२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोटमा पाठ्यक्रम आयो प्रविधि आएन

२०७५, २६ भाद्र मंगलवार ०२:४४

भदौ २६, कालिकोट | नेपाल सरकार पाठ्यक्रम विकास केन्द्रले २०७० सालदेखि कक्षा ६ बाट कम्प्युटर शिक्षा अनिवार्य गरेको छ । कम्प्युटर शिक्षा अनिवार्य गरेको भए पनि जिल्लाका अधिकांश विद्यालय पाठ्यक्रम भए पनि कम्प्युटर छैनन् ।  विद्यालयमा कम्प्युटर शिक्षाको पाठ्यक्रम भए पनि यहाँका अधिकांश विद्याललयका विद्यार्थीले कम्प्युटर र कम्प्युटर शिक्षक समेत देख्न पाएका छैनन् ।

कम्प्युटर विषय अनिवार्य भएको भए पनि विद्यालयमा कम्प्युटर नहुँदा विद्यार्थीले कितावमा पढेका आधार नै परीक्षा दिनु परेको छ ।  नेपाल सरकार पाठ्यक्रम विकास केन्द्रले २०७० सालबाट कक्षा ६ देखि ८ सम्म अनिवार्य र कक्षा ९ र १० मा ऐच्छिक कम्प्युटर शिक्षा अनिवार्य लागू गरेको भए पनि विद्यार्थीले कम्प्युटर देख्न नपाएको पलाँताका शिक्षा अधिकृत कलबहादुर भण्डारीले बताए । ‘यहाँका अधिकांश विद्यार्थीले कम्प्युटर देख्न पाएका छैनन् ।’ उनले भने, ‘अनिवार्य गरिएको शिक्षामा प्रविधि दिन जरुरी छ। पाठ्यक्रम दिएर मात्र पुग्दैन् ।’ सरकारले ल्याएको अधुरो शिक्षा नीतिको मारमा दुर्गम तथा बिकट विद्यार्थी पर्ने गरेको त्यसका लागि शिक्षा नीति नै परिवर्तन गर्न आवश्यक रहेको नरहरीनाथ गाउँपालिका–९ जनप्रभात माध्यामिक विद्यालयका प्रधानाध्यापक निर्मलकुमार बिष्टले बताए। ‘शिक्षामा विद्यार्थी अनिवार्य कम्प्युटर बनाउने नीति सरकारले ल्यायो।’ उनले भने, ‘विद्यार्थीलाई कम्प्युटर आधारभूत ज्ञान सिकाइन्छ । तर, विद्यालयमा न कम्प्युटर छ । न विद्यार्थीले शिक्षक पाएका छन् ।’ स्थानीय तहले पनि शिक्षा नियमावलीमा समेत कम्प्युटर शिक्षा व्यवस्था गर्ने भनेको भए पनि विद्यालयहरूमा कम्प्युटर ने नभएकाले कसरी कम्प्युटर शिक्षालाई प्रभावकारी ढंगले पढाई गर्ने भन्नेमा समस्या रहेको नरहरीनाथ गाउँपालिका श्री शान्ति प्राथमिक विद्यालय प्रधानाध्यापक नबराज शाहीले बताए ।

‘जिल्लाभर रहेका विद्यालयमा कम्प्युटर शिक्षा पढाई हुन्छ तर विद्याथीले कम्प्युटर देख्न पाउँदैनन् ।’ उनले भने, ‘कम्प्युटर शिक्षालाई कि अनिवार्य नगर्नु पर्ने कित विद्यालयमा पढाई राम्रो व्यवस्था हुनुप‍¥यो ।’ जिल्लाभर रहेका स्कुलहरूमा अपवाद बाहेक विद्यालयमा कम्प्युटर नभएको कारणले विद्यार्थीलाई कम्प्युटर शिक्षाको विषयमा पढाई हुने गरेको भए पनि व्यवहारिक रुपमा पढाउन समस्या रहेको जिल्ला शिक्षा विकास समन्वय इकाई कालिकोटले जनाएको छ ।  जिल्लाका सबै सामुदायिक तथा सरकारी बिद्यालयहरूमा अनिवार्य कम्प्युटर विषयको अनिवार्य लागू गरेको भएपनि विषय शिक्षक नहुँदा पढाइमा समस्या भएको छ । आधारभूत तहको शिक्षामा अनिवार्य कम्प्युटर विषय बनाएको भए पनि नेपाल सरकारले विषय शिक्षकको दरबन्दी व्यवस्था नगरेको तिलागुफा नगरपालिका प्रमुख रतनबहादुर शाहीले बताए । ‘कम्प्युटर शिक्षाको अनिवार्य सरकारले बनायो ।’ उनले भने,‘त्यो अनिवार्य गरिएको शिक्षामा विषय शिक्षकको दरबन्दीको व्यवस्था गरेको छैन ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने