2026-09-01 01:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

खाजा कटौतीपछि विद्यालय जानै छाडे चेपाङ बालबालिका

कृष्ण आचार्य | पुष २३, भरतपुर (रासस) | २०६७ सालदेखि प्राथमिक तहका विद्यार्थीलाई दिइँदै आएको दिवाखाजा कार्यक्रम हटेपछि चितवनको पहाडी क्षेत्रका चेपाङ बालबालिका नियमित विद्यालय जान छाडेका छन् । 

खाजा कार्यक्रमपछि आर्थिक अवस्था निकै कमजोर भएका चेपाङ समुदायका बालबालिकाको विद्यालयमा भर्नादर र उपस्थिति दर बढेको थियो तर भदौदेखि सरकारले दिँदै आएको खाजा कार्यक्रम हटेपछि चेपाङ समुदायका विद्यार्थी विद्यालयमा नियमित हुन सकेका छैनन् । 

चेपाङ समुदायका बालबालिका मात्रै अध्ययन गर्दै आइरहेको राप्ती नगरपालिका–१३ कालीटारको आधारभूत विद्यालयका प्रधानाध्यापक दीपक श्रेष्ठ खाजा कार्यक्रम हटेपछि विद्यार्थीलाई नियमित बनाउन धौँधौँ भइरहेको बताउनुहुन्छ । “पाँच महीनादेखि विद्यालयमा विद्यार्थी नियमित आउने दर कम छ” उहाँले भन्नुभयो, “विद्यालय आउने विद्यार्थी पनि खाना नखाई न्याउरो मुख लगाएर आउने गरेका छन् ।” चिसो बढी भएकाले र भौगोलिक विकटताका कारण पनि बालबालिका नियमित हुन नसकेको श्रेष्ठको भनाइ छ । 

चिसोमा लगाउने स्वीटरसमेत नहुँदा कतिपय बालबालिका नियमित हुन सकेका छैनन् । आधारभूत विद्यालयमा पैदल एक घण्टासम्म हिँडेर बालबालिका विद्यालय आउने गरेका छन् । १७२ चेपाङ बालबालिका अध्ययन गर्ने आधारभूत विद्यालयमा अहिले ४० देखि ५० जना मात्रै नियमित विद्यालय आउने गरेका छन् । वडा नम्बर १३ को ग्यामिराङ, थानडाँडा, खोलाधारी, कुमैटारलगायतका क्षेत्रबाट अध्ययनका लागि विद्यार्थी आधारभूत विद्यालयमा आउने गरेका छन् । 

राप्ती नगरपालिकाकै वडा नम्वर १३ को राष्ट्रिय आधारभूत विद्यालयमा पनि विद्यालयमा विद्यार्थी नियमित नहुने समस्या उस्तै छ । विद्यालयका प्रधानाध्यापक प्रमोदकुमार शाहले ८५ विद्यार्थीमध्ये आधा विद्यार्थी मात्र नियमित विद्यालय आउने गरेको बताउनुभयो । ८५ मा ८४ जना चेपाङ बालबालिका र एक जना दलित विद्यार्थी छन् । “डेढ÷दुई घण्टा हिँडेर विद्यार्थी विद्यालय आउनुपर्ने बाध्यता छ, शाहले भन्नुभयो, गरीबीका कारण सबै अभिभावकले विद्यालय पठाउँदैनन् ।” धेरै बालबालिका हुने घरमा आमाबुबा मेलापात जाने र विद्यालय आउने उमेरका बालबालिकालाई भाइबहिनी हेर्न लगाउने गरिएको छ । 

कतिपय विद्यालय आउने बालबालिकासँग न्यानो कपडा, कपीकलम र झोला हुँदैन, शाहले भन्नुभयो । खाजा कार्यक्रम हुँदासम्म विद्यार्थीलाई विद्यालयमा टिकाउन सहज भएको उहाँको भनाइ छ । ठूलो सङ्ख्यामा विद्यालय बाहिर रहेका विद्यार्थीलाई स्कूलमा तान्न र टिकाइराख्न दिवाखाजा प्रभावकारी बनेको राप्ती नगरपालिकाका शिक्षा अधिकृत हुमाकान्त अधिकारीले बताउनुभयो । केन्द्रले बजेट कटौती गरेका कारण नगरपालिकाको स्रोत साधनले खाजा कार्यक्रमलाई निरन्तरता दिन नसकेको उहाँले बताउनुभयो । “नगरपालिकाभित्रका चेपाङ बालबालिकाका लागि मात्रै खाजामा करीब रु ४५ लाख खर्च हुन्छ, उहाँले भन्नुभयो, “नगरपालिकाले छुट्टाएको रु १० लाख बजेटले सीमित क्षेत्रलाई पनि पुग्दैन् ।” नगरपालिकाको पहाडी क्षेत्रको १०, ११ १२ र १३ नम्बर वडामा दुई हजार ८०० विद्यार्थीमध्ये दुई हजार २०० चेपाङ बालबालिका मात्रै रहेको अधिकारीले बताउनुभयो । 

अन्य ६०० मा पनि अधिकांश जनजाति समुदायका विद्यार्थी छन् । भौगोलिक विकटतासँगै घरमा समयमै खाना खान नपाउने भएकै कारण बालबालिका विद्यालयसम्म आउने वातावरण नबनेको अधिकारीको भनाइ छ । उहाँले बालबालिकालाई नियमित बनाउन न्यानो कपडा वितरण, छलफल, अन्तक्र्रियालगायतका कार्यक्रम निरन्तर गरिरहेको जानकारी दिनुभयो । 

बालबालिका टिकाउन विद्यालयमै छात्रावास 

राप्ती नगरपालिकाले पहाडी क्षेत्रका बालबालिका विद्यालयमा टिकाउन छात्रावासको व्यवस्था गर्ने भएको छ । केही विद्यालयमा छात्रावास निर्माण भइसकेका छन् भने केही निर्माण हुने चरणमा छन् । 

राप्ती नगरपालिकाकी प्रमुख प्रभा बरालले भौगोलिक विकटताका कारण बालबालिका समयमै विद्यालय उपस्थित हुन नसकेपछि विद्यालयमै छात्रावासको व्यवस्था गर्न लागिएको बताउनुभयो । वडा नम्बर ११ को थाकलटारमा छात्रावास निर्माण भई सञ्चालनमा आएको छ भने वडा नम्बर १२ को यउरालीटारमा छात्रावास निर्माणाधीनको अवस्थामा रहेको प्रमुख बरालले बताउनुभयो । अन्य विद्यालयमा पनि छात्रावास निर्माणको लागि प्रक्रिया अघि बढाइएको उहाँले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै भोटेकोशी बाढीको कहर: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन सुनको मूल्यमा भारी गिरावट शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला