५ कार्तिक २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रानीमहल र श्रीनगरबाट ४५ लाख राजस्व सङ्कलन

२१ फाल्गुन २०७९, आईतवार ०७:५६

फागुन २१, काठमाडौँ | नेपालको ताज महलका नामले चिनिने रानीमहल अवलोकनबाट रु ३० लाख राजस्व सङ्कलन भएको छ । चालु आर्थिक वर्ष २०७९/८० को सात महिनामा आन्तरिक तथा बाह्य पर्यटक अवलोकनबाट तानसेन नगरपालिकाले सात महिनामा उक्त रकम सङ्कलन गरेको हो ।

पाल्पाको तानसेन नगरपालिकामा अवस्थित रानीमहल पुरातत्व विभागअन्तर्गत रहेको छ । विसं २०७५ साउनमा विभागले १० वर्षका लागि नगरपालिकालाई हस्तान्तरण गरेको थियो । नगरपालिकाले रानीमहलको सरसफाइ, सजावट र व्यवस्थापन गर्दै आएको छ । रानीमहल व्यवस्थित बनेपछि यहाँ आउने पर्यटक बढेसँगै राजस्वमा वृद्धि भएको हो । 


नगरपालिकाका प्रवक्ता यादवसिं कार्कीका अनुसार साउनदेखि माघसम्ममा ५० हजार बढी पर्यटकले रानीमहलको अवलोकन गरेका छन् । दैनिक दुई सय बढी पर्यटक भित्रिने गरेका छन् । गत वर्ष रु सात लाख टिकट बिक्रीबाट आम्दानी गरेको नगरपालिकाले यस वर्ष सात महिनामै तेब्बर लक्ष्य पूरा गरेको छ । “विगतका वर्षमा नगरपालिकाले ठेक्का प्रक्रिया अपनाउँदा थोरै राजस्व सङ्कलन गरेको थियो”, प्रवक्ता कार्की भन्नुहुन्छ, “यस वर्षदेखि नगरपालिका आफैँले कर्मचारी परिचालन गरी व्यवस्थापन गर्दा राजस्व वृद्धि गरेको हो ।”

नगरपालिकाको शिरले चिनिने अर्को महत्वपूर्ण पर्यटकीयस्थल श्रीनगर हो । यो वनभोजस्थल पनि हो । पाल्पा, स्याङ्जा, गुल्मी, रुपन्देही, कपिलवस्तुबाट यहाँ वनभोज मनाउन आउनेको घुइँचो लाग्ने गर्दछ । चालु आवको सात महिनामा ७० हजार बढी पर्यटकले श्रीनगरको अवलोकन गरेका छन् । शान्त, मनोरम र स्वच्छ हावापानीको आनन्द लिन पर्यटक यहाँ आउने गर्दछन् । 

श्रीनगर अवलोकनबाट नगरपालिकाले रु १५ लाख राजस्व सङ्कलन गरेको छ । यहाँ नगरपालिकाले खानेपानी, विद्युत् तथा सरसफाइको व्यवस्थापन गरेको छ । श्रीनगरको नगरपालिकाले व्यवस्थापन र प्रचारप्रसारले पर्यटकको सङ्ख्या बढेको नगरपालिकाका प्रेस सल्लाहकार मुक्ति न्यौपानेले बताउनुभयो । चालु आवदेखि नगरपालिका आफँैले श्रीनगर व्यवस्थापन गर्न थालेपछि राजस्व वृद्धि भएको हो । 

नगरपालिकाले रानीमहल दरबार अवलोकनका लागि रु ५० तोकेको छ । सार्क देशका लागि रु ८० र अन्य मुलुकका नागरिकले रु एक सय ५० तिरेर दरबारको अवलोकन गर्ने गरेका छन् । त्यस्तै श्रीनगर अवलोकनका लागि रु २०  लिने गरिएको छ । नगरपालिकाभित्र रानीमहल र श्रीनगरका साथै भगवती मन्दिर, अमरनारायण मन्दिर, सित्तलपार्टी, मूल ढोका, पाल्पा दरबार, ऋषिकेश मन्दिरलगायतका धार्मिक, ऐतिहासिक तथा पर्यटकीयस्थल पर्दछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केन्द्रीय मूख्यालय च्यासलमा एमालेको सचिवालय बैठक सुरु रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति गृहमन्त्री लेखकको प्रश्न : आफैँ गल्ती गर्ने अनि ठिक छु भन्ने ? रवि लामिछाने पक्राउ पर्नु सहकारी छानबिन प्रतिवेदनको सुरुवात मात्र हाे : सरकार यी हुन् शुक्रबार बसेको मन्त्रिपरिषद्का निर्णयहरू रवि लामिछानेको बयान सकियो, ६ दिनको म्याद थप्न माग रविविरुद्धको बहस सकियो, म्याद थपबारे निर्णय केहीबेरमा रास्वपाको प्रदर्शनले प‍ाेखरा तनावग्रस्त, प्रदर्शनकारीमाथि पानीकाे फोहोरा प्रहार जलनका बिरामीको निःशुल्क उपचार गर्ने सरकारको निर्णय असोजमा रोजगारीका बिदेसिए लागि ५३ हजार बढी युवा शान्तिपूर्ण आन्दोलमा सुरक्षा गर्नुपर्ने प्रहरी प्रशासनबाटै दमन भयो : तोसिमा कार्की रवि लामिछानेको समर्थनमा प्रदर्शन गरिरहेकी एक महिला प्रहरी नियन्त्रणमा रेमो डिसूजा, उनकी पत्नी सहित अन्य पाँच जनामाथि ठगीको उजुरी मलाई अदालतले न्याय दिनेछ: रवि लामिछाने रविलाई कास्की अदालतमा पुर्‍याइयो, पक्षमा ७ अधिवक्ताले बहस गर्ने रवि लामिछानेलाई रिहा गर्न माग गर्दै रास्वपा भक्तपुरको ज्ञापनपत्र कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक साफ च्याम्पियनसिपका लागि सावित्रा भण्डारी फ्रान्सबाट आज नेपाल आउँदै निषेधाज्ञाबीच पोखरामा रास्वपाको प्रदर्शन, स्थिति तनावग्रस्त रविको समर्थनमा भइरहेको प्रदर्शनलाई नियन्त्रण गर्न पोखराका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी