२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

जलजला क्याम्पसले महोत्सवबाट उठाएको रकम सार्वजनिक नगरे मुद्दा दर्ता गर्ने चेतावनी

६ आश्विन २०७३, बिहीबार ०५:१९

उमा केसी/असोज ६, रोल्पा । जलजला बहुमुखी क्याम्पस, रोल्पाले महायज्ञबाट उठेको डेढ करोड रकम सार्वजनिक नगर्दा दानीले मुद्दा गर्ने चेतावनी दिएका छन् । क्याम्पसले एक वर्षसम्म पनि रकम सार्वजनिक नगर्दा दानीले यस्तो चेतावनी दिएका हुन् । 

गत वर्ष असोज ३ देखि १० गतेसम्म जलजला बहुमुखी क्याम्पसमा स्नातकोत्तर कक्षा सञ्चालन गर्ने तथा अक्षयकोष स्थापना गर्ने भन्दै धार्मिक महोत्सव सञ्चालन गरिएको थियो । धार्मिक महोत्सवमा नगद, जिन्सी गरी दुई करोडभन्दा बढी रकम उठेको भनिए पनि अहिलेसम्म सोको हिसाब किताब सार्वजनिक नहुँदा दानीहरुले चेतावनी दिएका हुन् । 

महोत्सवमा रु एक लाख ९१ हजार नगद दान गरेका खटकबहादुर खत्रीले उठेको रकम अविलम्ब सार्वजनिक गर्नुपर्ने बताउनुभयो । रकम दुरुपयोग भएको विषयमा आफूलाई शङ्का नभए पनि बजेट सार्वजनिक नहुँदा शङ्का गर्ने ठाउँ देखिएको बताउनुभयो । क्याम्पसले सो रकम सार्वजनिक नगरे सम्बन्धित निकायमा उजुरी दिने उहाँले बताउनुभयो । 

महायज्ञमा स्वर्गवासी श्रीमान्को सम्झनामा रु ७५ हजार दान गरेकी तुलसा आचार्यले क्याम्पसको गेटमा श्रीमान्श्रीमतीको नाम अङ्कित गर्ने भनिएकोमा हालसम्म कुनै प्रक्रिया अगाडि नबढाइएकोमा असन्तुष्टि पोख्नुभयो । दान गर्दा जुन सर्त राखिएको थियो सो अनुसार नगरे आफूले सम्बन्धित निकायमा मुद्दा गर्ने बताउनुभयो । 

स्नातकोत्तर तहको पढाइ हुने आशामा रु ३१ हजार १११ दान गरेकी शान्ति कक्षपतिले हालसम्म पनि स्नातकोत्तर तहको पढाइ सञ्चालन गर्नेबारे कुनै प्रक्रिया नचालेको बताउनुभयो । क्याम्पसले स्नातकोत्तर तहको कक्षा सञ्चालन नगर्ने हो भने आफूहरुको पैसा फिर्ता हुनुपर्ने बताउनुभयो । यस सम्बन्धमा क्याम्पस प्रमुख कृष्णप्रसाद न्यौपानेले कबोल गरेका सबै पैसा प्राप्त नभएको हुँदा सार्वजनिक गर्न नसकेको स्वीकार गर्नुभयो । 

असोज महिनाभित्रै सबै हिसाबकिताब मिलान गरेर सार्वजनिक गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो । क्याम्पसको नियमित खातामा रकम अभाव भएका कारण शिक्षक कर्मचारीको तलबका लागि महायज्ञको खाताबाट केही रकम सापटीस्वरुप खर्च गरिएको पनि उहाँले जानकारी दिनुभयो । 

यसै विषयमा जलजला बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष प्रेमप्रकाश हमालको धारणा बुझ्दा हिमानी ट्रस्टबाट केही रकम दिने भनिए तापनि हालसम्म सो रकम आउने÷नआउने निश्चित नभएकाले पनि सार्वजनिक गर्नमा ढिलाइ भएको बताउँदै दानीले पनि घोषणा गरे अनुसारको रकम अझै नबुझाएको बताउनुभयो । 

महायज्ञमा नगद रु एक करोड ५० लाख उठेकोमा दाङमा रहेको एक बंैकमा रु ७५ लाख अक्षयकोषका रुपमा राखिएको छ भने करिब रु ४५ लाख जति महायज्ञमा खर्च भएको र बाँकी रकम क्याम्पसले सापटी लगेको अध्यक्ष हमालले जानकारी दिनुभयो । 

महायज्ञमा विभिन्न पाँचजना दानीले जग्गासमेत दान गरेको भएपनि हालसम्म कसैले पनि जग्गा क्याम्पसलाई रजिस्ट्रेसन पास नगरिदिएको हमालले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ