ रुपैयाँ ५ पैसा, पेट्रोल प्रतिलिटर १ रुपैयाँ २१ पैसा, मट्टीतेल प्रतिलिटर ३ रुपैयाँ ४० पैसा र हवाई इन्धन प्रतिलिटर ७ रुपैयाँ ३ पैसा घटेर आएको थियो । यस्तै, एलपी ग्याँस भने प्रतिसिलिन्डर ३०० रुपैयाँले बढेर आएको छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटबढ भइरहँदा त्यसको असर नेपालमा पनि देखा परेको हो । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ