कालिकास्थान, रसुवा,  । आत्म निर्भर केन्द्र र परिवर्तनलगायतका संस्थाले सुरु गरेको भूकम्प पछिको कृषिको कार्यक्रम प्रभावकारी बन्दै गएको ।

रसुवामा जिल्लामा समुदायका कि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कालिकास्थान, रसुवा,  । आत्म निर्भर केन्द्र र परिवर्तनलगायतका संस्थाले सुरु गरेको भूकम्प पछिको कृषिको कार्यक्रम प्रभावकारी बन्दै गएको ।

रसुवामा जिल्लामा समुदायका कि"/>

२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

जीविकोपार्जन कार्यक्रम प्रभावकारी बन्दै

६ आश्विन २०७३, बिहीबार ०२:०३

कालिकास्थान, रसुवा,  । आत्म निर्भर केन्द्र र परिवर्तनलगायतका संस्थाले सुरु गरेको भूकम्प पछिको कृषिको कार्यक्रम प्रभावकारी बन्दै गएको ।

रसुवामा जिल्लामा समुदायका किसानहरूलाई भूकम्पपछिको पुनस्र्थापनामा सहयोग पुर्याउने उद्देश्यका साथ व्यवसायिक तरकारी खेतीमा सामुदायिक आत्मनिर्भर सेवा केन्द्रले सहयोग पुर्याइरहेको छ । परियोजनामार्फत हालसम्म ४८६ परिवार भूकम्प पीडितले जीविकोपार्जनमा सहयोग पाएका छन् । लामो समयदेखि भूमि अधिकार अभियानमा सघाइरहेको आत्मनिर्भर केन्द्रले जिल्लामा भूमिहीन, साना किसान र महिला किसानको जीविकामा सुधार ल्याउन र आयआर्जन बृद्धि गर्नको लागि टेवा पुर्याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको आत्मनिर्भर केन्द्रका संयोजक विश्वास नेपालीले बताए ।

आत्मनिर्भर केन्द्रले दक्षिणी रसुवाको लहरेपौवा, भोर्ले र धैबुङ गाविसमा भूकम्पपछि जीविकोपार्जन कार्यक्रम सञ्चालन गरेको छ । यो कार्यक्रमले समुदायका साना तथा भूकम्प पीडित किसानलाई व्यवसायिक तरकारी खेतीमार्फत उनीहरूको जीविकामा सुधार गर्न आयआर्जन गरी त्यसबाट प्राप्त आम्दानीले भत्केको वा गुमेको संरचनाको पुनर्निर्माणको लागि सहयोग पुग्ने संयोजक नेपालीले बताए ।

आत्मनिर्भर केन्द्रले तीन गाविसमा ४८६ परिवार किसानहरूलाई व्यवसायिक तरकारी खेतीतर्फ आकर्षित गरेको छ । केन्द्रले २०० परिवारलाई गोलभेंडा खेती, १२० परिवारलाई काउली खेती, ९६ परिवारलाई प्याज खेती, ३७ परिवारलाई आलु खेती, १६ परिवारलाई बाख्रा पालन र १६ परिवारलाई मौरीपालनमा सहयोग गरेको छ । यस्तो सहयोगमा पाउनेमा समुदायका भूमिहीन, साना किसान, एकल महिला र महिला किसानलाई बढी छन् । उनीहरूले व्यवसायिक हिसावमा खेती गरिरहेका छन् ।

संयोजक विश्वास नेपालीका अनुसार हालसम्म २०० जना किसानसँग ४०० वटा टनेल छन्, यस्तो टनेलमा उत्पादन भएको गोलभेडा बिक्री गरी ३ महिनामा ३३ हजार केजी गोलभेंडा बिक्री गरी किसानले १४ लाखभन्दा बढी आम्दानी लिएका छन् । यस्तै ३७ जना किसानले गरेको आलु खेतीबाट ८ लाख र ९६ जना किसानले गरेको प्याज खेतीबाट ६ लाखभन्दा बढी आम्दानी किसानले गरिसकेका छन् ।

आत्मनिर्भर केन्द्रले तीन गाविसमा सञ्चालन गरेको कार्यक्रमको अनुगमन जिल्लास्तरीय सरोकारवाला निकायको सहभागितामा सम्पन्न भएको छ । अनुगमन क्रममा गोलभेडा खेती, काउली खेतीको अवलकोन गरियो भने समुदायको किसानहरूसँग पनि छलफल गरिएको थियो । किसानहरूले आत्मनिर्भर केन्द्रको काम किसानलाई व्यसायिक बनाउने खालको भएकाले आफूहरूलाई खुसी लागेको बताएका

छन् ।

फिल्डमा कार्यक्रम प्रभावकारीरुपमा सञ्चालन भइरहेको र स्थानीयले फाइदा पाइरहेको महशुस गरेको आफूले पाएको अनुगमनपछि प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले बताउनुभयो ।

अनुगमन टोलीमा सहभागी स्थानीय विकास अधिकारी राजेन्द्रदेव पाण्डेले भन्नुभयो, आत्मनिर्भर केन्द्रले सञ्चालन गरेको कार्यक्रमले भूकम्प पीडित किसानहरुले फाइदा लिएका छन्, र व्यसायिक मोडलमा पनि गएको पाइयो । यसलाई निरन्तरता दिनु आवश्यक छ ।

अनुगमन टोलीमा सहभागी जिल्ला कृषि विकास कार्यालयमा प्रमुख रमेश हुमागाँईले भन्नुभयो, जिल्लामा जीविकोपार्जनको क्षेत्रमा काम गर्ने धेरै गैरसरकारी संस्थाहरूमध्ये आत्मनिर्भर केन्द्रले किसानहरूलाई सघाइरहेको मोडल प्रभावकारी लागेको बताउनुभयो । उहाँले भन्नुभयो, म जीविकोपार्जन कार्यक्रम कलष्टरको पनि संयोजन गरिरहेको छु र सबै संस्थाको कार्यक्रम हेरेको छु । तर, अरुको भन्दा यो संस्थाले किसानलाई तालिमदेखि प्रभावकारी अनुगमन र उत्पादीत सामग्रीको बजारसम्म पुर्याउन बजार पहुँच विस्तार गर्नेदेखि किसानले कति आम्दानी लिए र कति फाइदा भएसम्मको महशुस गराउन मद्दत गरेको छ । किसानहरू व्यवसायिक हुन खोजेका छन् । जुन राम्रो पक्ष हो ।

रसुवा धैबुङ ४ का कृषक खिलप्रसाद आचार्य भन्छन्, हामी किसानसँग घर निर्माण गर्न, भत्केको संरचनाको निर्माण गर्नको लागि पर्याप्त रकम छैन, घर निर्माण गर्ने भन्ने चिन्ता छ, तर अहिले व्यवसायिक तरकारी खेतीमा लागेका छौं, यसबाट आयआर्जन बढाउने, छोराछोरीको शिक्षादिक्षा खर्च गर्ने र अलि बढी आम्दानी लिन सकियो भने नयाँ घर निर्माणको लागि पनि खर्च गर्न सक्छौं भन्ने आशा छ । उनी आत्मनिर्भर केन्द्रको सहयोगमा २ वटा टनेल निर्माण गरी गोलभेडा खेती गरिरहेका छन् ।

लहरेपौवा ५ पैरवेशीकी शान्ति घलेले भनिन्, मैले गोलभेंडा खेतीबाट मात्र ४० हजार रुपियाँ आम्दानी लिएँ, यो पैसाले मैले घर बनाउन जस्तापाता र कामदार लगाउन खर्च गरे । मलाई संस्थाले २ वटा टनेल सहयोग गरेको थियो यसबाट राम्रो आम्दानी भयो, मलाई ज्यादै खुसी लाग्यो । गोलभेंडा खेतीलाई निरन्तर गर्ने सोचमा छु ।

अनुगमन टोलीले परिवर्तन नेपाल÷पात्रको लहरेपौवा र धैबुङ गाविसमा सञ्चालित जीविकोपार्जन र खानेपानी तथा सरसफाई कार्यक्रमको पनि अनुगमन गरेको छ । परिवर्तन नेपाल/पात्रले सञ्चालन गरेको कृषि फार्म तथा तालिम केन्द्र, विस्थापित वस्तीको लागि सञ्चालन गरेको तरकारी खेती, धानको बीउ उत्पादन कार्यक्रम, खानेपानी पानी निर्माण, विद्यालयमा खानेपानी निर्माण सहयोग कार्यक्रमलगायत कार्यक्रमको जिल्लाको सरोकारवाला निकायबाट अनुगमन भएको छ ।

कार्यक्रमको अनुगमन प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारी, स्थानीय विकास अधिकारी राजेन्द्रदेव पाण्डे, कृषि विकास कार्यालय प्रमुख रमेश हुमागाईँ, नेपाल पत्रकार महासघ रसुवाका अध्यक्ष हेमनाथ खतिवडा, प्रहरी नायव उपरिक्षकहरु फणिन्द्र प्रसाइँ र दर्शन गिरी, लहरेपौवा र धैबुङ गाविस सविचलगायत सरोकारवाला निकायको टोलीले गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला