२६ पुष २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

वैकल्पिक माध्यमबाट पठनपाठन शुरु

२२ असार २०७७, सोमबार १४:०९

असार २२, बैतडी | यहाँ वैकल्पिक माध्यमबाट पठनपाठन शुरु गरिएको छ । कोरोना भाइरसका कारण विद्यालय सञ्चालनमा नआएपछि आजदेखि वैकल्पिक माध्यमबाट पठनपाठन शुरु गरिएको हो । 

दशरथचन्द नगरपालिका र सुर्नया गाउँपालिकाले वैकल्पिक सिकाइ प्रणालीअन्तर्गत रेडियो शिक्षा कार्यक्रम सञ्चालन गरेका छन् । रेडियो निङ्गलाशैनी ९४ मेगाहर्जबाट आजदेखि रेडियो शिक्षा कार्यक्रम सञ्चालन भएको दशरथचन्द नगरपालिकाका शिक्षा शाखा प्रमुख मोहन नाथले जानकारी दिनुभयो । 

आजदेखि हरेक दिन साँझ ६:१५ बजेदेखि ७:०० बजेसम्म र बिहान ८:३० बजेदेखि रेडियो शिक्षा कार्यक्रम सञ्चालन हुने छ । एक हप्तासम्म साँझको समयमा विज्ञान विषयको पढाइ हुनेछ भने बिहान ८:३० बजे सामाजिक शिक्षाको पढाइ हुनेछ । एक हप्ता माध्यमिक तहका विद्यार्थीलाई लक्षित गरेर कक्षा सञ्चालन हुनेछ ।

रेडियो शिक्षा कार्यक्रमबाट कोर्सको पढाइ हुने भएकाले विद्यार्थीलाई रेडियो सुनेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी हुन आग्रह गरिएको छ । रेडियो शिक्षा कार्यक्रममा विज्ञान विषयको कोर्स आजदेखि पढाउने भएकाले आज कक्षा १० को विज्ञान विषयको पढाइ भएको रोस्टर शिक्षक गजराज भट्टले जानकारी दिनुभयो ।

नगरपालिकाले नगर क्षेत्रभित्रका सबै विद्यालयका प्रधानाध्यापकहरुलाई बोलाएर वैकल्पिक सिकाइ प्रणालीअन्र्तगत रेडियो शिक्षा कार्यक्रमका विषयमा तालीमसमेत दिइएको थियो । विद्यार्थीहरु लामो समयदेखि घरमै बस्न बाध्य भएका र उनीहरुको सिकाइ प्रक्रियामा समस्या नआओस् भन्नका लागि वैकल्पिक पठनपाठनको शुरु गरिएको हो ।

गत चैतदेखि विद्यालय बन्द हुँदा बालबालिकाको सिकाइ प्रक्रियामा समस्या आउने भएकाले वैकल्पिक प्रणालीबाट पठनपाठन विद्यार्थीका लागि उपयोगी हुने मणिलेक मावि गुरुखोलाका प्रधानाध्यापक केशव भट्टले बताउनुभयो । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको निर्देशिकाअनुसार वैकल्पिक प्रणालीबाट पठनपाठन शुरु गरिएको सुर्नया गाउँपालिकाका अध्यक्ष वीरबहादुर विष्टले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँमा जेसीबीको ठक्करबाट ११ वर्षीया बालिकाको मृत्यु विश्वकपमा केही राम्रो छाप छोड्नेछौं : कप्तान पूजा महत्तो ३७ लाख धरौटी बुझाएर छुटिन् लिला अचानो प्रहार गरेर श्रीमतीको हत्या दोलखाबाट काठमाडौं आउँदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटना अदालतको आदेशले छुटे पनि रविको सांसद निलम्बन फुकुवा नहुने जहाजको टिकट नपाएपछि स्थलमार्गबाट काठमाडौं आउँदै रवि धनकुटामा पिकअप दुर्घटना, २ जनाको मृत्यु आगामी वर्षदेखि उपचारसँग जोडिएको चस्मामा भ्याट र भन्सार नलाग्ने व्यवस्था गर्नेछौँ: स्वास्थ्यमन्त्री पौडेल आज २ बजेको फ्लाइटमार्फत पोखराबाट काठमाडौँ आउदै रवि , अब के हुन्छ प्रक्रिया ? कमल थापाले भेटे प्रधानमन्त्री ओलीलाई, के भयो कुराकानी ? मीनेन्द्र रिजाल भन्छन्- ओलीले संविधान संशोधन ८७ मा हुन्छ भनेपछि अब गठबन्धनको औचित्य सकियो प्रधानमन्त्री ओली र नेतृ रामकुमारी झाँक्रीको डिपफेक भिडिओ भाइरल, चुप नबस्ने झाँक्रीको चेतावनी यस्ता छन् मन्त्रिपरिषद् बैठकका ६ निर्णय रवि रिहा भएपछि सूर्य थापाको टिप्पणी – ६५ लाख धरौटीमा रिहा- सफाई/चचहुई! रास्वपा कास्कीले माग्यो माफी लगातार तेस्रो दिन पनि बढ्यो सुनको मूल्य आज संघीय संसदका ५ वटा समितिको बैठक बस्दै रुपन्देहीमा विभिन्न मुद्दाका फरार १२ जना प्रतिवादी पक्राउ भ्रष्टाचार सम्बन्धि सबै फाइल खोलिनुपर्छ, जोकोहीमाथि छानविन हुनुपर्छ: डा.डिला संग्रौला