३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

२५ फाल्गुन २०७९, बिहीबार १०:१२

फागुन २५, काठमाडौँ | धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५० दशमलव शून्य चार अङ्कले बढेर दुई हजार दुई दशमलव ७० अङ्कमा पुगेको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक नौ दशमलव २७ अङ्कले बढेर  तीन सय ७९ दशमलव ५० मा पुगेको छ । कारोबार भएका कूल १३  उपसमूहको शेयर मूल्यमा नै आज वृद्धि भएको छ ।

विभिन्न कम्पनीका ४५ लाख ६६ हजार ४३ कित्ता शेयर रू एक र्ब ५६ करोड ५५ लाख ५८ हजार आठ सय दुई मूल्यमा खरिद बिक्री भएका छन् । आजको कारोबारपछि बजार पुँजीकरण रु २९ खर्ब एक अर्ब ३१ करोड ७२ लाख ३८ हजार दुई सय २२ पुगेको छ । 

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । कम्पनीको रु सात करोड ८५ लाख ८८ हजार तीन सय १७ बराबरको कारोबार भयो   हिमालयन डिस्टिलरी रु पाँच करोड ७३ लाख १७ हजार दुई सय ७१, अरुण काबेली पावर रु चार करोड ७६ लाख ४६ हजार छ सय ८८,नवील बैंक रु तीन करोड ५७ लाख ८५ हजार दुई सय सात र शिव श्री हाइड्रोपावरका लगानीकर्ताले रु तीन करोड ४० लाख ६६ हजार चार सय ९९ बराबरको कारोबार भई शीर्ष पाँचभित्र परेका छन् । 

नेप्सेका अनुसार शुभम पावर नौ दशमलव ९८, नेपाल इन्स्योरेन्स कम्पनी नौ दशमलव ४४, शिव श्री हाइड्रोपावर आठ दशमलव ५२, अभियान लघुवित्त सात दशमलव ५९ र जोशी हाइड्रोपावरको शेयर मूल्य सात दशमलव ४३ प्रतिशतले बढेको छ । 

त्यस्तै, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ पाँच दशमलव ८१, प्राइम बैंकको ऋणपत्र एक दशमलव ९९,सिटिजन म्युचुअल फण्ड पहिलो एक दशमलव ८७, सिटिजन म्युचुअल फण्ड दोस्रो एक दशमलव ७९ र लक्ष्मी उन्नती कोषको मूल्य एक दशमलव ७५ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ