२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

गोहीको २२४ बच्चा थपिए

२७ असार २०७७, शनिबार ०८:०९

नारायण अधिकारी। असार २७, चितवन। चितवन राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रमा २२४ वटा बच्चा कोरलिएका छन् । राप्ती र नारायणी नदी किनारमा सङ्कलन गरिएका अण्डाबाट ती बच्चा कोरलिएका हुन् । निकुञ्जका सहायक संरक्षण अधिकृत बेदबहादुर खड्काका अनुसार राप्तीका पाँच र नारायणीका चार वटा गुँडबाट ३३६ अण्डा सङ्कलन गरिएको थियो । अण्डा कोरल्नका लागि राखिएको ७० देखि ८० दिनमा बच्चा कोरलिने गर्दछ । गएको वैशाखमा ती अण्डा सङ्कलन गरेर प्रजनन केन्द्र परिसरमा राखिएको थियो । यस वर्ष अत्यधिक वर्षा भएका कारण प्लाष्टिकले ढाकेर अण्डा राखिएको थियो ।

निकुञ्जले राप्तीमा आठ र नारायणीमा पाँचवटा गुँड नदीमा छाडेको थियो । खड्काका अनुसार राप्तीमा ती गुँडबाट १३० बच्चा कोरलिएका छन् । नारायणीका सबै गुँडमा बच्चा निस्कने बेलामा भल गुँडमा पसेपछि सबै अण्डा क्षति भएको उहाँको भनाइ छ । यस वर्ष मौसम बच्चा कोरल्नका लागि उपयुक्त नभएको खड्काले बताउनुभयो । घाम र ताप आवश्यक हुने भए पनि वैशाखयता नियमित वर्षा भएकाले बच्चा कोरल्नका लागि उपयुक्त वातावरण नबनेको हो । 

हालसम्म एक हजार ५१५ गोही हुर्काएर विभिन्न नदीमा छाडिसकिएको छ ।  यस वर्ष राप्ती नदीमा ५० गोही छाडिएको छ । चितवन राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय कसरा नजिकै राप्ती नदीमा गोही छाडिएको हो । गत वर्ष सोही क्षेत्रबाट १०० गोही छाडिएको थियो । विश्वबाट नै लोप हुन लागेको घडियाल गोहीलाई निकुञ्जको कसरामा रहेको प्रजनन केन्द्रमा हुर्काएर हरेक वर्ष नदीमा छाड्ने गरिएको छ । नदीमा छाडिएकामध्ये राप्तीमा मात्र ८३५ गोही छाडिएको उहाँले जानकारी दिनुभयो । 

 निकुञ्जका अनुसार नारायणी नदीमा ३९९, कालीगण्डकीमा ३५, सप्तकोशीमा ९५, कर्णालीमा ४१ र बबहीमा ११० गोही छोडिसकिएको छ । पछिल्ला वर्षहरुमा राप्तीमा मात्रै गोही छाडिने गरिएको छ । नदीहरुमा गोही छोड्दै गए पनि सङ्ख्या बढ्दै जान भने सकेको छैन । पछिल्लो गणनाअनुसार राप्तीमा ११८ र नारायणीमा १०१ गोही रहेका छन् । 

 सन् १९७८ मा प्रजनन केन्द्र स्थापना भएपछि गोहीका बच्चा हुर्काएर सन् १९८१ बाट नदीमा छोड्न थालिएको हो । नदी प्रदूषण बन्दै जाँदा सङ्कटापन्न अवस्थामा रहेको घडियाल संरक्षणमा चुनौती थपिँदै गएको छ । हरेक वर्ष राप्ती र नारायणी नदी किनारबाट गोहीको अण्डा सङ्कलन गरी प्रजनन केन्द्रमा कोरलेर हुर्काउने गरिन्छ । तीनै गोहीलाई हुर्काएर नदीमा छोडिन्छ । पाँचदेखि छ वर्षसम्मका गोही नदीमा छाड्ने गरिन्छ । हाल प्रजनन केन्द्रमा माउ र बच्चा गरेर ५०० हाराहारी रहेको खड्काको भनाइ छ । प्रजनन केन्द्रमा रहेका गोहीले पारेका अण्डा भाले नलागेकाले बच्चा कोरलिएका छैनन् । केन्द्रमा एउटा मात्र भाले रहेको र त्यसमा प्रजनन क्षमता कमजोर भएको अनुमान गरिएको छ । 

बाँदरलाई तर्साएर लखेटिने

बाँदरले दुःख दिएपछि देवघाट क्षेत्र विकास समितिले तर्साएर लखेट्ने भएको छ । जसका लागि समितिले बाँदर धपाउने ११ यन्त्र खरिद गरिसकेको छ । समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेका अनुसार एउटालाई रु दुई हजार ८०० का दरले यन्त्र खरिद गरिएको छ । त्यस यन्त्रमा १० एमएल पानी र १० एमएल कार्वाइड राखेर पछाडिबाट लाइटर छिराएर सल्काएपछि चर्को आवाज आउने उहाँको भनाइ छ ।

यन्त्रलाई चलाउने विधिका बारेमा सिकाएर स्थानीय टोलहरुलाई वितरण गरिने घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार हाल देवघाट र आसपासका क्षेत्रमा तीन हजारदेखि तीन हजार ५०० सम्म बाँदर रहेको अनुमान छ । घिमिरेले हरेक वर्ष ४०० भन्दा बढीले बच्चा जन्माउने गरेको बताउनुभयो ।

समितिका अध्यक्ष शिवराज पौडेलका अनुसार सो यन्त्रको चर्को आवाज आउने र बाँदर तर्सिएर भाग्ने छ । त्यस क्रममा निकै चर्को आवाज आउने भएकाले सञ्चालन गर्नेको कानको समस्या हुनसक्ने भएकाले पूर्णरूपमा तालिम दिएर मात्र यन्त्र स्थानीयवासीलाई दिइने छ । असार महिनामा तालिम दिएर साउनको पहिलो साताबाट काम थाल्ने तयारी गरिएको छ । बाँदरले बालीनाली ध्वस्त बनाएको, घरभित्र पसेर खानासमेत खाइदिने गरेको, १२ जनाभन्दा बढीलाई चिथोरेको र टोकेको उहाँले बताउनुभयो ।

स्थानीयवासीले धेरै दुःख पाएपछि समितिले बाँदर नियन्त्रणका लागि प्रयास अघि बढाएको पौडेलले बताउनुभयो । अन्य विभिन्न विकल्पमा काम गरेको भए पनि केही सीप नलागेपछि चर्को आवाज निकालेर तर्साएर लखेट्न लागिएको उहाँको भनाइ छ । समितिले बाँदरलाई खोरमा राख्ने, सङ्कलन गरेर अन्यत्र लगेर छाडिदिनेजस्ता काम गरेको भए पनि सफल हुनसकेको छैन । रासस 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान