२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एसईई बहिष्कार गर्ने मधेश प्रदेश सरकारको निर्णय

२०८१, ५ चैत्र मंगलवार १८:१८

जनकपुरधाम ।  मधेश प्रदेश सरकारले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) बहिष्कार गर्ने निर्णय गरेको छ ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मंगलबार पत्रकार सम्मेलन गर्दै परीक्षा बहिष्कार गर्ने निर्णय सार्वजनिक गरेका हुन् ।

मधेश सरकारकी शिक्षा र संस्कृतिमन्त्री रानी शर्मा तिवारी समेत उपस्थित पत्रकार सम्मेलनमार्फत एसईई केन्द्राध्यक्ष चयन प्रक्रियामा आपत्ति जनाइएको छ । राष्ट्रिय परीक्षा बोर्डको नियमावली र प्रदेश सरकारको निर्देशनविपरीत केन्द्राध्यक्ष नियुक्ति प्रक्रिया अघि बढाइएको सरकारको आरोप छ ।
एसईई व्यवस्थित, मर्यादित र प्रतिष्ठित बनाउन मधेश प्रदेश सरकारले केन्द्राध्यक्ष नियुक्ति गोलाप्रथाबाट गर्ने निश्चित विधि र प्रक्रिया तय गरेकोमा प्रदेश परीक्षा सञ्चालन र व्यवस्थापन समितिको मार्गनिर्देशनमा परीक्षा समन्वय समितिहरूलाई निर्देशन दिइएको थियो ।

प्रक्रियाअन्तर्गत परीक्षा प्रणालीको निष्पक्षता, पारदर्शिता र विश्वसनीयता सुनिश्चित गर्नका लागि केन्द्राध्यक्ष नियुक्ति गर्दा स्वार्थ समूहको दबाब वा हस्तक्षेपको जोखिमलाई नियन्त्रण गर्न गोलाप्रथाको व्यवस्था गरिएको भए पनि हालसम्म जिल्ला परीक्षा समन्वय समितिहरूले पूर्ववत् व्यवस्था पालना गर्दै केन्द्र निर्धारण गरिएका विद्यालयका प्रधानाध्यापकलाई केन्द्राध्यक्ष नियुक्त गरेका छन्, जसलाई निर्णयलाई प्रदेश सरकारले अस्वीकार गरेको छ ।

परीक्षा सञ्चालन र व्यवस्थापनका लागि कानूनी रूपमा अधिकारप्राप्त प्रदेश परीक्षा सञ्चालन र व्यवस्थापन समितिको निर्णयको उल्लंघन गर्दै केन्द्राध्यक्ष चयनको प्रक्रिया अघि बढाइएको आरोप छ । मधेश प्रदेशका मुख्यमन्त्री सिंहले भने, ‘परीक्षामा विकृति र बेथिति निम्त्याउने सम्भावना उत्पन्न गरेको यस प्रक्रिया अस्वीकार्य छ । प्रदेश सरकारको प्रयासलाई कमजोर पार्ने कार्य हुनसक्छ । परीक्षामा विकृतिका कारण चिटिङ र अनियमितता बढी हुने सम्भावना रहेको छ । हामीले एसईई परीक्षाको गरिमा र निष्पक्षता सुनिश्चित गर्न सरकारको ढंगले काम गरिरहेका छौं, जुन निर्णय संघीय शिक्षा मन्त्रालयको निर्देशनको उल्लंघन हो ।’

मुख्यमन्त्री सिंहले एसईई प्रक्रियामा प्रदेश सरकारको कुनै पनि असंवेदनशील निर्णय नहुने कुरा स्पष्ट गर्दै संघीय, प्रदेश र स्थानीय सरकारबीचको सहकार्य र समन्वयको महत्त्वलाई जोड दिएको बताए । ‘प्रदेश सरकार र संघीय सरकारका बीचको सहकार्यको महत्त्वलाई बुझ्दै हामीले परीक्षा प्रक्रियामा कुनै पनि प्रकारको विघटन गर्न चाहँदैनौं । एसईई स्वच्छ र पारदर्शी रूपमा सञ्चालन गरिनुपर्छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु