2026-11-06 06:29 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवनकै विश्वासले रास्वपा देशकै ठूलो पार्टी बन्यो : रवि लामिछाने

2026-11-06

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चितवनको विश्वास र समर्थनकै कारण पार्टीले राष्ट्रिय राजनीतिमा ठूलो सफलता हासिल गरेको बताएका छन्। चितवनमा आयोजित पार्टीको कार्यक्रममा बोल्दै लामिछानेले चितवनबाट सुरु भएको राजनीतिक अभियानले आज देशकै ठूलो पार्टी बन्ने सफलता प्राप्त गरेको उल्लेख गरे। चितवनले आफूलाई हरेक कठिन परिस्थितिमा साथ दिएको भन्दै उनले जिल्लावासीप्रति आभार व्यक्त गरे।

उनले भने, ‘कसलाई थाहा थियो र चितवनबाट सुरु भएको यो क्रान्तिले आज यति ठूलो मत प्राप्त गर्नेछ र रास्वपा यो देशको सबैभन्दा ठूलो पार्टी बन्नेछ भन्ने कुरा ? चितवनलाई थाहा थियो। त्यसैले त चितवनले हरमुस्किलको सामना गर्न मलाई सधैँ सम्झायो।’

लामिछानेले आफू राजनीतिमा प्रवेश गरेर चितवनबाट चुनाव लड्ने निर्णय गर्दा जिल्लाका धेरै नागरिक आफ्नै राजनीतिक दलमा आबद्ध रहेको स्मरण गरे। पुराना राजनीतिक दलको इतिहास, विरासत, त्याग र बलिदान हुँदाहुँदै पनि आफू र रास्वपामाथि विश्वास गरेर धेरैले पुरानो दल छाडेको उनले बताए। ‘तपाईंहरूको आफ्नै दल थियो, त्यसको राजनीतिक इतिहास थियो। त्यससँग सम्बन्धित नेताहरूको राजनीतिक विरासत, त्याग, बलिदान र राजनीतिक समर्पण थियो। ती सबै हुँदाहुँदै पनि मलाई र हामीलाई विश्वास गरेर आफ्नो भइरहेको घर छाडेर रास्वपामा आउनुभयो,’ उनले भने।

पुराना दलमा स्थापित भएका नेताकार्यकर्तादेखि राजनीतिमा पहिलोपटक प्रवेश गरेका नागरिकसम्मले रास्वपालाई आफ्नो राजनीतिक दल बनाएको भन्दै उनले सबैलाई धन्यवाद दिए। लामिछानेले चितवनमा आफूले घुमाउरो र अपूर्ण कुरा नगर्ने पनि बताए। सत्य र तथ्यलाई निडर भएर प्रस्तुत गर्ने राजनीतिक संस्कारकै कारण रास्वपाले अहिलेको उचाइ हासिल गरेको उनको भनाइ थियो। ‘चितवनबाट मैले भन्नुपर्ने कुराहरू मुख चपाएर, जिब्रो चपाएर उल्टोको सुल्टो र सुल्टोको उल्टो भने त्यो सही हुँदैन। यहाँ सही र सत्य बोलेर, निडर र निर्भीक भएर जस्ताको तस्तै बताएर नै पार्टीले यो उचाइ हासिल गरेको हो,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
उम्मेदवार छनोटमा नातावाद र पहुँच निषेध गर्दै रास्वपाले जारी गर्‍यो ७ बुँदे निर्देशन ममता काफ्ले हत्या प्रकरण : अदालतमा नरेशको बयान, शव टुक्राटुक्रा पारेको स्वीकार अर्घाखाँचीमा बस दुर्घटना, १६ घाइते; ६ जनाको अवस्था गम्भीर गगनजीलाई कसैले पक्राउ गर्न सक्दैन : प्रचण्ड बाढीपहिरो प्रभावित रसुवा, धादिङ र नुवाकोटमा कांग्रेसले पुनःस्थापना अभियान चलाउने जनताले देखाएको ऐनामा झम्टिनु राजनीतिक चरित्र होइन : रवि लामिछाने सुदूरपश्चिमसँग कर्णाली ३९ रनले पराजित सस्तोमा डलर साट्ने भन्दै लुटपाट गर्ने एक युवक गोली प्रहार गरी नियन्त्रण तिहारअघिको अन्तिम कारोबार दिन नेप्से सामान्य अंकले बढ्यो सुदूरपश्चिमले कर्णालीलाई दियो १७६ रनको लक्ष्य चितवनकै विश्वासले रास्वपा देशकै ठूलो पार्टी बन्यो : रवि लामिछाने सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध, यात्रु बीच बाटोमै रोकिए दानबहादुर कार्कीको रिटमा कात्तिक ३० गते पेशी तोकियो एकै दिनमा सकियो सुनका असर्फीको स्टक, आज चाँदीका मेडालियन मात्रै बिक्री हुने सर्वोच्चमा दर्ता भयो दानबहादुरको रिट, पेशी तोक्न बाँकी सार्वजनिक बसमा महिला यात्रुमाथि दुर्व्यवहार गरेको आरोपमा तीन जना पक्राउ सरकार र रास्वपाबीच कुनै विवाद छैन : सभापति लामिछाने एनपिएलमा आज दुई रोमाञ्चक भिडन्त, सुदूरपश्चिम–कर्णाली र चितवन–पोखरा आमनेसामने सुनको मूल्य तोलामा ५ हजार ९०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो सरकारले आरोप पुष्टि गरोस्, पक्राउ गर्न कानुनी आधार चाहिन्छ : प्रदीप पौडेल