2026-09-01 12:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

पशु चिकित्सा पढाउने सबै क्याम्पस अयोग्य

नारायण अधिकारी  पुस १६,चितवन  (रासस) : नेपालमा पशु चिकित्सा तथा पशुपालन शास्त्र (भेटेरिनरी) पढाउने सबै विश्वविद्यालयका क्याम्पसहरूले मापदण्ड पूरा गर्न नसकेपछि भर्ना लिन पाएका छैनन् । नेपाल पशु चिकित्सा परिषद्ले मापदण्ड पूरा गर्न नसकेपछि ती क्याम्पसको भर्नामा रोक लगाएको हो । 

त्रिभुवन विश्वविद्यालयको आफ्नै आङ्गिक क्याम्पस पक्लिहवा, कपिलवस्तु, कृषि तथा वन विज्ञान विश्वविद्यालयको रामपुर, चितवन र पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन पाएको नेपाल पोलिटेक्निक इन्स्टिच्यूट भरतपुर र हिमालयन कलेज अफ एग्रिकल्चर साइन्सेज एण्ड टेक्नोलोजी (हिकास्ट) काठमाण्डौँले मापदण्ड पूरा गर्न नसकेपछि भर्ना लिन पाएका छैनन् । 

नेपालमा यी तीन विश्वविद्यालयअन्तर्गत मात्रै पशु चिकित्सा पढाइ हुदै आएको छ । हालसम्म पनि मापदण्ड पूरा नगरी अध्ययन अध्यापन हुँदै आएको थियो । परिषद्का रजिष्ट्रार डा. नारायण घिमिरेले भौतिक संरचना, जनशक्ति, विषयगत विशेषज्ञ, प्रयोगशाला मापदण्ड अनुसार कुनै पनि क्याम्पसको मापदण्ड पूरा नभएपछि भर्नामा रोक लगाइएको बताउनुभयो । 

सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्न जुन सीप सिक्ने हो त्यसको व्यावहारिक कक्षालाई प्रयोगशाला चाहिने भए पनि क्याम्पसहरूले त्यो पूरा गर्न सकेका छैनन् । परिषद्ले निर्धारण गरेको पाठ्यक्रमअनुसारको प्रयोगशाला कस्तो हुने भन्नेबारेमा सम्बन्धित क्याम्पसहरूलाई तोकिएको घिमिरेले बताउनुभयो । 

उहाँले भन्नुभयो “विगतमा गर्छाैँ–गर्छाैँ भन्दै आएको भए पनि सरकारी वा निजी कुनै पनि क्याम्पसले मापदण्ड पूरा नगरेपछि भर्ना रोकेका हौँ ।” मापदण्ड पूरा नगर्नेले अब भर्ना लिन नपाउनेले उहाँको भनाइ थियो । 

परिषद्का उपाध्यक्ष एवं शिक्षा समितिका संयोजक डा. सुविस सिंहले परिषद्ले २०६२ सालमा जारी गरेको निर्देशिकाको मापदण्ड पूरा गरेर मात्रै भर्ना प्रक्रिया अगाडि बढाउन पत्राचार गरिएको बताउनुभयो । शिक्षा मन्त्रालयले पनि सो विषयमा परिपत्र गरेको भन्दै उहाँले गुणस्तरीय जनशक्ति उत्पादनका लागि आवश्यक भौतिक पूर्वाधार, जनशक्ति र प्रयोगशाला हुनै पर्ने बताउनुभयो । 

भर्ना लिन नपाएको कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका उपकुलपति र भेटेरिनरी सङ्कायका डिन दुवै जना परिषद्का पूर्व पदाधिकारी एवं सदस्य हुनुहुन्छ । सो विश्वविद्यालयको भेटेरिनरी सङ्कायका डिन डा. शारदा थपलियाले बजेटको अभावमा आवश्यक प्रयोगशाला र पशु व्यवस्थित गर्न नसकिएको बताउनुभयो । उहाँले एनाटोमी जस्ता विषयको प्राध्यापक नेपालमा पाउन नसकिएका कारण मापदण्ड पूरा गर्न कठिन भएको बताउनुभयो । यद्यपि सीमित स्रोत साधनबाट तोकिएको मापदण्ड पूरा गर्न लागिपरेको उहाँले बताउनुभयो । 

उहाँले शिक्षा मन्त्रालयसँग पूरै मापदण्ड पूरा गरी व्यवस्थित गर्न रु. दुई अर्ब ५० करोड रकम माग गरेको जानकारी दिनुभयो । 

निजीतर्फ पशु चिकित्सा पढाइरहेको नेपाल पोलिटेक्निक इन्स्टिच्यूट भरतपुरका प्रिन्सिपल ई. बाबुराम उपाध्यायले परिषद्ले तोकेको मापदण्ड पूरा गर्न काम भइरहेको बताउनुभयो । परिषद्मा हालसम्म एक हजार १०८ पशु चिकित्सक दर्ता भएका छन् । तिनीहरू नेपालका चार क्याम्पस र विदेशी क्याम्पसहरूबाट उत्तीर्ण भएका हुन् । 

परिषद्ले एउटा क्याम्पसलाई ४० जना विद्यार्थी पढाउने स्वीकृत दिए पनि अन्य विभिन्न नामको कोटाबाट प्रत्येक क्याम्पसले त्योभन्दा बढी विद्यार्थी पढाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै भोटेकोशी बाढीको कहर: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन सुनको मूल्यमा भारी गिरावट शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला