१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्यटन

इन्टर कलेज कुकिङ प्रतियोगिताको बिजेतालाई क्रमश: एक लाख, ७५ हजार र ५० हजार

७ बैशाख २०८२, आईतवार ००:४१

काठमाडौं । इन्टर कलेज कुकिङ कम्पिटिसनको बिजेताहरु घोषणा गरिएको छ । काठमाडौँको भृकुटीमण्डपमा सनिबार नेपाली सेफ सोसाइटिद्वारा आयोजित ऐतिहासिक भान्छे महासंग्रामको कार्यक्रम मार्फत भएको बिजेता घोषणा सहितको कार्यक्रममा ललितपुरस्थित एकेडेमी अफ कुलिनरी आर्ट्स बिजेता घोषित भएको छ ।

गत बिहिबार ललितपुरस्थित एकेडेमी अफ कुलिनरी आर्ट्समा आयोजना गरिएको इन्टर कलेज कुकिङ कम्पिटिसनको विजेताहरूले लाई क्रमश: १ लाख, ७५ हजार र ५० हजार रुपैयाँ पुरस्कारसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । गत बिहीबार सम्पन्न प्रतियोगितामा देशभरिका १३ कलेजका विद्यार्थीहरूले सहभागिता जनाएका थिए । उनीहरूले विभिन्न नेपाली परिकारहरू तयार पारी प्रस्तुति दिएका थिए ।

सनिबार भएको बिजेता घोषणा सहितको कार्यक्रममा निर्णायक मण्डलको नेतृत्व गरेका इन्डोनेशियाबाट आएका सेफ अतिम स्वेतिमले बिजेताहरु प्रथम द्वित्तीय र तृतीय बिजेता घोषणा गरे । उक्त प्रतियोगितामा एकेडेमी अफ कुलिनरी आर्ट्स एण्ड हस्पिटालिटी म्यानेजमेन्टले प्रथम स्थान प्राप्त गर्दै एक लाख रुपैयाँ नगद पुरस्कार जित्न सफल भएको छ । त्यस्तै दोस्रो स्थान स्टार सेफ हस्पिटालिटीले प्राप्त गर्दै ७५ हजार रुपैयाँ प्राप्त गरेको छ ।  त्यस्तै तेस्रो स्थान हिमालय व्हाईट हाउस इन्टरनेशनल कलेज प्राप्त गरेको छ । तेश्रो बिजेताले ५० हजार रुपैयाँ पुरस्कार जित्न सफल भएको छ ।

शनिबार भृकुटीमण्डप, काठमाडौंमा आयोजित औपचारिक कार्यक्रममा पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे प्रमुख अतिथि रहेको कार्यक्रमका बीच बिजेताहरुले सम्मान सहित पुरष्कार ग्रहण गरेका हुन् ।

सनिबार आयोजित कार्यक्रमकै एक भागस्वरूप फुड फेस्टिभल पनि भव्य रूपमा सम्पन्न भएको छ । जसमा ५० वटा स्टल रहेका थिए। तीमध्ये ४० वटा स्टल नेपाली खाना समर्पित थिए भने ५ वटा रैथाने बाली र नालीको प्रदर्शनका लागि राखिएको थियो । बाँकी ५ वटा स्टलमा नेपालको पर्यटन जानकारीको प्रस्तुति गरिएको थियो। खाना स्टलमा नेवारी, थकाली, थारु, राई, लिम्बु आदि समुदायका परम्परागत परिकारहरू प्रदर्शित गरिएका थिए।

फेस्टिभलले परम्परागत नेपाली स्वाद र रैथाने सामग्रीसँगै आधुनिक पाककलाको संयोजन गरी नेपाली खानाको भविष्य उज्यालो बनाउन सकिने सम्भावनाको झल्को दिएको छ।

कार्यक्रममा स्याप्रु नाच, सेर्पा समुदायको टूङना वादन, मगर संस्कृतिक झाँकी लगायत विभिन्न सांस्कृतिक प्रस्तुति दिइएको थियो। साथै चर्चित कलाकारहरू रामजी खाँड, विश्वराम कार्की, सुमन थापा मगर, कविता खत्री, फुट्टी शेर्पा लगायतले आफ्नो प्रस्तुति दिएर दर्शकलाई मनोरञ्जन प्रदान गरे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार