2026-08-31 10:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

स्थापनाको २६ औँ वर्षमा पहिलो वार्षिकोत्सव !

फागुन १७, चितवन | चितवनको इच्छाकामना  गाउँपालिका–६ स्थित देवी भञ्ज्याङ राष्ट्रिय आधारभूत विद्यालय प्राङ्गणमा  अभिभावकले भरिए । दुलहीजस्तै विद्यालय सिङ्गारिएको थियो । 

स्थापनाको २६ औँ वर्षपछि शुक्रबार अभिभावक एकसाथ उपस्थित भएको  पहिलोपटक हो । अधिकाशं चेपाङ समुदायका बालबालिका अध्ययनरत उक्त विद्यालयले अहिलेसम्म वार्षिकोत्सव तथा अभिभावक दिवस नमनाएको विद्यालय  व्यवस्थापन समितिका अध्यक्ष बलबहादुर चेपाङले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यालयले आफ्नो स्थापनाको २६ वर्षपछि पहिलोपटक वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो । समारोहमा अध्यक्ष चेपाङले भन्नुभयो, “विद्यालय स्थापना  भएको पनि यतिका वर्ष भइसके छ, तर हामीले पहिलोपटक वार्षिकोत्सव मनाएका छौँ, आज निकै  खुशी  लागेका  छ ।” उहाँले  विद्यालयलाई यहाँसम्म  ल्याउन साथ र सहयोग गर्ने व्यक्ति सङ्घसंस्था सबैलाई धन्यवाद दिनुभयो ।  

चितवन जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीले शिक्षाको गुणस्तर बढाउनतर्फ  ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “विद्यालय भवनसहित आवश्यक पूर्वाधार बनिरहेका छन्, अब  चिसो भुइँमा, चुहिएको  छानोमुनि बसेर पढ्नु पर्दैन भौतिक संरचना धेरै बनिसकेका  छन् बन्ने क्रम जारी छ, त्यसै अब शिक्षाको गुणस्तरतर्फ  ध्यान  दिनु आवश्यक छ, ।”

वडाध्यक्ष भूपेन्द्र चेपाङले जनचेतनाको कमीका कारण शुरुका दिनमा विद्यालय सञ्चालनमा कठिनाइ भए पनि पछिल्लो समय सहयोगी संस्थाका कारण केही सहज भएको  बताउनुभयो । विद्यालयका  संस्थापक  प्रधानाध्यापक गोपी सिलवालले विद्यालय निकै कठिनाइका साथ स्थापना गरिएको  जानकारी दिनुभयो  । विद्यालयलाई  सहयोग गर्दै आएका  जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी नायब निरीक्षक कृष्णज्यु ठकुरी, वाल्मीकि शिक्षा सदन भरतपुरका प्रधानाध्यापक लक्ष्मीकान्त चालिसे, सर्वोच्च अदालत बार एशोसिएशनका उपाध्यक्ष राजु खड्का, लायन्स क्लब अफ चितवन सिटीका पूर्व अध्यक्ष, मिसिका फाउन्डेशनका अध्यक्ष मधुसुदन अर्याल, हेल्पकोड नेपालका शिला देवकोटा, आरआर एनका बिरु गुरुङ विद्यालयका पूर्व प्रअ  सिलवाल र विभिन्न सङ्घ संस्थाका प्रतिनिधिले शिक्षा नै विकासको पूर्वाधार भएको धारणा राख्नुभएको थियो । 

चेपाङ बालबालिकाका नृत्यले सहभागीलाई आकर्षित गरेको थियो । सेन्चुरी कमर्सियल बैंक वाग्मती प्रदेश इञ्चार्ज शङ्कर केसी तथा बेलचोक शाखाका प्रबन्धक गणेश शर्माले विद्यालयका विद्यार्थीलाई विद्यालय पोशाक वितरण गर्नुभएको थियो । यस  विद्यालयमा १२० चेपाङ विद्यार्थी अध्ययनरत रहेको  प्रधानाध्यापक ज्ञानु पाण्डेले जानकारी दिनुभयो ।  

विद्यालयमा विभिन्न सङ्घसंस्थाले दैनिक खाजाको व्यवस्था  गरिएको छ । साथै शैक्षिक समग्रीलगायत सहयोग गरिरहेका  छन् । विद्यालयम नियमित दिवाखाजाको व्यवस्था भएपछि  बालबालिका नियमित विद्यालय आउने गरेको उहाँले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै भोटेकोशी बाढीको कहर: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन सुनको मूल्यमा भारी गिरावट शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला