२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

छ सय साहित्यकारको नाम समेटिएको ‘अनुवादक परिचय कोष’ प्रकाशन

२०७५, २७ पुष शुक्रबार ०७:४१

अच्युत रेग्मी | पुस २७,काठमाडौँ | नेपाल प्रज्ञा–प्रतिष्ठानले नेपाली साहित्यलाई विश्वमाझ चिनाउन र विश्वका साहित्यलाई नेपालमाझ चिनाउन महत्वपूर्ण भूमिका खेल्ने अनुवादक साहित्यकारलाई समेटेर ‘अनुवादक परिचय कोष’ प्रकाशनमा ल्याएको छ । 

नेपालको भाषा र साहित्यको विकासका क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको प्रतिष्ठानले नेपाली, संस्कृत, अङ्ग्रेजी, हिन्दी, उर्दू, चिनियाँ, जापानी, जर्मन, फ्रेन्च, बङ्गाली, असमिया, नेपालभाषा, मैथिली, भोजपुरी अवधिलगायतमा अनुवाद गर्ने ६०० अनुवादक साहित्यकारलाई समावेश गरी उक्त कोष प्रकाशनमा ल्याएको हो । 

विसं २०६५ मा स्थापना भएको अनुवाद विभागको सक्रियतामा पहिलोपटक अनुवादक साहित्यकारका बारेमा लेखिएको ‘अनुवादक परिचय कोष’ प्रकाशन गरिएको हो । अनुवाद गरिएका ग्रन्थको सूची विसं २०५९ मा प्रकाशन भइसके पनि अनुवाद गर्ने साहित्यकारको नाम भने पहिलोपटक प्रकाशित भएको हो । 

प्रा डा गोविन्दराज भट्टराई प्रधान सम्पादक तथा प्रा डा योगेन्द्र यादव, जयदेव भट्टराई, बलराम अधिकारी, नवीन चित्रकार र माधवप्रसाद लामिछाने सम्पादक रहेको पुस्तकमा स्वदेश तथा विदेशमा बसेर नेपाली भाषा र साहित्यमा कलम चलाउँदै आउनुभएका अनुवादक साहित्यकारलाई समावेश गरिएको छ । 

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती स्वदेशी तथा विदेशी साहित्य आदानप्रदान गर्नका लागि अनुवादक साहित्य कोषले महत्वपूर्ण भूमिका खेल्ने भएकाले प्रतिष्ठानले उक्त कोष प्रकाशनमा ल्याएको बताउनुहुन्छ । “ आगामी दिनमा प्रज्ञा–प्रतिष्ठानले अनुवादक साहित्यलाई झन महत्व दिएर अगाडि बढ्छ”, उहाँ भन्नुहुन्छ । 

पुस्तकमा अभि सुवेदी, अनिशा रिमाल, अनुराधा शर्मा, आशाकाजी बज्राचार्य, ए. एम स्याङ्देन, ए. डब्लु कर्नेलिअस, ए.डी मोलोनी, कुलमणि देवकोटा, केशरशमशेर जबरा, गीता मानन्धर, रमेश विकललाई समावेश गरिएको छ । 

यस्तै कोषमा शङ्कर कोइराला, शरदचन्द्र वस्ती, विजय चालिसे, डेविट रुवीन, टी. डब्लु क्लार्क, जोन बिम्स, जयराज आचार्य, चक्रपाणि चालिसेलगायत स्वदेशी तथा विदेशी साहित्यकारहरुको परिचयलाई समावेश गरिएको छ । 

अनुवाद विभागका प्रमुख प्राडा उषा ठाकुरले स्वदेशी तथा विदेशी भाषा साहित्यलाई विश्वमा सञ्चार गर्ने माध्याम नै अनुवाद साहित्य भएकाले यसलाई प्रष्ठिानले छुट्टै विभाग बनाएर काम गरेको बताउनुभयो । “पहिलो चरणमा ६०० अनुवादक साहित्यकारको नाम समावेश गरेर पुस्तक प्रकाशनमा ल्याएपनि यसलाई विस्तारै परिमार्जन गर्दै लैजान्छौँ,”–उहाँ भन्नुहुन्छ । 

प्रज्ञा प्रतिष्ठानको अनुवाद विभागले पछिल्लो समय ‘रनमाया उपन्यास’ अङ्ग्रजी भाषामा अनुवाद, ‘संस्कृतिका पौराणिक आख्यानहरु’ नेपाली अनुवाद, ‘देवदास उपन्यास’ नेपाली अनुवाद, ‘रवीन्द्रनाथ टैगोर की प्रतिनिधि कहाँनिया’ नेपाली अनुवाद, ‘सार्क मुलुकका महिला कथाकारका कथा’ लाई नेपालीमा अनुवाद गरेको छ । 

यसैगरी ‘विश्वका प्रसिद्ध कथाकारहरुका कथा’ नेपाली अनुवाद, ‘विश्वका प्रसिद्ध महिला कथाकारका कथाहरु’ नेपाली अनुवाद, ‘द रिभल मर्निङ’ ‘सुकर्म उपन्यास’ हिन्दी अनुवाद, ‘चम्पा उपन्यास’ हिन्दी अनुवाद, ‘अनुराधा उपन्यास’ हिन्दी अनुवाद, ‘विलियम शेक्सपियरका नाटक’ नेपाली अनुवाद, ‘नेपाली र हिन्दीका प्रतिनिधि कविताहरु’ अवधि अनुवाद, ‘सोमली र सोहागिन मैथली कथासङ्ग्रह’ नेपाली अनुवाद गरेको हो । 

साहित्यकार डा विष्णुविभु घिमिरे विश्वका सबै व्यक्तिलाई विश्वमा बोलिने सबै भाषाको ज्ञान नहुने भएकाले अनुवाद साहित्यको महत्व पछिल्लो चरणमा झन् बढेर गएको बताउनुहुन्छ । रासस |


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने