६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एसईई बहिष्कार गर्ने मधेश प्रदेश सरकारको निर्णय

५ चैत्र २०८१, मंगलवार १८:१८

जनकपुरधाम ।  मधेश प्रदेश सरकारले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) बहिष्कार गर्ने निर्णय गरेको छ ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मंगलबार पत्रकार सम्मेलन गर्दै परीक्षा बहिष्कार गर्ने निर्णय सार्वजनिक गरेका हुन् ।

मधेश सरकारकी शिक्षा र संस्कृतिमन्त्री रानी शर्मा तिवारी समेत उपस्थित पत्रकार सम्मेलनमार्फत एसईई केन्द्राध्यक्ष चयन प्रक्रियामा आपत्ति जनाइएको छ । राष्ट्रिय परीक्षा बोर्डको नियमावली र प्रदेश सरकारको निर्देशनविपरीत केन्द्राध्यक्ष नियुक्ति प्रक्रिया अघि बढाइएको सरकारको आरोप छ ।
एसईई व्यवस्थित, मर्यादित र प्रतिष्ठित बनाउन मधेश प्रदेश सरकारले केन्द्राध्यक्ष नियुक्ति गोलाप्रथाबाट गर्ने निश्चित विधि र प्रक्रिया तय गरेकोमा प्रदेश परीक्षा सञ्चालन र व्यवस्थापन समितिको मार्गनिर्देशनमा परीक्षा समन्वय समितिहरूलाई निर्देशन दिइएको थियो ।

प्रक्रियाअन्तर्गत परीक्षा प्रणालीको निष्पक्षता, पारदर्शिता र विश्वसनीयता सुनिश्चित गर्नका लागि केन्द्राध्यक्ष नियुक्ति गर्दा स्वार्थ समूहको दबाब वा हस्तक्षेपको जोखिमलाई नियन्त्रण गर्न गोलाप्रथाको व्यवस्था गरिएको भए पनि हालसम्म जिल्ला परीक्षा समन्वय समितिहरूले पूर्ववत् व्यवस्था पालना गर्दै केन्द्र निर्धारण गरिएका विद्यालयका प्रधानाध्यापकलाई केन्द्राध्यक्ष नियुक्त गरेका छन्, जसलाई निर्णयलाई प्रदेश सरकारले अस्वीकार गरेको छ ।

परीक्षा सञ्चालन र व्यवस्थापनका लागि कानूनी रूपमा अधिकारप्राप्त प्रदेश परीक्षा सञ्चालन र व्यवस्थापन समितिको निर्णयको उल्लंघन गर्दै केन्द्राध्यक्ष चयनको प्रक्रिया अघि बढाइएको आरोप छ । मधेश प्रदेशका मुख्यमन्त्री सिंहले भने, ‘परीक्षामा विकृति र बेथिति निम्त्याउने सम्भावना उत्पन्न गरेको यस प्रक्रिया अस्वीकार्य छ । प्रदेश सरकारको प्रयासलाई कमजोर पार्ने कार्य हुनसक्छ । परीक्षामा विकृतिका कारण चिटिङ र अनियमितता बढी हुने सम्भावना रहेको छ । हामीले एसईई परीक्षाको गरिमा र निष्पक्षता सुनिश्चित गर्न सरकारको ढंगले काम गरिरहेका छौं, जुन निर्णय संघीय शिक्षा मन्त्रालयको निर्देशनको उल्लंघन हो ।’

मुख्यमन्त्री सिंहले एसईई प्रक्रियामा प्रदेश सरकारको कुनै पनि असंवेदनशील निर्णय नहुने कुरा स्पष्ट गर्दै संघीय, प्रदेश र स्थानीय सरकारबीचको सहकार्य र समन्वयको महत्त्वलाई जोड दिएको बताए । ‘प्रदेश सरकार र संघीय सरकारका बीचको सहकार्यको महत्त्वलाई बुझ्दै हामीले परीक्षा प्रक्रियामा कुनै पनि प्रकारको विघटन गर्न चाहँदैनौं । एसईई स्वच्छ र पारदर्शी रूपमा सञ्चालन गरिनुपर्छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का