२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

शिक्षा

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको बजेट एक अर्व १६ करोड

२०७५, १० भाद्र आईतवार १६:३३

भदौ १०, सुर्खेत | प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यपश्चिमाञ्चल विश्वविद्यालयहरुलाई प्राज्ञिक थलोको रुपमा विकास गर्न निर्देशन दिएका छन् । मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतको आठौं सिनेटलाई आईतबार बालुवाटारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पठनपाठनलाईभन्दा बढी देशलाई आवश्यक पर्ने अध्ययन अनुसन्धान हुनु जरुरी रहेको बताएका हुन् ।

सरकारले देशलाई आवश्यक पर्ने जनशिक्तिको पहिचान गरी त्यसै अनुसारको विद्यालय र कलेजहरु खोल्ने तयारी गरेको जानकारी पनि प्रधानमन्त्री ओलीले दिए । विश्वविद्यालयहरुले संख्यामाभन्दा पनि गुणस्तरमा ध्यान दिनुपर्ने भनाई प्रधानमन्त्री ओलीको थियो । यता, काठमाडौंमा सम्पन्न मध्यपश्चिमाञ्चल विश्वविद्यालयको सिनेटले चालु आर्थिक वर्षका लागि एक अर्ब १६ करोड ६५ लाख ५१ हजार ३३९ रुपैयाँको बजेट पारित गरेको छ । सिनेटले पारित गरेको बजेटमा पूजिगततर्फ ४९ करोड ३४ लाख र सञ्चालनतर्फ ६४ करोड ८१ लाख ५१ हजार ३३९ रुपैयाँ रहेको विश्वविद्यालयका सूचना अधिकारी शेरबहदुर केशीले जानकारी दिए । उनका एमयूको संगठन तथा शैक्षिक प्रशासनिक नियमावलीको तेस्रो संशोधन सिनेटले गरेको छ । यस्तै, मध्य पश्चिमाञ्चल विश्वविद्यालयका स्वायत्तता नियमावली २०७५ पनि पारित गरेको छ । 


मप विश्वविद्यालयका कुलपति तथा प्रधामन्त्री केशी शर्मा ओलीको व्यस्तताका कारण सिनेट काठमाडौंमै आयोजना गर्नु परेको विश्वविद्यालयले जनाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको सिनेटले यसअघि दश क्याम्पसलाई आज्ञिक बनाउने पारित गरेको निर्णय कार्यान्वय गर्ने भएको छ । कर्णाली र प्रदेश ५ का दश क्याम्पसले सोमबारदेखी नियुक्ती दिइने र थप नौं क्याम्पसलाई आज्ञिक बनाउन गरिएको प्रस्ताव सिनेटले पारित गरेको सूचना अधिकारी केसीले बताए । एमयुको आंज्ञिक क्याम्पस हुनेमा बागेश्वरी बहुमुखी क्याम्पस कोहोलपुर, बबई बहुमुखी क्याम्पस गुलरिया, मुसीकोट खलंगा बहुमुखी क्याम्पस रुकुम, भेरी ज्ञनोदय क्याम्पस जाजरकोट, भेरी शिक्षा क्याम्पस गुमी, विद्याविपुर जनता बहुमुखी विद्यापुर, नारायण क्याम्पस दैलेख, तिलाकर्णाली बहुमुखी कालिकोट, रारा बहुमुखी मुगु लगायत छन् । 

यस्तै, सिनेटले आंज्ञिक बनाउन प्रस्ताव गरिएका क्याम्पसहरुमा चामुण्डा क्याम्पस दैलेख, कोटदेवल जनआर्दश क्याम्पस दैलेख, गर्भाकोट बहुमुखी क्याम्पस सुर्खेत, रेशुंगा बहुमुखी गुल्मी, पानीनि बहुमुखी अर्घाखाँची, सिंजा बहुमुखी क्याम्पस जुम्ला, सिद्धार्थ बहुमुखी क्याम्पस कपिलबस्तु, शहिद नारायण प्रसाद रामपुर क्याम्पस रुपेन्देही र शितल क्याम्पस चौरजहारी रुकुम छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने