२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अमेरिकाको बैंक बन्द हुँदा सुनको भाउ एकै दिन १७ सय बढ्यो

२०७९, २८ फाल्गुन आईतवार ०५:५८

फागुन २८, काठमाडौँ | आइतबार एकै दिन सुनको मूल्य प्रतितोला १ हजार ७ सय रुपैयाँले बढेको छ । अन्तर्राष्ट्रिय बजारमा शुक्रबार बजार बन्द हुँदा सुन एकै दिन प्रतिऔंस ३५.९ डलर बढेकाले नेपाली बजारमा आइतबार त्यसको असर परेको हो । अन्तराष्ट्रिय बजारको मूल्यअनुसार नेपालमा समायोजन हुन्छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला १ लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भएकोमा आइतबार प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँ पुगेको छ । यसअघि शुक्रबार सुनको मूल्य ८ सयले बढेको थियो ।

अमेरिकाको सिलिकन भ्याली बैंक बन्द हुनु र स्टक मार्केटमा त्यसको असर पर्नुले सुनको मूल्य बढेको जानकार बताउँछन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष मणिरत्न शाक्यले अमेरिकाको स्टक मार्केट ओरालो लाग्दा लगानीकर्ता सुनमा आकर्षित भएको र यसले मूल्य बढाएको बताए । 'विश्वका प्रमुख स्टक मार्केटले सुनको मूल्यलाई सिधा असर गर्छ, यसको प्रभाव पनि आइतबार देखिएको हो' उनले भने 

तरलताको समस्याका कारण अमेरिकी सिलिकन भ्याली बैंक बन्द भएको छ । बैंकले ठूलो रकमको बोन्ड बिक्री गरी तरलता व्यवस्थापन गर्दा त्यहाँको स्टक मार्केट समेत प्रभावित बन्न पुगेको छ । जसले गर्दा लगानीकर्ताको विश्वाष सुनप्रति बढेको शाक्यले बताए । सिलिकन बैंक बन्द भए पनि सबै बचतकर्ताको सबै रकम सुरक्षित रहेको सीएनबीसीले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ