२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्यटन

इन्टर कलेज कुकिङ प्रतियोगिताको बिजेतालाई क्रमश: एक लाख, ७५ हजार र ५० हजार

२०८२, ७ बैशाख आईतवार ००:४१

काठमाडौं । इन्टर कलेज कुकिङ कम्पिटिसनको बिजेताहरु घोषणा गरिएको छ । काठमाडौँको भृकुटीमण्डपमा सनिबार नेपाली सेफ सोसाइटिद्वारा आयोजित ऐतिहासिक भान्छे महासंग्रामको कार्यक्रम मार्फत भएको बिजेता घोषणा सहितको कार्यक्रममा ललितपुरस्थित एकेडेमी अफ कुलिनरी आर्ट्स बिजेता घोषित भएको छ ।

गत बिहिबार ललितपुरस्थित एकेडेमी अफ कुलिनरी आर्ट्समा आयोजना गरिएको इन्टर कलेज कुकिङ कम्पिटिसनको विजेताहरूले लाई क्रमश: १ लाख, ७५ हजार र ५० हजार रुपैयाँ पुरस्कारसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । गत बिहीबार सम्पन्न प्रतियोगितामा देशभरिका १३ कलेजका विद्यार्थीहरूले सहभागिता जनाएका थिए । उनीहरूले विभिन्न नेपाली परिकारहरू तयार पारी प्रस्तुति दिएका थिए ।

सनिबार भएको बिजेता घोषणा सहितको कार्यक्रममा निर्णायक मण्डलको नेतृत्व गरेका इन्डोनेशियाबाट आएका सेफ अतिम स्वेतिमले बिजेताहरु प्रथम द्वित्तीय र तृतीय बिजेता घोषणा गरे । उक्त प्रतियोगितामा एकेडेमी अफ कुलिनरी आर्ट्स एण्ड हस्पिटालिटी म्यानेजमेन्टले प्रथम स्थान प्राप्त गर्दै एक लाख रुपैयाँ नगद पुरस्कार जित्न सफल भएको छ । त्यस्तै दोस्रो स्थान स्टार सेफ हस्पिटालिटीले प्राप्त गर्दै ७५ हजार रुपैयाँ प्राप्त गरेको छ ।  त्यस्तै तेस्रो स्थान हिमालय व्हाईट हाउस इन्टरनेशनल कलेज प्राप्त गरेको छ । तेश्रो बिजेताले ५० हजार रुपैयाँ पुरस्कार जित्न सफल भएको छ ।

शनिबार भृकुटीमण्डप, काठमाडौंमा आयोजित औपचारिक कार्यक्रममा पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे प्रमुख अतिथि रहेको कार्यक्रमका बीच बिजेताहरुले सम्मान सहित पुरष्कार ग्रहण गरेका हुन् ।

सनिबार आयोजित कार्यक्रमकै एक भागस्वरूप फुड फेस्टिभल पनि भव्य रूपमा सम्पन्न भएको छ । जसमा ५० वटा स्टल रहेका थिए। तीमध्ये ४० वटा स्टल नेपाली खाना समर्पित थिए भने ५ वटा रैथाने बाली र नालीको प्रदर्शनका लागि राखिएको थियो । बाँकी ५ वटा स्टलमा नेपालको पर्यटन जानकारीको प्रस्तुति गरिएको थियो। खाना स्टलमा नेवारी, थकाली, थारु, राई, लिम्बु आदि समुदायका परम्परागत परिकारहरू प्रदर्शित गरिएका थिए।

फेस्टिभलले परम्परागत नेपाली स्वाद र रैथाने सामग्रीसँगै आधुनिक पाककलाको संयोजन गरी नेपाली खानाको भविष्य उज्यालो बनाउन सकिने सम्भावनाको झल्को दिएको छ।

कार्यक्रममा स्याप्रु नाच, सेर्पा समुदायको टूङना वादन, मगर संस्कृतिक झाँकी लगायत विभिन्न सांस्कृतिक प्रस्तुति दिइएको थियो। साथै चर्चित कलाकारहरू रामजी खाँड, विश्वराम कार्की, सुमन थापा मगर, कविता खत्री, फुट्टी शेर्पा लगायतले आफ्नो प्रस्तुति दिएर दर्शकलाई मनोरञ्जन प्रदान गरे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी