२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

वाणिज्य बैंकहरुले घटाए ऋणको ब्याजदर, कसले कति घटाए ?

२०७९, २३ फाल्गुन मंगलवार ०९:३३

फागुन २३, काठमाडौँ | वाणिज्य बैंकहरुले ऋणको ब्याजदर घटाएका छन् । उच्च ब्याजदरले आक्रान्त भएको भन्दै केही ऋणीहरुले बैंकहरुविरुद्ध आन्दोलनसमेत गरेका थिए । ब्याजदर घटाउन अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकसमेत गुहारेका उनीहरुलाई बैंकले ब्याजदर घटाएपछि केही राहत पुग्ने देखिएको छ ।

सानिमा बैंकले आधारदरमा लिने गरेको अतिरिक्त प्रिमियममा २ प्रतिशतसम्म घटाएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) निश्चलराज पाण्डेले यसअघि ६ प्रतिशतसम्म प्रिमियम लिने गरेकोमा अब ४ प्रतिशतभन्दा बढी नलिने गरी व्यवस्था गरिएको बताए ।

‘जुन खालको ऋणमा ६ प्रतिशत प्रिमियम थियो । त्यसमा २ प्रतिशत घटेको छ । ५ प्रतिशत भएकोमा १ प्रतिशत घटेको छ र ४.५ प्रतिशत प्रिमियम भएकोमा ०.५ प्रतिशतले घटेको छ’, उनले भने ।

प्रिमियमसँगै ऋणको ब्याजदर पनि केही घटेको छ । अहिले सानिमा बैंकको आधारदर माघ मसान्तसम्मको तथ्यांकअनुसार १०.८५ प्रतिशतसम्म छ । यस आधारमा ४ प्रतिशत प्रिमियम थप्दा बैंकको अधिकतम ब्याजदर १४.८५ प्रतिशतसम्म हुन आउँछ ।

सिटिजन्स बैंकले पनि प्रिमियम घटाएको छ । बैंकका प्रवक्ता नारायण अधिकारीले प्रिमियम घटेको जानकारी दिए ।

सिटिजन्सले आधारदरमा ६ प्रतिशतसम्म प्रिमियम जोडेर ब्याजदर लिँदै आएको थियो । उसको आधारदर ११.३९ प्रतिशत छ । उसले २ प्रतिशतसम्म प्रिमियम घटाएको जनाएको छ ।

त्यस्तै एभरेष्ट बैंकले १ प्रतिशत प्रिमियम घटाएको छ । उसले आधारदरमा ५ प्रतिशतसम्म प्रिमियम जोडेर ब्याज लिँदै आएको थियो । एभरेष्टको आधारदर ९.८६ प्रतिशत छ ।

बैंकहरुले प्रिमियम घटाएसँगै ब्याजदर पनि घट्ने संकेत दिएका छन् । प्रिमियम घटाएका बैंकहरुले ऋणीलाई ब्याजदर घटेको जानकारी दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ